समुदायको अग्रसरताबिना विपद् न्यूनीकरण सम्भव छैन : गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले समुदायको अग्रसरताबिना विपद् न्यूनीकरण सम्भव नहुने भएकाले सबैको समन्वय, सहकार्य र सहभागिता आवश्यक पर्ने बताउनुभएको छ ।
यस्तो छ नयाँ र पुराना दल दर्ता प्रक्रिया
२०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दल दर्ताको प्रक्रिया जारी छ ।
पहिलो त्रैमासमा बढ्दै छ सरकारी भुक्तानी
सरकारको धेरै खर्च नहुने आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोजसम्म) मा हुने भुक्तानी बढ्न थालेको छ । पछिल्लो पाँच आवको तथ्याङ्क अनुसार आवको अन्तिममा अत्यधिक खर्च भुक्तानी गर्ने प्रवृत्तिमा सुधार आएर पहिलो त्रैमासमा हुने खर्च बढेको हो ।
तिहारमा पैँतालिस लाख माला खपत हुने
यसपालिको तिहारमा काठमाडौँ उपत्यकामा ४० करोड रुपियाँ बराबरको पैतालिस लाख वटा सयपत्री र मलमलीको माला खपत हुने अनुमान गरिएको छ ।
त्रिविको जग्गामा अठार संस्थाको रजाइँ
मुलुककै सबैभन्दा ठुलो र पुरानो त्रिभुवन विश्वविद्यालयको चल तथा अचल सम्पत्ति लथालिङ्ग रहेको सरकारी प्रतिवेदनले औँल्याएको छ । आफ्नो नाममा कति जग्गा र भौतिक संरचना छन् भन्ने विषयमा समेत त्रिवि अनभिज्ञ रहेको त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, २०८१ ले प्रस्ट पारेको छ ।
बढुवा त भयो तर बनेन पेन्सनपट्टा
प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीको कानुन अनुसारको बढुवालाई सङ्घीय सरकारले नचिन्ने भएपछि करिब डेढ सय कर्मचारीको स्तर वृद्धि अनुसारको पेन्सनपट्टा बन्न सकेको छैन ।
एमाले महाधिवेशन मंसिर अन्तिम साता गर्ने निर्णय
नेकपा (एमाले) ले पार्टीको ११ औं महाधिवेशन आगामी मंसिर अन्तिम साता गर्ने निर्णय गरेको छ । भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
जेनजी आन्दोलनका २४ घाइते अझै उपचारत, कुन अस्पतालमा कति ?
जेनजी आन्दोलनका क्रममा घाइते भएका २४ जना घाइते विभिन्न आठ अस्पतालमा उपचाररत छन् ।
रोमाञ्चक खेलमा नेपाल युएईविरुद्ध एक रनले विजयी
नेपालले आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा सुपर सिक्सको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) माथि एक रनको रोमाञ्चक जित हात पारेको छ ।
सूचना विभागबाट मिडिया दर्ता यथाशीघ्र सुरु हुन्छः मन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचना तथा प्रसारण विभागबाट अनलाइन मिडियाको दर्ता र नवीकरण यथाशीघ्र सुरु गर्न प्रयास भइरहेको बताउनुभएको छ । विभागको अनुगमन निरीक्षणपछि आज आयोजित कार्यक्रममा उहाँले अनलाइन मिडियाको दर्ता र नवीकरणका सन्दर्भमा धेरै सञ्चारकर्मीले झण्झट बेहोर्नुपरेकाले त्यसका लागि सहजीकरण गरी सेवा सुविधा उपलब्ध गराउन विभागलाई निर्देशन दिनुभयो ।
कन्काई पुल १४ वर्षदेखि अलपत्र : छिट्टै निर्णय गर्ने मन्त्री घिसिङको प्रतिबद्धता
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार १४ वर्षदेखि अलपत्र पारिएको झापाको कन्काई पुलको निरीक्षण गर्नुभएको छ ।
काउन्सिलले अनुभूति दिलाउने गरी काम गरोस् : मन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अधिकार सम्पन्न र स्वायत्त निकायको रूपमा आम जनतालाई अनुभूति दिलाउने गरी काम गर्न प्रेस काउन्सिल नेपालका पदाधिकारीलाई सुझाव दिनुभएको छ ।
शरीर असन्तुलित पार्ने पार्किन्सन
कुनै व्यक्तिमा (विशेषतः बुढ्यौलीमा) यदि असामान्य प्रकारको चालढाल हुन गयो भने पार्किन्सन पो भयो कि भनेर आशङ्का गर्न सकिन्छ ।
