मतदाताको प्रतीक्षामा मतदान केन्द्र
आज नेपालमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतदान गर्ने दिन हो । मतदान गर्न तयार रहेका एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले मतदानमा सक्रियतापूर्वक सहभागिता जनाउँदै छन् । देशभर तय गरिएका १० हजार ९८७ मतदान स्थल र २३ हजार ११२ मतदान केन्द्र तथा १४३ अस्थायी मतदान स्थल मतदातालाई स्वागत गर्न तयार पारिएको छ । उपत्यकामा आयोगका पदाधिकारी तथा जिल्लाहरूमा निर्वाचन अधिकृतसहितका कर्मचारीले मतदान स्थलको अनुगमन गर्नुभएको छ । अनुगम
म्याग्दीमा मतदानस्थल नजिक आगलागी
म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ डाँडागाउँ स्थित अमरज्योती मावि मतदानस्थल नजिक आगलागी भएको छ ।
निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष
राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने निर्णय गरेको छ ।
राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबिच भेटवार्ता : निर्वाचनको तयारीबारे जानकारी
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेटर्वार्ता गर्नुभएको छ ।
निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आममतदातालाई आग्रह गर्नुभएको छ ।
निर्वाचन विरोधीलाई सिधै अदालतमा पेश गर्छौंः गृहमन्त्री
अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२’ का लागि देशभर पूर्ण सुरक्षा प्रत्याभूति गरिएको बताउनुभएको छ।
‘मतदान गर्न जान सवारी नपाएको नागरिकको गुनासो’
काठमाडौँ उपत्यकाबाट गृहजिल्ला फर्केर मतदान गर्न जान खोज्ने मतदाताले सार्वजनिक सवारीसाधन नपाएको गुनासो गरेका छन्।
निर्वाचनका लागि मतदान केन्द्र निर्माण कार्य सुरु
बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदान केन्द्र बुथहरू धमाधम निर्माण गरिँदै छ । निर्वाचनका लागि काठमाडौँ उपत्यकालगायत देशैभरको मतदानस्थलमा निर्वाचन प्रहरीको सहायतामा मतदानस्थलहरुमा बुथ निर्माण गरिँदै छ ।
७७ जिल्लामा निर्वाचन तयारी पूराः गृह मन्त्रालय
गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचन (फागुन २१ गते) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मन्त्रालयमा बुधबार बिहान ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँगको भर्चुअल बैठक (जुम मिटिङ) बसी निर्वाचन सुरक्षालगायत सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको जनाएको हो ।
आज रातिबाट मतदान सम्पन्न नहुँदासम्म सवारी साधनमा रोक
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज (बुधबार) राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
खाडी क्षेत्रको युद्ध प्रभाव
इरानलगायत खाडी क्षेत्रका देशमा आएको युद्धको अवस्थाले वैदेशिक व्यापारमा असर पर्ने देखिएको छ । गत शनिबार अमेरिका र इजरायलले इरानमा गरेको आक्रमण र इरानले गरेको जवाफी आक्रमणले आयातनिर्यातमा असर पर्ने भएको हो । ती क्षेत्रका देशमा नेपालबाट हुने निर्यात न्यून भए पनि आयात भने उच्च रहेको छ ।
हिउँ छिचोलेर मतदाता गाउँमा
कर्णालीका हिमाली जिल्ला हुम्ला र डोल्पाका २४ निर्वाचन स्थलमा प्रतिनिधि सभा सदस्य निर्वाचनका सामग्री नेपाली सेनाको हेलिकोप्टरबाट ढुवानी गरिएको छ । तीन दिन लगाएर नेपाली सेनाको हेलिकोप्टरले डोल्पाका २० वटा मतदान स्थल र हुम्लाका चार मतदान स्थलमा निर्वाचन सामग्री ढुवानी गरेको हो ।
