सुशासनप्रति दृढ सङ्कल्प
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पहिचान २०७८ सालभन्दा अघि जागरणका गीतसँगै सुधारका पक्षमा निरन्तर खबरदारी गर्ने गायक एवं अभियन्ताका रूपमा थियो । २०७९ सालको स्थानीय तह निर्वाचनले उहाँको पहिचान फेरिदियो । स्थानीय तहको निर्वाचनमा उहाँ काठमाडौँ महानगरपालिका प्रमुखमा निर्वाचित हुनुभयो ।
यस्तो बन्यो बालेन्द्र मन्त्रिपरिषद्
प्रधानमन्त्री बालेन्द्र शाह नेपालको संविधानको धारा ७६ (१) बमोजिम प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।
मन्त्रिपरिषद् बैठक : कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
बालेन्द्र साह (बालेन) नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीको बधाई
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बधाई दिनुभएको छ ।
१५ सदस्यीय मन्त्रिपरिषद् : प्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीको शपथ
प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनुभए लगत्तै १५ जना नवनियुक्तमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपतिसमक्ष प्रधानमन्त्री बालेन्द्र शाहले लिनुभयो पद तथा गोपनीयताको शपथ
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
बालेन बेग : रास्वपा प्रवेशको तीन महिनामै प्रधानमन्त्री
बालेन्द्र शाह (बालेन) नेपालको ४३ औँ प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहलाई शुक्रबार नेपालको संविधानको धारा ७६ (१) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा प्रतिनिधि सभाका सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएकाे छ ।
शिक्षण संस्थाका विचित्र नाम
तपाईंले पढ्नु भएको विद्यालयको नाम सम्झनुहोस् त ! लामो थियो ? वा छोटो ? कतिपय विद्यालयको नाम निकै लामा छन् । स्थापना हुँदा ती विद्यालयको नाम छोटो नै थिए । चन्दादाता वा विद्यालय स्थापना गर्दा योगदान गरेका वा स्थानीय प्रसिद्ध व्यक्तिको नाम पनि जोड्न थालेपछि नाम लामो हुन पुगेका हुन् । राज्यले नै चन्दा प्रदान गरेपछि दाताको नाम विद्यालयको नामसँग जोड्ने नीति अवलम्बन गरेको छ । यसले गर्दा पनि विद्यालयको नाम लामो हुन पुगेको भन्न सकिन्छ ।
सिंहदरबारमै फर्कियो संसद्
प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभाका २७४ जना सदस्यले शपथग्रहण गरेका छन् । सिंहदरबारस्थित सङ्घीय संसद्को निर्माणाधीन बहुउद्देश्यीय सभाकक्षमा सांसदहरूले शपथग्रहण गर्नुभएको हो । नवनिर्वाचित सदस्यहरूलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ गराउनुभयो ।
प्रधानमन्त्रीको शपथ आज
प्रतिनिधि सभामा सबैभन्दा ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको छ । रास्वपा केन्द्रीय कार्यालय चःमतिमा बिहीबार बसेको केन्द्रीय समिति बैठकले संसदीय दलको विधान परिमार्जनसहित पार्टीका वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो । गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनअघि भएको सहमतिमा शाह संसदीय दलको नेता र प्रधानमन्त्री बन्ने घोषणा भएको थियो ।
आन्दोलनमा अत्यधिक बल प्रयोग : आयोग
गत भदौ २३–२४ गते नवयुवा (जेनजी) को आन्दोलन हिंसात्मक हुनुमा तत्कालीन सरकार र सुरक्षा निकायको गम्भीर लापर्बाही मुख्य कारण रहेको छानबिन प्रतिवेदनले औँल्याएको छ । घटनाबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सरकारले बिहीबार सार्वजिनक गरेको हो ।
अब बदलिने पालो कर्मचारीको
प्रतिनिधि सभा सदस्य निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत प्राप्त गरेकाले रास्वपाको संसदीय दलका नेता बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बन्दै छ । नयाँ सरकार गठन भएसँगै राजनीतिक नेतृत्वले गरेका निर्णय कार्यान्वयन गर्ने प्रशासनिक संयन्त्र पनि बदलिनुपर्ने बा
निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि : गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक पूरा गरी आज गृह मन्त्रालयबाट बिदाइ हुनुभएको छ ।
सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु (फोटो फिचर)
चैते दसैँको दिन बिहीबारदेखि सेतो मच्छिन्द्रनाथको जात्रा सुरु भएको छ । मच्छिन्द्र बहालदेखि आर्यालोकितेश्वरको मूर्तिलाई मन्दिरबाट बाहिर ल्याई भक्तजनको लावालस्कर साथ तीनधारा पाठशालामा निर्माण गरिएको शिखर शैलीको रथमा बिराज गराइए पश्चात सो जात्रा रथयात्राको रुपमा अगाडि बढेको हो ।
'नयाँ पुस्ताको परिवर्तनको आकाङ्क्षा नै हाम्राे एजेण्डा'
सिंहदरबारस्थित संसद् भवनमा आज प्रतिनिधिसभा सदस्यका रुपमा सपथ लिएपछि सांसद् मनिष खनालले आफ्नाे भूमिका जेन–जी बिद्रोहको भावनालाई सदनको रोष्टमबाट जीवन्त राख्नु आफ्नो प्राथमिकता हुने बताउनुभयो ।
रास्वपा संसदीय दलको नेतामा शाह चयन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा बालेन्द्र शाह चयन हुनुभएको छ ।
संसद्मा अब एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा
संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष भएर सदनका बैठकमा बस्दै आएका तीन राजनीतिक दल नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी अब भने एउटै बेञ्चमा बस्ने भएका छन् ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यद्वारा शपथ
सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उहाँहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
राष्ट्रिय पोशाकमा सांसद (फोटो फिचर)
शपथ ग्रहण समारोहमा विभिन्न राष्ट्रिय पोशाकमा सांसद सिंहदरबार पुगेका हुन् । सबै सांसदले ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीसँग पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ ।
सेती–कर्णाली नदीमा ‘एङ्गलिङ’ प्रतियोगिता उत्सव
डोटी जिल्ला अन्तर्गत पर्ने सेती र कर्णाली नदी क्षेत्रका कतिपय स्थानहरु यतिबेला विदेशी पर्यटकहरुको चहल–पहलले भरिएका छन् । अरु समयमा स्थानीय बासिन्दाको मात्र उपस्थिति देखिने नदी क्षेत्रमा अहिले विदेशी पाहुनाहरूको आवत–जावतले नयाँ रौनकता थपिएको छ ।
महादेव खोला कोरिडोरका अनधिकृत संरचना हटाइयो
काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका वडा नं. ११ को हिलेडोल क्षेत्रमा अनधिकृतरुपमा बनाइएका संरचना भत्काइएको छ । महादेव खोला किनारमा खोलाको मापदण्ड मिचेर बनाइएका संरचना भत्काइएको हो ।
नवनिर्वाचित सांसदको शपथ आजै, सबै तयारी पूरा
सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ व्यवस्थापनमा सक्रिय भएको छ। बिहीबार अपराह्न २ बजे शपथ समारोह आयोजना हुने योजना छ।
झापामा बर्डफ्लु : दमकको फार्ममा तीन करोडको क्षति
झापा जिल्लाको दमक–१० स्थित एक ठूलो कुखुरा फार्ममा बर्डफ्लुको संक्रमण पुष्टि भएपछि करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ। यस घटनाले स्थानीय कुखुरापालक किसानहरूमा गम्भीर चिन्ता थपेको छ।