• १३ साउन २०८१, आइतबार

युवा तथा खेलकुद मन्त्री गहतराज बाँके क्षेत्र नम्बर १ बाट सिफारिस

blog

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, तस्विर - सिराज खान

सिराज खान

नेपालगञ्ज, भदौ २८ गते । मङ्सिर ४ गते हुने निर्वाचनका लागि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार सिफारिस हुनुभएको छ । 


नेकपा माओवादी केन्द्र बाँके क्षेत्र नम्बर १ ले मन्त्री गहतराजलगायत ७ जनालाई बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको उम्मेदवार सिफारिस गरेको हो । मन्त्री गहतराज २०७४ सालको निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । 

उहाँसँगै बाँके क्षेत्र नं १ को प्रतिनिधिसभाका उम्मेदवारका लागि सिफारिस हुने अन्य नेताहरूमा अशोक रोकाया, प्रयत्न केसी, नरेश पौडेल, कृष्णा केसी, चन्द्रकान्त र नरेन्द्र न्यौपाने रहनुभएको नेकपा माओवादी केन्द्र बाँकेका संयोजक डम्बर विकले बताउनुभयो । 


तीन वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा गठबन्धनबाट क्षेत्र नम्बर १ माओवादीले, क्षेत्र नम्बर २ जनता समाजवादी पार्टीले र क्षेत्र नम्बर ३ नेपाली काँग्रेसले पाउने सम्भावना प्रबल छ । 


क्षेत्र नम्बर १ माओवादी केन्द्रले पाउने देखिएकाले नै उम्मेदवारका आकाङ्क्षीहरू पनि बढी देखिएका हुन् ।