निर्वाचनमा मौन अवधि : सूक्ष्म निगरानी गर्दै आयोग
प्रतिनिधि सभा निर्वाचन २०८२ को प्रयोजनका लागि तोकिएको मौन अवधिको निर्वाचन आयोगले सूक्ष्म निगरानी सुरु गरेको छ । मौन अवधि सोमबार राति १२ बजेबाट सुरु भएको थियो । मौन अवधिलाई प्रभावकारी कार्यान्वयन गराउन आयोगले निर्वाचन अधिकृतलाई निर्देशन दिइसकेको छ । सम्बन्धित जिल्लाका निर्वाचन अधिकृत र मातहतका कर्मचारीबाट निगरानी भइरहेको छ ।
औषधी बनाउने सूत्र कानुन अभावमा अलपत्र
नेपाललगायत विश्वभर रहेका औषधीय गुण भएका जडीबुटीको संरक्षणमा जोड दिँदै मङ्गलबार विश्व वन्यजन्तु दिवस मनाइएको छ । नेपालमा जडीबुटीबाट औषधी बनाउने सूत्र बने पनि उपयुक्त कानुनी व्यवस्था नहुँदा हस्तान्तरणमै समस्या देखिएको छ ।
धमाधम बन्दै मतदान केन्द्र (फोटो फिचर)
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुर जिल्लाका मतदान केन्द्रहरू तयार पार्ने काम तीव्र गतिमा भइरहेको छ ।
निर्वाचनको सम्पूर्ण तयारी पूरा : २३ हजार बढी मतदान केन्द्रमा पुगे कर्मचारी
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार केन्द्रीय तहमा गर्नुपर्ने सबै सम्पन्न काम भइसकेका छन्।
निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता
बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढिरहेको छ ।
निर्वाचन सुरक्षा बुझ्न गृहमन्त्री दुर्गम क्षेत्रका मतदान केन्द्रमा
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी निर्वाचनको तयारी र समग्र शान्ति सुरक्षाको अवस्था बुझ्न गृहमन्त्री ओमप्रकाश अर्यालसहितको उच्चाधिकारीको टोलीले ललितपुरका विभिन्न मतदान स्थलको अनुगमन गरेको छ ।
काठमाडौँबाट गाउँ फर्किने मतदाता बढ्दै
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मत प्रयोग गरी आफ्नो गाउँ–ठाउँको प्रतिनिधि चयन गर्न काठमाडौँ उपत्यकाबाट बाहिरिने सर्वसाधारणको सङ्ख्या बढेको छ।
मौन अवधि सुरु, केके गर्न पाइँदैन ?
बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि मङ्गलबार मध्यरातदेखि सकिएको छ ।
नेपालीसँगै रङ्गिए पर्यटक
रङहरूको पर्व फागु अर्थात् होली काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली जिल्लामा हर्षोल्लाससाथ मनाइएको छ । आपसी मेलमिलाप र सद्भावसाथ मनाइने होली वसन्त ऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी पर्यटकले पनि रङमा रमाउँदै हर्षोल्लाससाथ मनाएका छन् ।
पश्चिम एसियाको युद्ध त्रासमा नेपाली
विश्व मानचित्रको पश्चिमी गोलार्धबाट मध्यपूर्व भनिँदै आएको दक्षिण पश्चिम एसियाका खाडी राष्ट्र अहिले युद्धको चपेटामा छन् । अमेरिका, इजरायलले गरेको संयुक्त आक्रमणको प्रतिकारमा इरान उत्रिएपछि विश्वभर त्रास छाएको छ । यो भू–भाग नेपाली नागरिकको वैदेशिक रोजगारको प्रमुख गन्तव्य मुलुक रहेको क्षेत्र हो ।
राष्ट्रपतिबाट राष्ट्रका नाममा सम्बोधनः निर्वाचन उपलब्धिको रक्षा नयाँ सम्भावनाको युगीन आवश्यकता
राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नवीन ढङ्गले परिभाषित गर्दै नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
जुत्ता चप्पल उद्योगमा ओली, उद्योग प्रोत्साहन गर्ने प्रतिवद्धता
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गर्नुभएको छ। दमक –४ मा रहेको एक्सन फुट वयेरमा काम गर्ने २५० भन्दा बढी मजदुरलाई उहाँले प्रत्यक्ष भेट गर्नुभएको हो।