सरकारले लक्ष्यको आठ प्रतिशत मात्रै बालमैत्री स्थानीय शासन घोषणा गर्न सफल भएको छ । राष्ट्रिय बाल अधिकार परिषद्को बालबालिकाको स्थिति प्रतिवेदन अनुसार गएको आर्थिक वर्ष २०८१/८२ सम्म ३३० वटा पालिकामा बालमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्य लिइएकामा २७ वटा (८.१८ प्रतिशत) पालिकामा मात्रै बालमैत्री स्थानीय शासन घोषणा भएका हुन् । एक सय पालिका बालमैत्री स्थानीय शासन घोषणाको तयारीमा पुगेको पनि सोही प्रतिवेदनमा उल्लेख छ ।
सरकारी निकायबिच समन्वय नहुँदा तरकारीमा प्रयोग हुने विषादी परीक्षणको प्रभावकारी परिणाम आउन सकेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहेको केन्द्रीय कृषि प्रयोगशालाले केही निश्चित समूहका विषादी तरकारीमा भए वा नभएको परीक्षण गर्ने गरेको छ तर त्यसको नतिजा हेर्दा प्रभाव देखाउन नभएर दबाबमा गरिएको स्पष्ट बुझ्न सकिन्छ । जसको प्रत्यक्ष मारमा आमउपभोक्ता परेका छन् ।
कालीमाटी तरकारी बजारमा मङ्गलबार थोकमा बेच्न ल्याइएको रायोको सागमा झन्डै शतप्रतिशत नै विषादी रहेको पाइयो । यो रिपोर्ट आधाभन्दा बढी विषाक्त साग उपभोक्ताको भान्सामा पुगेपछि आएको हो ।
लगानीको स्पष्ट खाका तयार नहुँदा सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताको एक खर्ब २८ अर्ब रुपियाँभन्दा बढी रकमले अपेक्षित प्रतिफल दिन सकेको छैन । खास गरी पूर्वाधार निर्माणका दीर्घकालीन परियोजनामा लगानीको रकमका लागि बाह्य पुँजीको खोजी गरिने अवस्थामा आन्तरिक स्रोतको अभाव पूर्ति हुने यस्तो रकम त्यसै थन्किएको छ ।
स्वदेशमा रोजगारीको अवसर नपाएर दैनिक औसतमा दुई हजार २२३ युवा रोजगारीको खोजीमा श्रम स्वीकृति लिएर बिदेसिन्छन् । अध्ययन वा भ्रमण भिसामा विदेश जाने र भारत जानेको सङ्ख्या श्रम स्वीकृति लिएर जानेकै हाराहारीमा छ । देशभित्रको विकासनिर्माणका लागि भने जनशक्ति अभाव हुँदा विदेशी श्रमिकले भरथेग गर्नुपर्ने अवस्था बढ्दै गएको छ ।
विप्रेषणकै भरमा अर्थव्यवस्था टिकिरहेको खुसीका बिचमा त्यसको पीडादायी पाटो बेग्लै छ । वैदेशिक रोजगारीमा गएका धेरै नेपाली अकालमा नै उतै निधन भएर बन्द बाकसमा फर्काइने गरेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ५१० युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या विश्लेषण गर्दा मासिक औसतमा १२७ युवाको शव बन्द बाकसमा फर्काइएको दर्दनाक चित्र देख्न सकिन्छ । यो सङ्ख्या चार महिनाको अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको सङ्ख्या अझै धेरै छ । बोर्डका अनुसार यस अवधिमा बोर्डको कल्याणकारी कोषको ५१ करोड रुपियाँ मृतक श्रमिकका परिवारका सदस्यले आर्थिक सहायता लिएका छन् ।
दसैँका बेला र तिहारपछिको पनि अविरल वर्षाका कारण महँगिएको हरियो तरकारीको भाउ अझै घटेको छैन । माग अनुसार ताजा तरकारीको आपूर्ति नहुँदा तरकारीको भाउ बढेको छ, जसको मारमा सर्वसाधारण उपभोक्ता परेका छन् ।
कृषि बालीमा प्रयोग गर्न दिइएका सबै विषादी प्रयोगको परीक्षण नहुँदा त्यसको प्रत्यक्ष असर उपभोक्ताको स्वास्थ्यमा परेको छ । सरकारले १६९ प्रकारका विषादीलाई कृषि बालीमा प्रयोग गर्न अनुमति दिएको छ ।
किसानले सरकारबाट तोकिएको न्यूनतम समर्थन मूल्यमा धान बेच्न नपाएको समस्या यस वर्ष पनि दोहोरिएको छ । सरकारले विगतका वर्ष जस्तै असार, साउनमै बर्खे धानको न्यूनतम समर्थन मूल्य तोके पनि त्यस अनुसार बजारको व्यवस्था नहुँदा विगतकै समस्या दोहोरिएको हो ।
सरकारले संस्थागत अर्थात् वैदेशिक रोजगार व्यवसायी कम्पनीमार्फत नेपाली श्रमिकलाई विशिष्ट सिपयुक्त कामदार (स्पेसिफाइड स्किल वर्कर – एसएसडब्ल्यु) श्रमिकको माग प्रमाणीकरण सुरु गरेको छ । जापानस्थित नेपाली दूतावासले जापानमा एसएसडब्लु अन्तर्गतका श्रमिक लैजाने प्रमाणीकरण गर्न थालेसँगै श्रमिक पठाउने प्रक्रिया सुरु भएको हो ।
सरकारले विप्रेषणका कारण मुलुकको अर्थव्यवस्था टिकिरहेको भनिरहँदा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा ३७९ युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या चालु आव (साउन, भदौ र असोज) तीन महिनाको अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको सङ्ख्या अझ धेरै छ । बोर्डका अनुसार यस अवधिमा बोर्डको कल्याणकारी कोषबाट २३ करोड ९० लाख रुपियाँ मृतक श्रमिकका परिवारका सदस्यले आर्थिक सहायता लिएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले मलेसिया सरकारले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीका लागि तोकेका नयाँ मापदण्डका कारण पर्न सक्ने सम्भावित असर अध्ययन गरी आवश्यक पहल गर्न श्रम सचिवलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री कार्कीले बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव कृष्णहरि पुष्करलाई बोलाएर उक्त विषयको समाधानका लागि पहल गर्न निर्देशन दिनुभएको हो ।
मलेसिया सरकारले आप्रवासी श्रमिक पठाउने देशका वैदेशिक रोजगार व्यवसायी कम्पनीका लागि नयाँ १० सर्त अगाडि सारेको छ । मलेसियाले नेपालसहित श्रमिक स्रोत देश बङ्गलादेश, भारत, पाकिस्तान र म्यान्मारका कम्पनीका लागि त्यस्तो सर्त ल्याएको हो ।
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने अभिमुखीकरण तालिम राष्ट्रिय परिचयपत्र (एनआइडी) प्रणालीमा जोडिएको छ । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) लाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट सञ्चालनमा ल्याइएको एनआइडी प्रणालीमा जोडिएको हो ।
दैनिक उपभोग्य तरकारीको पछिल्लो दुई सातामा न्यूनतम ११ देखि बढीमा १२४ प्रतिशतसम्म बढेको छ । तरकारीको सर्वसाधारण उपभोक्ता यसको प्रत्यक्ष मारमा परेका छन् ।