वैदेशिक रोजगारीका नाममा हुने ठगी डरलाग्दो छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ को माघसम्म छ हजार ८५० वटा उजुरी दर्ता भएका छन् । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा गाउँघरकै दाजुभाइ, दिदीबहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीलगायतबाट ठगिने गरेका छन् । यसरी ठगीमा पर्ने सबैको तथ्याङ्क भेटिँदैन ।
पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो परिस्थितिमा संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, कतार, कुवेतलगायत देशमा रहेका नेपाली दूतावासले निर्माण गरेको अनलाइन पोर्टलमा ५१ हजार पाँच सय नेपालीले आफ्नो विवरण पेस गरेका छन् ।
बागलुङ घर भई हाल छोराछोरीसहित काठमाडौँ बस्दै आएकी प्रमिला पौडेल गत शनिबारदेखि मनोवैज्ञानिक रूपमा त्रसित हुनुहुन्छ । श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा हाल कुवेतमा कार्यरत रहेको र त्यहाँ अमेरिका तथा इजरायलले इरानमाथि गरेको सैन्य हमलापछि इरानले पनि गरेको जवाफी हमलाले उहाँलाई त्रसित बनाएको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन दुई अङ्कका दिन सकिएर एक अङ्कका दिन तिर लम्केको छ । फागुन २१ गते गणना शून्य मितिमा पुग्दा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले प्रत्यक्षतर्फ १६५ सिटका लागि ३४०६ जना र समानुपतिकतर्फ ११० सिटका लागि ३१३५ जनाको परीक्षण गर्ने छन् । तीमध्ये प्रत्यक्षतर्फका १६५ सिटका लागि तीन हजार ४०६ र समानुपातिकतर्फका ११० सिटका लागि तीन हजार १६५ जना उम्मेदवार छन् ।
सरकारले नेपालीको रोजगारीमा आकर्षक श्रम गन्तव्य युरोप बन्न सक्ने भन्दै डेढ वर्षअगाडि पठाएको प्रस्तावको अहिलेसम्म जवाफ आएको छैन । तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले खाडी मुलुक र मलेसियाको विकल्पमा नेपालीको श्रम गन्तव्य युरोपेली देश बन्न सक्ने भन्दै श्रम सम्झौताका लागि पठाइएको प्रस्तावको जवाफ अहिलेसम्म नआएको हो ।
विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिएपछि नेपाल आयल निगमले आफ्नो कार्यालयबाट ग्यास बिक्री सुरु गरेको छ । उपत्यकाको बजारमा सबै प्रकारका ग्यासको अभाव देखिएपछि आयल निगमले बुधबारदेखि टेकु कार्यालयबाट ग्यास बिक्री सुरु गरेको हो ।
संयुक्त अरब इमिरेटस् (युएई) मा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक दुई महिनादेखि थप आर्थिक भारमा परेका छन् । उनीहरूमा चालचलन प्रमाणपत्र (प्रहरी रिपोर्ट) का बनाउन थप आर्थिक भारसँगै प्रक्रियागत झन्झट थपिएको हो । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि नेपाली श्रमि
नेपालीको प्रमुख श्रम गन्तव्य देश साउदी अरबसँग करिब डेढ दशकको निरन्तरको प्रयासपछि श्रम सम्झौता भएको छ । साउदी अरबको रियादमा आयोजित समारोहमा नेपाल र साउदी अरब सरकारबिच श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्धन गर्ने सम्बन्धमा हस्ताक्षर भएको हो । सम्झौतामा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संसाधन तथा सामाजिक विकासमन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गर्नुभयो ।
पछिल्ला वर्षमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या बढ्न थालेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनामा ५० हजार महिलाले श्रम स्वीकृति लिएका छन् । जबकि गत आव २०८१/८२ को सो अवधिमा ४६ हजार महिलाले श्रम स्वीकृति लिएर विदेश गएका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रतिवेदन अनुसार आव २०६५/६६ मा वैदेशिक रोजगारमा जाने कुल नेपालीमध्ये महिलाको सङ्ख्या पाँच प्रतिशतमा सीमित थियो । गत आवमा त्यस्तो सङ्ख्या १२.९ प्रतिशत पुगेको छ ।
आमउपभोक्तालाई न्याय दिने उद्देश्यले गएको चैतमा स्थापना गरिएको उपभोक्ता अदालत छ महिनादेखि नेतृत्वविहीन छ । अदालतको नेतृत्व नै नरहँदा न्याय सम्पादन प्रभावित भएको छ ।
माघेसङक्रान्तिमा माग र खपत बढी हुने कन्दमूल (तरुल, पिँडालु र सखरखण्ड) को आपूर्ति र मूल्य गत वर्षको भन्दा बढेको छ । उपत्यकाका बजारमा ती कन्दमूलको आपूर्ति बढे पनि माग धेरै भएकाले मूल्य बढेको हो ।
सरकारले लक्ष्यको आठ प्रतिशत मात्रै बालमैत्री स्थानीय शासन घोषणा गर्न सफल भएको छ । राष्ट्रिय बाल अधिकार परिषद्को बालबालिकाको स्थिति प्रतिवेदन अनुसार गएको आर्थिक वर्ष २०८१/८२ सम्म ३३० वटा पालिकामा बालमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्य लिइएकामा २७ वटा (८.१८ प्रतिशत) पालिकामा मात्रै बालमैत्री स्थानीय शासन घोषणा भएका हुन् । एक सय पालिका बालमैत्री स्थानीय शासन घोषणाको तयारीमा पुगेको पनि सोही प्रतिवेदनमा उल्लेख छ ।
सरकारी निकायबिच समन्वय नहुँदा तरकारीमा प्रयोग हुने विषादी परीक्षणको प्रभावकारी परिणाम आउन सकेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहेको केन्द्रीय कृषि प्रयोगशालाले केही निश्चित समूहका विषादी तरकारीमा भए वा नभएको परीक्षण गर्ने गरेको छ तर त्यसको नतिजा हेर्दा प्रभाव देखाउन नभएर दबाबमा गरिएको स्पष्ट बुझ्न सकिन्छ । जसको प्रत्यक्ष मारमा आमउपभोक्ता परेका छन् ।
कालीमाटी तरकारी बजारमा मङ्गलबार थोकमा बेच्न ल्याइएको रायोको सागमा झन्डै शतप्रतिशत नै विषादी रहेको पाइयो । यो रिपोर्ट आधाभन्दा बढी विषाक्त साग उपभोक्ताको भान्सामा पुगेपछि आएको हो ।
लगानीको स्पष्ट खाका तयार नहुँदा सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताको एक खर्ब २८ अर्ब रुपियाँभन्दा बढी रकमले अपेक्षित प्रतिफल दिन सकेको छैन । खास गरी पूर्वाधार निर्माणका दीर्घकालीन परियोजनामा लगानीको रकमका लागि बाह्य पुँजीको खोजी गरिने अवस्थामा आन्तरिक स्रोतको अभाव पूर्ति हुने यस्तो रकम त्यसै थन्किएको छ ।