हुस्सु र कुहिरोले अधिकांश हवाइ उडान अवरुद्ध
बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन ।
फागुन २१ मा निर्वाचन गर्नुको विकल्प छैन : सञ्चारमन्त्री खरेल
अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।
डलरको भाउ बढ्दा बजेटमा प्रतिकूल असर
डलरमा बढ्दा तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व चुलिएको छ । चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा मङ्सिर मसान्तसम्ममा एक खर्ब १४ अर्ब ४८ करोड थप वृद्धि भई कुल सार्वजनिक ऋण दायित्व २७ खर्ब ८८ अर्ब ५३ करोड पुगेको छ ।
पर्यटक लोभ्याउँदै कालाबाङ घडेरी होमस्टे (फोटो फिचर)
नेपालको पर्यटकीय राजधानी पोखरा शहरबाट १२ किलोमिटर दूरीमा रहेको छ कालाबाङ सामुदायिक घडेरी होमस्टे । पोखरा महानगरपालिका २२ मा पर्ने सो होमस्टेमा १५६ घरधुरी छ । सोमध्ये १८ घरमा मात्र होमस्टे सञ्चालनमा छ ।
निर्धारित मितिमै निर्वाचन गराउनु पर्छ
फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदै छ । सरकार, निर्वाचन आयोग, सुरक्षा निकायसहित सम्पूर्ण निकाय तोकिएकै मितिमा निर्वाचन गराउन दत्तचित्त भएर लागेका छन् । राजनीतिक दल पनि निर्वाचनमा जान आतुर छन् ।
निर्यात बढे पनि मुलुकलाई छैन फाइदा
चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिना (साउन–मङ्सिर) मा मुलुकबाट हुने निर्यात ५८.१७ प्रतिशतले बढेर सवा खर्ब नाघेको छ ।
सुनकोशी–मरिणको मूल्याङ्कन सुरु
राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण ठेक्का तोडिएपछि आयोजनाको अहिलेसम्म भएको कामको मूल्याङ्कन सुरु गरिएको छ ।
किनारमा क्याफे, सिरानमा प्लटिङ
बेमौसम र बढ्दो जाडोमा पनि फेवातालमा डुङ्गा सयर गर्नेहरू खासै घटेका छैनन् । खुलेको मौसममा माछापुच्छ«े, अन्नपूर्णलगायत हिमालको प्रतिविम्ब आडैमा राखेर तस्बिर र भिडियो खिच्ने प्रशस्तै छन् । बेमौसममा पनि पर्यटन राजधानी पोखरालाई भरिभराउ बनाउने फेवाताल आफैँ भने प्राकृतिक र मानवीय दुवै अतिक्रमणबाट खुम्चिँदो अवस्थामा पुगेको छ ।
निर्वाचनलाई परिवर्तनको उत्सवका रूपमा लिनुस् : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई परिवर्तनको उत्सवका रूपमा लिन राजनीतिक दलका नेताहरूसँग आग्रह गर्नु भएको छ ।
सिंहदरबारमा सर्वपक्षीय छलफल, निर्वाचनबारे मिश्रित धारणा
प्रतिनिधि सभा सदस्य निर्वाचन समयमै हुनेमा नागरिक अगुवाहरुले आशंका व्यक्त गरेका छन् ।
तीन सय शय्यासहित सेवा विस्तार
सशस्त्र प्रहरीमा कार्यरत बहालवाला तथा पूर्वसशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र सर्वसाधरण नागरिकलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न नेपाल एपीएफ अस्पतालले तीन सय शय्यासहितको सेवा विस्तार गरेको छ ।
सेती नदीमाथिको पुल निर्माण अलपत्र
तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अलपत्र अवस्थामा छ ।
विपद् व्यवस्थापनमा नयाँ दृष्टिकोणसहित पूर्वतयारी र पूर्वानुमानलाई जोड दिऔंः गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वानुमानमा आधारित पूर्व कार्य तर्फ रूपान्तरणको यात्रा सरकारले सुरु गरिसकेको बताउनुभएको छ ।
सम्पत्ति विवरण नबुझाउने कर्मचारीको नामावली अख्तियार पठाइँदै
राष्ट्रिय किताबखानाले तोकिएको म्यादभित्र सम्पत्ति विवरण नबुझाउने कर्मचारीको नामावली अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने बताएको छ ।
‘ओभरस्टे’ को अवधारणा शरणार्थीलाई लागु नहुने
सामूहिक पुनर्वास कार्यक्रम स्थगनपछि नेपाल सरकारले ‘एक्जिट पर्मिट’ नदिँदा रोकिएका भुटानी शरणार्थीले प्रक्रियासम्मत रूपमा तेस्रो मुलुक जाने अनुमति मागे अनुमति प्रदान गर्न सर्वोच्च अदालतले सरकारलाई परमादेश आदेश जारी गरेको छ ।
मतपत्र छपाइको तयारी पूरा
आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइको तयारी पूरा भएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गर्न लागेको हो । यसअघि निर्वाचन आयोगले मौखिक र पत्रमार्फत मतपत्र छपाइका लागि तयारी अवस्थामा रहन केन्द्रलाई अनुरोध गरेको थियो ।
निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको छ ।
मुलुकमा सबैतिर निर्वाचनको वातावरण बनेको छः सञ्चारमन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक निर्वाचनमा होमिएको दाबी गर्नु भएको छ।
मौलिक परम्परा जोगाउनुपर्नेमा प्रधानमन्त्रीको जोड
प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताउनुभएको छ ।
टुँडिखेलमा मनाइयो ‘विश्व ध्यान दिवस’ (फोटो फिचर)
संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आइतबार विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व ध्यान दिवस’ मनाइएको छ ।
नारायणघाट–बुटबल सडक : निर्धारित समयमा काम नसके ठेकेदारलाई जरिवाना
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटबल सडकखण्ड विस्तारको काम अवको निर्धारित समयमा पनि नसके ठेकेदार कम्पनीलाई जरिवाना गरिने बताउनुभएको छ ।
एक दशकमा पनि बनेनन् औद्योगिक क्षेत्र
सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक पूरा भइसक्दा एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सातै प्रदेशमा औद्योगिक क्षेत्र सञ्चालनमा ल्याएर कम्तीमा १० लाख जनतालाई प्रत्यक्ष र ३० लाखलाई अप्रत्यक्ष रोजगारी दिने सरकारको योजना थियो ।
पहुँचका आधारमा विकास
आवश्यकताका आधारमा नभई पहुँचका आधारमा विकास निर्माणको योजना सञ्चालन हुँदा अहिले स्थानीय तहमा भौतिक पूर्वाधारको विकास असन्तुलित हुँदै गएको छ । पहुँच पुगेका स्थानीय तहमा विकासका योजना कार्यान्वयन नै गर्न नसकिने गरी सञ्चालन भएका छन् भने पहुँच नपुगेका स्थानीय तहमा विकास निर्माणको कामै ठप्प भएका छन् ।
ओलीसामु चुनौतीका चाङ
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ महाधिवेशनले लोकतान्त्रिक पद्धति अवलम्बन गरेर नयाँ नेतृत्व पाइसकेको छ । तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित केपी शर्मा ओली जेनजी आन्दोलनपछि पनि पुनः एमालेको नेतृत्वमा आवश्यक रहेको पुष्टि यो महाधिवेशनले गरेको छ ।