यही मङ्सिर २३ गते शुक्रबारदेखि २७ गते मङ्गलबारसम्म राजधानीमा १९ औं हस्तकला व्यापार मेला हुने भएको छ । नेपाल हस्तकला महासंघको आयोजनामा सो मेला हुन लागिएको हो । बौद्धस्थित होटेल हायात रिजेन्सीमा हुने मेलामा हस्तकलाका वस्तुहरुको १५० वटा स्टल रहनेछन् ।
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको नवौँ महाधिवेशन मङ्गलबार नेपालगन्जमा शुरु भएको छ । नेपालगन्जको बालेगाउँमा मंगलबारदेखि शुरु भएको महासंघको सो राष्ट्रिय महाधिवेशनको तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलासका मुख्य न्यायाधीश डा. रत्न बागचन्दले उद्घाटन गर्नुभयो ।
हिजो निर्वाचन आयोगले सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं. ४ को प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना कार्यलाई अगाडि बढाउन निर्देशन दिएकोमा आज बिहान सदरमुकाम इनरुवामा सर्वदलीय बैठक बसेको छ ।
प्रतिनिधि सभा सदस्यमा २२५ महिला उम्मेदवारमध्ये ८ जना विजयी भएका छन् । नेकपा (एमाले) बाट जुली कुमारी महतो ३३ हजार ३८८ मतसहित धनुषा–३ बाट विजयी हुनुभयो ।
समानुपातिक निर्वाचनमा मतगणनाको आधारमा प्रतिनिधिसभातर्फ नेकपा एमालेले अग्रता कायमै राखेको छ । निर्वाचन आयोगको तीन बजेसम्मे तथ्याङ्कअनुसार ९३ लाख १७ हजार ८१२ मतगणना गर्दा एमालेले २५ लाख ३५ हजार २३९ मत प्राप्त गरेको छ भने सोही समयमा नेपाली कांग्रेसको २४ लाख ७५६ प्राप्त गरेको छ ।
मतदान सकिएको एक हप्ता हुन लागेको भए पनि स्याङ्जा क्षेत्र नं २ को मतगणना अझै शुरु हुन सकेको छैन । चापाकोट नगरपालिका चार बुथमा धाँधली गरी बुथ कव्जा भएको नेकपा (एमाले)ले आरोप लगाउँदै पुनः मतदानको माग गरेको छ भने कांग्रेसले तत्काल मतगणनाको माग गर्दै आएको छ । दुवै दलले सडकमा धर्ना दिइरहेका छन् ।
हुम्ला जिल्लाबाट प्रतिनिधि तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने नव निर्वाचित सदस्यहरूको घोषणा र प्रमाणपत्र वितरण गर्ने कार्य भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक कार्यक्रम आयोजना गरेर सो कार्यक्रम गरेको हो ।
इलाम – १ को प्रदेश सभा ‘क’ मा प्रदेश १ की संस्कृति तथा पर्यटनमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)की नेतृ खिनु लङ्वा (लिम्बू) विजयी हुनुभएको छ ।
वर्षौंदेखि निर्माणाधीन अवस्थामा रहेको पश्चिम नवलपरासीको हुलाकी सडकको गोपीगञ्ज त्रिवेणी खण्ड अहिले अस्तव्यस्त छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये १५६ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । पाँच शीर्ष नेता एवम् पूर्वप्रधानमन्त्री मध्ये चार निर्वाचित भइसक्नुभएको छ भने एक जना जितको लागि संघर्ष गर्दै हुनुहुन्छ ।
गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो बनेको छ । जिल्लाका दुवै प्रतिनिधि सभाको समानुपातिक तर्फको मतगणना सकिदा घण्टी चुनाव चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो बनेको हो ।
वि.सं. २०६४ सालमा पहिलो संविधानसभाको निर्वाचनदेखि जनार्दन शर्माले चौथौं पटक विजय हुनुभएको छ । वि.सं. २०४८ सालमा पहिलो पटक निर्वाचनमा उठेका उहाँ साेबेला कांग्रेस नेता गोपालजिजङ् शाहसँग पराजित हुनुभएको थियो ।
सिनेमा र रङ्गमञ्चमा धेरै रुचाइएका कलाकारहरू वास्तविक चुनावी रङ्गमञ्चमा अस्वीकृत हुनुभएका छन् । चुनावमा उम्मेदवारी दिनुभएका प्रायः कलाकारहरूको पराजय हुँदा प्रदेशसभामा एकजना विजय हुनुभएको छ ।
माओवादीको सदस्यता लिएको आरोपमा पक्राउ परेर चरम यातनापछि मर्यो भनेर छाडिएका चिन्तामणि भट्ट अहिले गाउँका अगुवा किसान बन्नुभएको छ ।
सरकारले आगो बालेर घरभित्र बस्दा झ्याल ढोका खोलेर बस्न आग्रह गरेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले सूचना जारी गर्दै देशैभरी चिसो बढ्दै गएकाले घरभित्र आगो बालेर बस्दा झ्याल ढोका खोलेर बस्न आग्रह गर्नुभएको हो ।