कसैलाई अन्याय हुन दिन्नौं : सञ्चारमन्त्री खरेल
स्मार्ट टेलिकम पीडितहरूले टावर व्यवस्थापन, घर भाडालगायत समस्या समाधानका लागि पहल गरी दिन आग्रह गरेका छन् । उहाँहरुले शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग भेटगरी आफ्ना समस्याहरु सहजिकरणका लागि आग्रह गर्नुभयो ।
इतिहास र संस्कृति खापर सभ्यता
मानसखण्डको एक महत्त्वपूर्ण स्थानका रूपमा खेचराद्री पर्वत (खप्तड) रहेको हिन्दु ग्रन्थमा वर्णन गरिएको छ । विष्णुप्रसाद खत्रीको ‘चिन्तनका पाँच थुङ्गा’ पुस्तकमा खेचराद्री पर्वत देवीदेउताको क्रीडा स्थलका रूपमा समेत व्याख्या गरिएको छ ।
बतास [कथा]
अन्ततः उनले काठमाडौँ छाड्ने नै निर्णय गरिन् । एयर टिकट र खर्चको जोरजामसमेत भइसक्यो । अर्कै कुनै नयाँ सहरमा आफ्नो काम र बस्ने व्यवस्था मिलाएर हिजो भर्खर उनी यहाँ आएकी । उनलाई लिन हिजो म आफैँ एयरपोर्ट गएको थिएँ । एयरपोर्टको बाहिरी लबीमा उनी निस्किँदै गर्दा अनुहारमा मैले एकसाथ उत्साह र उदासीका नसुहाएका रङ देखेको थिएँ । मैले सोधेँ पनि, “किन, खुसी छैनौ ?”
सिमेन्ट र क्लिङ्कर दुवैमा कर लगाउन नमिल्ने सर्वोच्चको व्याख्या
सर्वोच्च अदालतले सिमेन्टमा निकासी कर लगाइएपछि कच्चा पदार्थ क्लिङ्करमा पनि लगाइने करलाई दोहोरो करका रूपमा व्याख्या गरेको छ । मारुती र घोराही सिमेन्टका दुई फरक मुद्दाका प्रतिपादित नजिरको एक रूपताका लागि पूर्ण इजलासमा पेस भएको मुद्दामा अदालतले एउटै वस्तु र सेवामा एउटै आधारमा फ
मध्यपहाडी राजमार्ग : सकियो तीन चौथाइ काम
मुलुकका मध्यपहाडी जिल्लालाई यातायात सञ्जालमा जोडी त्यस क्षेत्रको आर्थिक, पर्यटकीय र शैक्षिकलगायत समग्र क्षेत्रको सन्तुलित विकास गर्ने उद्देश्यले निर्माण सुरु गरिएको पुष्पलाल (मध्यपहाडी) राजमार्गको तीन चौथाइ काम सम्पन्न भएको छ ।
सुरक्षा चुस्त बनाउन निर्देशन
प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने गरी आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्था चुस्त बनाउन नेपाली सेनालाई निर्देशन दिनुभएको छ ।
वैदेशिक रोजगारीको पीडा : आए पाँच सय बन्द बाकस
विप्रेषणकै भरमा अर्थव्यवस्था टिकिरहेको खुसीका बिचमा त्यसको पीडादायी पाटो बेग्लै छ । वैदेशिक रोजगारीमा गएका धेरै नेपाली अकालमा नै उतै निधन भएर बन्द बाकसमा फर्काइने गरेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ५१० युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या विश्लेषण गर्दा मासिक औसतमा १२७ युवाको शव बन्द बाकसमा फर्काइएको दर्दनाक चित्र देख्न सकिन्छ । यो सङ्ख्या चार महिनाको अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको सङ्ख्या अझै धेरै छ । बोर्डका अनुसार यस अवधिमा बोर्डको कल्याणकारी कोषको ५१ करोड रुपियाँ मृतक श्रमिकका परिवारका सदस्यले आर्थिक सहायता लिएका छन् ।
सनसनीपूर्ण खेलमा कर्णालीविरुद्ध विराटनगर तीन विकेटले विजयी
नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सले सनसनीपूर्ण जित निकालेको छ । बसिर अहमेदको अर्धशतकमा विराटनगरले कर्णालीविरुद्ध सनसनीपूर्ण जित निकालेको हो ।
एनपिएल : काठमाण्डु ५३ रनले विजयी
टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर २ बलमा ८९ रन रन बनाउँदा अलआउट भएको हो ।
प्रधानमन्त्री कार्कीद्वारा चुनावी सुरक्षा तयारी सुदृढ गर्न सेनालाई निर्देशन
प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको निरीक्षण भ्रमण गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका सुरक्षा तयारीबारे प्रत्यक्ष जानकारी लिनु भएको छ ।
हिउँ चितुवा खोज्न जडान गरिए १५ वटा क्यामेरा