बागमती प्रदेशमा ५० वटा कानुन बनाउन डेढ अर्ब खर्च
मुलुक सङ्घीयतामा गएको आठ वर्ष बितिसक्दा पनि बागमती प्रदेश सरकारले आवश्यकताअनुसारको कानुन निर्माण अझै गर्न सकेको छैन ।
क्षतिबापत डेढ अर्ब भुक्तानी, सम्पत्ति बिमाबापत सबैभन्दा धेरै भुक्तानी
जेनजी आन्दोलनका क्रममा देशभर भएका तोडफोड, आगजनी, लुटपाट र सम्पत्तिमा भएका क्षतिको बिमा दाबीको डेढ अर्बभन्दा बढी रुपियाँ भुक्तानी भएको छ । नेपाल बिमा प्राधिकरणका अनुसार अहिलेसम्म परेको दाबीमध्ये एक अर्ब ५८ करोड ५६ लाख रुपियाँ भुक्तानी भइसकेको हो ।
हट्यो सामाजिक सुरक्षा भत्ताको झन्झट
‘सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२’ कार्यान्वयनमा आएपछि सामाजिक सुरक्षा वितरण प्रणालीलाई सहज, सुलभ र पारदर्शी हुने देखिएको छ ।
जग्गा स्रेस्ता कायम गर्न हुँदैन समस्या
जेनजी आन्दोलनमा मालपोत कार्यालय जलेर नस्ट भए पनि जग्गाको स्रेस्ता कायम गर्न समस्या नहुने भएको छ । भूमि, व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले मातहतका निकायलाई स्रेस्ता कायम गर्न विभिन्न विकल्पसहितको परिपत्र गरेको छ ।
जेनजी प्रतिनिधिको आह्वानः चुनावमा भाग लिऔँ
जेनजी आन्दोलनका प्रतिनिधिले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन राजनीतिक दललगायत सबै तह र तप्कालाई आह्वान गर्नुभएको छ ।
दाउन्नेमा धुलोले सास्ती (फोटो फिचर)
वर्षा सकिएसँगै पूर्वपश्चिम राजमार्गको दाउन्ने सडक खण्डमा धुलोले सताउन थालेको छ । हल्का पानी पर्दा पनि हिलाम्बे भएर बाटो नै बन्द हुने यो सडक खण्डमा पानी पर्न रोकिएपछि धुलोले सताउने गरेको चालक तथा यात्रुले गुनासो गरेका छन् ।
मनसुन बाहिरियो, किसानलाई धान थन्क्याउन चटारो
दसैँसँगै मनसुन बिदा भएपछि लमजुङका किसानहरूलाई अहिले धान काट्न र थन्क्याउन चटारो छ । गाउँभरिका कृषकहरू खेतमै व्यस्त हुन थालेका छन् ।
गर्जुरा क्षेत्रको दैनिक डेढसय बढी पर्यटकद्वारा अवलोकन
गुल्मीको गुल्मीदरबार–२, जुभुङ्गका उमेश क्षेत्री दसैँ बिदामा काठमाडौबाट घर आउनुभएको थियो । उहाँले बर्सेनि दसैँतिहारमा छोराछोरीको पनि बिदा हुनेभएकाले घुम्ने र आफन्त भेट्ने गर्नुहुन्छ । लामो समयपछि रेसुङ्गा गर्जुरा घुम्न आउनुभएका क्षेत्रीलाई रेसुङ्गाको कालोपत्रे सडक, पर्यटकीय संरचनाको विकास देखेर निकै खुशी लाग्यो ।
पुनर्स्थापनाका लागि इलाम सङ्कटग्रस्त घोषणा : मन्त्री घिसिङ
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले इलाममा भएको विपद्का कारण त्यसको पुनर्निर्माण र पुनर्स्थापनाका लागि सरकारले इलामलाई संकटग्रस्त जिल्ला घोषणा गरेको बताउनुुभएको छ ।
पृथ्वीनारायण शाहले चलाएको पैसा
एउटा सानो पहाडी भेगको र त्यसमा पनि एक निर्धन राज्यका रूपमा थियो गोरखा । निर्धन राज्यको राजा भएकैले धनी राज्यका राजाहरूले गोरखाली राजालाई आफ्नी कन्या दिनसमेत आनाकानी गर्थे । यस्तो समस्या भोग्नेमध्ये गोरखा राज्यका संस्थापक द्रव्य शाहका नाति चर्चित राजा राम शाह पनि पर्छन् । आफ्ना लागि कन्या माग्न जाँदा पर्वतका राजा राज मल्लले अपमान गरी उनलाई खाली हात फर्काइदिएका थिए । उनको यस्तो अवस्था देखेर राजपाठ छाडी धर्मकर्ममा लागेका राज मल्लका बुवा नारायण मल्लले आफूद्वारा पालेर राखिएकी भान्जी
इजोतिया (कथा)
अहिले विवाहको मौसम चलिरहेको छ । जहाँ पहिले ठिकसँग हिँडडुल गर्न सम्भव थिएन, त्यहाँ अहिले बाटाघाटा बनेका छन् र बरात सजाउनेका लागि पौ–बारह जस्तै भइसकेको छ । डिजेसँगै रथ छ । रथमा दुलहा, दुलहाको छेउमै खुसीमा मग्न दुलहाकी आमा–इजोतिया ।