शेरबहादुर राईओखलढुङ्गा, भदौ २९ गते । ओखलढुङ्गामा पाँच जनाले नेपाली नागरिकता त्यागेका छन् । जिल्लामा पाँच वर्षको अवधिमा पाँच जनाले नेपाली नागरिकता त्यागेका हुन् ।जिल्ला प्रशासन कार्यालय, ओखलढुङ्गाको तथ्याङ्कअनुसार २०७४ साल यता पाँच जनाले नागरिकता त्याग्नुका साथै सात जनाको नागरिकता रद्ध गरिएको छ । हालसम्म दुई महिला र तीन पुरुषले नागरिकता त्यागेको सहायक प्रमुख जिल्ला अधिकारी सन्ध्या सिग्देलले जानकारी दिनुभयो । विभिन्न देशमा गएर उतैको नागरिक भएका अधिकांशले नेपाली नागरिकता त्यागेको सिग्देलको भनाइ छ । दोहोरो नागरिकता लिएका तथा गलत विवरण भरिएका नागरिकताहरु पनि रद्ध गरिएको जिल्ला प्रशासन कार्यालय, ओखलढुङ्गाले जनाएको छ ।
पौडी छनोट खेलका लागि तयारी अवस्थामा रहेको देशकै दोस्रो ठूलो पौडी पोखरी । तस्विर - सिराज खान । नेपालगञ्ज
सप्तरी जिल्लाकाे तिलाठी कोईलाडी सीमामा पर्ने दशगजा क्षेत्रमा एकजनाको लास फेला परेको छ ।
चितवन प्रहरीले धारिलो हतियार देखाई दिनदहाडैं डाँका गर्ने एक जनालाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नवराज अधिकारीका अनुसार नवलपरासी सुस्ता पूर्व (नवलपुर) घर भई हाल भरतपुर १६ मा बस्दै आएका मिनमान सुनारलाई डाका अभियोगमा पक्राउ गरेको हो ।
चिरिच्याट्ट परेको जिउ डाल । लामो पुच्छर जस्तो देखिने प्वाँख । कमलको पातमाथि क्याट–वाक गर्दै हिँडेका अप्सरा जस्तै देखिने अति सुन्दर चरा । ‘जल अप्सरा (पिजन्ट टेल्ड ज्याकाना)’ लाई देखेपछि जो सुकैलाई पनि मोहित बनाउँछ । अहिले प्रजनन्को समय भएकाले प्रकृतिले अझ सिङ्गारिएको हुन्छ ।
प्रतिनिधिसभाको आज बिहान ११ः०० बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश १ बजे बस्ने भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जारी गरेको सूचनामा विशेष कारणवश बैठक १ बजे बस्ने उल्लेख छ ।
नेपाली छोटो चलचित्र ‘सर्भाइभल–लिभिङ थ्रु कोभिड’ ले युरोपेली मुलुक इटलीमा आयोजना गरिएको ‘अल्बोरी सोलप्लेस फिल्म फेस्टिभल’ महोत्सवमा पुरस्कार हात पार्न सफल भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सोलुखुम्बुले आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार सिफारिस गरेको छ ।
नरभक्षी चितुवालाई स्थानान्तरणका लागि तल्लो स्वराड क्षेत्रका वन जङ्गलमा राखिएका फलामे पिँजडा अलपत्र परेका छन् । बैतडीमा चितुवाले ११ वर्षमा २५ जनाको ज्यान लिइसकेको छ ।
मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घासदेखि सिमलटारी सडकखण्डमा पुल नहुँदा खोला मार्गमा परिणत भएको छ । सदरमुकाम तम्घासदेखि सिमलटारीसम्म २८ किलोमिटर कालोपत्रे रहेको मदन भण्डारी राजमार्ग छ ।
मङ्सिर ४ गते हुने निर्वाचनका लागि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार सिफारिस हुनुभएको छ ।
विज्ञान र प्रविधिमा सामाजिक सञ्जालनकाे प्रयोग बढेसँगै साइबर अपराध पनि बढेको छ । ठगी गर्ने मनसायले सामान्य कुरा गर्ने र भिडियो कल गर्ने, त्यसपछि अश्लील दृश्य मिसाएर ब्ल्याक मेल गर्ने गरेको पाइएको छ ।
धनुषाको शहीद नगरपालिका–३, पुलचौकमा एक महिलाको शव फेला परेको छ । पुलचौकस्थित नहर नजिक रहेको झाडीमा मङ्लबार विहान अन्दाजी २५ वर्षीया महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरीक्षक हरिविष्णु ढकालले बताउनुभयो ।
नेकपा (एमाले) का अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल जनताको साथ लिएर आफनै बलवुतामा एक्लै चुनाव लडने बताउनुभएको छ । एमाले धनुषाद्वारा सोमबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
छिमेकी मुलुक चीनका राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु तीनदिने औपचारिक नेपाल भ्रमणका क्रममा सोमबार नेपाल आउनुभएकाे छ ।