नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्व सञ्चार तथा सूचना मन्त्री गोकुलप्रसाद बास्कोटाको घर बाहिर फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ ।
दक्षिण सुडानमा तैनाथ श्री चन्दननाथ गण (शान्ति सेना) आठौँ डफ्फालाई बदली गर्नको लागि श्री वीरदल गण नवौं डफ्फाको पहिलो टोलीका २१३ जना नेपाली शान्ति सैनिकहरू त्यसतर्फ प्रस्थान गरेका छन् ।
बैतडीको पञ्चेश्वर गाउँपालिका–४, की माया लुहारको हत्या आरोपित शिवनाथ–४, का सशस्त्र प्रहरी जवानसमेत रहेका भरत कोली पक्राउ गरेका छन् ।
सुनकोसी गाउँपालिका ओखलढुङ्गाले ज्येष्ठ नागरिकलाई जाडोमा हटब्यागको व्यवस्था गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको समग्र विकास, जनताको आर्थिक समृद्धि र रोजगारी सृजनाको लागि विशेष योजना बनाएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन परिणामले नेपाली कांग्रेस पहिलो शक्ति बनेकाले नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका संस्थापक अध्यक्ष तथा मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष समेत रहनुभएका वरिष्ठ पत्रकार शिवहरि भट्टराईको गएराति निधन भएको छ ।
बाजुरा जिल्लाको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले तीन हजार २६१ मतान्तरले अग्रता कायमै छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फको मतगणनाको काम सकिएको छ । मतगणना सम्पन्न भएसँगै काभ्रेपलाञ्चोक जिल्लामा जनमतको हिसाबले नेकपा एमाले पहिलो पार्टी बनेको छ ।
झापाको अर्जुनधारा नगरपालिका वडा नंं. ४ स्थित भाङवारिमा भएको दुर्घटनामा एकजनाको ज्यान गएको छ । बिजुलीको पोलमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकल चालक पाँचथर फिदिम १ का ३५ वर्षीय गङ्गाराम काफ्लेको ज्यान गएको प्रहरीले जनाएको छ ।
स्याङ्जा निर्वाचन क्षेत्र २ मा मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिनुभएको छ । उहाँले नेकपा नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई एक हजार ३२७ मतले पछि पार्नुभएको हो ।
नेपाली कांग्रेस अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले पार्टीभित्र अन्तर्घात गर्नेलाई कारबाही गरिने बताउनुभएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले रणनीतिक योजना ‘भिजन २०३० प्लस’ सार्वजनिक गरेको छ । विश्वविद्यालयको १८ औं वार्षिकोत्सवको अवसरमा लुम्बिनीमा आयोजित एक समारोहका बीच रणनीतिक योजना ‘भिजन २०३० प्लस’ सार्वजनिक गरिएको हो ।
अवरुद्ध गमगाड वितरण केन्द्रको विद्युत् सञ्चालनमा आउने भएको छ । बाढी र पहिरोका कारण क्षति पुगेसँगै अवरुद्ध भएको विद्युत् झन्डै दुई महिना लगाएर क्यानल तथा नहरको मर्मत कार्य सम्पन्न गरी शुक्रबारबाट सञ्चालनमा आउने भएको हो ।
नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका नवनिर्वाचित सांसद डा. शेखर कोइरालाले वर्तमान गठबन्धनले नै सरकार बनाउने बताउनुभएको छ ।