मुस्ताङमा हिमालको रानीको नामले चिनिने ‘हिउँ चितुवाको सङ्ख्या र अवस्था बारेमा सर्वेक्षण सुरू गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमले वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा १५ वटा क्यामेरा जडान गरी बासस्थान, आहारा तथा संख्याको खोजी सुरू गरेको हो ।
नेपालमा विदेशी : नाम विद्यार्थी, धन्दा अर्कै
अध्ययन भिसा (प्रवेशाज्ञा) का नाममा नेपाल आएका विदेशी विद्यार्थी गैरकानुनी कार्यमा संलग्न रहेको पाइएको छ । गैरकानुनी गतिविधिमा संलग्न भएको पाइएपछि अध्यागमन विभागले थुप्रै विदेशीलाई घर फर्काइदिएको छ भने शुल्क असुल्ने नाममा मात्रै विदेशी विद्यार्थीलाई भर्ना नगर्न शैक्षिक संस्थालाई सचेत गराएको छ ।
माछा र बालुवा छाडेर पतेरो खोजी
समूहमा बस्ने, समात्न सजिलो हुने र राम्रो मूल्य आउने भएपछि खोला किनारामा ढुङ्गामुनि बस्ने पतेरो किरा खोज्नेको भिड नै लाग्ने गरेको छ । एक परिवारका चार जनाले एक बिहान खोज्दा एक किलोसम्म पतेरो किरा समाउँदा खोलामै तीन हजार दुई सय रुपियाँ पाउँछन् । खोलामा नै खरिद गर्ने र नगद पाउने भएपछि धादिङ, काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुपाल्चोकका नदी किनारामा बस्ने अहिले बालुवा चाल्न र माछा मार्न छाडेर पतेरो किरा समाउन थालेका छन् ।
निर्वाचनको वातावरण बनाउन सरकारसँग एमालेको आग्रह
प्रधानमन्त्री सुशीला कार्कीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट विचाराधीन रहेको र मुलुकमा निर्वाचनको वातावरण सुनिश्चित नरहेको विषयमा आफ्नो धारणा प्रस्तुत गरेको छ ।
एनपिएल : जनकपुरलाई हराउँदै पोखराको पहिलो जित
जितका लागि एक सय ५६ रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३० रनमा समेटियो ।
सरकार र एमालेबिच बालुवाटारमा संवाद
सरकार र नेकपा एमालेबिच द्विपक्षीय संवाद बिहीबार साँझ बालुवाटारमा भइरहेको छ। संवादमा सरकारका पक्षबाट प्रधानमन्त्री सुशीलाका कार्की र सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल सहभागी हुनुहुन्छ।
एनपिएल : सुदूरपश्चिम रोयल्सको अपराजित यात्रा जारी
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई सात विकेटले हरायो । सुदूरपश्चिम चार खेलमा अपराजित रहने एक्लो टोली समेत बनेको छ ।
श्रमिकको सामाजिक सुरक्षालाई बोझको रूपमा हैन, शानको रूपमा लिऊँ : प्रधानमन्त्री
'सामाजिक सुरक्षाः सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आज आठौँ सामाजिक सुरक्षा दिवस मनाइएकाे छ ।
मोना लिसालाई प्रसिद्ध बनाउने त्यो चोरी
लुभा (लुभ्रे) मा कात्तिकको पहिलो हप्ता भएको सनसनीपूर्ण आभूषण चोरीले सय वर्ष पहिले मोना लिसा चोरिएको घटना मानसपटलमा ताजा गराएको छ । लुभाबाट मोना लिसादेखि आभूषण चोरीका घटनाबीच अन्य चोरीका घटना नभएका होइनन् तर मोना लिसाको चोरी र सो पेन्टिङ बरामदको घटना रोमाञ्चले भरिपूर्ण छ ।
हुलाकी राजमार्ग : १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७२३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ ।
मजिउनवासीको पीडा : सिटामोल लिन एक दिनको पैदल
आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हकमा रहे पनि बझाङका केही दुर्गम गाउँ अहिलेसम्म आधारभूत स्वास्थ्य सुविधाबाट वञ्चित छन् ।
नयाँ विशेषतासहित आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै आजदेखि नयाँ नोट चलनचल्तीमा आएको जानकारी दिएको हो ।
पूर्वाधारमा लगानी गर्न आतुर छौँ
योगदानमा आाधारित सामाजिक सुरक्षा कोषको आयोजनामा आठौँ सामाजिक सुरक्षा दिवस बिहीबार मनाइँदै छ ।
थपिएको ऋणभन्दा भुक्तानी धेरै
चालु आर्थिक वर्ष २०८२/८३ को चार महिना (साउनदेखि कात्तिकसम्म) मा थपिएको सार्वजनिक ऋणभन्दा सरकारले तिरेको साँवाब्याजको रकम धेरै हुन पुगेको छ । कात्तिकसम्म सरकारले एक खर्ब ३८ अर्ब ७५ करोड ऋण लिएकोमा एक खर्ब ५० अर्ब ८८ करोड रुपियाँ ऋणबापतको साँवाब्याज भुक्तानी गरेको छ ।