• १३ साउन २०८१, आइतबार

दशगजा क्षेत्रमा एक जनाको लास फेला

blog

साङ्केतिक तस्बिर

ललिता साह
वोदेवसाईन, भदौ २९ गते । सप्तरी जिल्लाको  तिलाठी कोईलाडी सीमामा पर्ने दशगजा क्षेत्रमा एकजनाको लास फेला परेको छ ।
बुधवार जिल्ला प्रहरी कार्यालय टोलीद्वारा राजविराज भन्सार नेपाल भारत सीमाको दशगजामा २० किलोमिटर दक्षिणतिर अहिलेसम्म नाम, ठेगाना नखुलेको पडाडी मूलको देखिने मृत अवस्थामा अन्दाजी ४० वर्षीय एक पुरुषको बेवारिसे लास भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले बताउनुभयो ।

शरीरमा कुनै प्रकारको बाहिरी चोटपटक नदेखिएको अवस्थामा देखिएको लासको पोष्टमार्टमको लागि गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ भने भेटिएको लासबारे थप खोजी कार्य जारी रहेको प्रवक्ता काफ्लेले भन्नुभयो ।