दाङको अर्जुन खोलामा ड्याम बाँधेर सरोवरको रुपमा विकास गर्ने योजना जति चर्चा भए पनि कामको सुरुवात हुन सकेको छैन । लमही नगरपालिका र यस क्षेत्रका अगुवाको पहलमा अर्जुन क्षेत्रको रुपमा विकास गर्ने गरी प्रारम्भिक स्थलगत अध्ययन पनि भएको छ ।
‘अभिव्यक्ति’ द्वैमासिक साहित्यिक पत्रिकाको निमन्त्रणामा छ दिने नेपाल भ्रमणमा आएका सातजना बङ्गलादेशी साहित्यकारको टोली आज स्वदेश फर्किएका छन् ।
पछिल्लो डेढ महिनामा पाँच जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ। इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कीटजन्य रोग प्रमुख डा. गोकर्ण दाहालले डेढ महिनामा डेंगु सङ्क्रमणका कारण पाँच जनाको मृत्यु भएको बताउनुभयो ।
महोत्तरीको बर्दिवास नगरपालिका – ५ बेलगाछीस्थित पूर्वपश्चिम लोकमार्गको जङ्गली क्षेत्रमा आइतबार मध्यराततिर सवारी दुर्घटना हुँदा ५ महिलासहित १५ जना यात्रु घाइते भएका छन् ।
पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका – ५ स्थित सोमबार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००२ प ३९९३ नम्बरको मोटरसाइकलले कुकुरलाई बच्चाउने क्रममा आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।
सदगुरू ( जग्गी वासुदेव ) ले सिमकोट विमानस्थलमा धार्मिक पर्यटक र सर्वसाधारणका लागि प्रवचन दिनुुभएको छ । लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गरेर फिर्ता हुने क्रममा उहाँले सो प्रवचन दिनुु भएको हो ।
चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको बझाङको दुर्गम साईपाल गाउँपालिकामा सिटामोललगायतका औषधिहरुको अभाव भएको छ । गत वर्षमा खरिद गरिएका औषधिहरुको मौज्दात सकिएपछि गाउँपालिकाको काडा स्वास्थ्य चौकीमा औषधि अभाव भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलक्षित यातायात सुरक्षा असोज १ गतेदेखि लागू हुने जनाएको छ । चाडपर्व प्रत्येक वर्ष आउने भएकाले यात्रु सहजताका लागि ट्राफिक प्रहरी सदैव तयार रहने गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताउनुभयो ।
बाँकेका उर्दु साहित्यकारहरुको साझा संगठन गुलजार ए अदबले निरन्तर उर्दु मुशायरा र अन्य साहित्यिक गतिविधि गर्दै आएको छ ।
नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन पर्यटकीय हिसाबले पनि निकै चर्चित ठाउँ हो । यहाँ आन्तरिकसँगै बाह्य पर्यटकको समेत आगमन हुने गर्छ । विदेशी पर्यटक वर्षको दुई पटक यहाँ आउने गर्छन् भने आन्तरिक पर्यटक बाह्रै महिना पुग्ने गर्छन् ।
सरकारले अल्पसङ्ख्यक जातीय समूहमा राखेको राई जातिभित्रको कुलुङलाई जनजाति समूहमा सूचीकृत गर्ने प्रक्रिया सुरु भएको छ । स्थानीय तहको अधिकारलाई प्रयोग गर्दै कुलुङ समुदायको जनघनत्व रहेको सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले कार्यपालिका बैठकबाट जनजाति समूहमा सूचीकृत गरेको हो । हालै बसेको गाउँ कार्यपालिका बैठकले कुलुङलाई जनजातिमा सूचीकृत गरेको हो ।
पपुवा न्युगिनीमा आइतबार बिहान ७:४६ बजे ७.६ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र (सिईएनसि) ले जनाएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शुले भोलि सोमबारदेखि नेपालको औपचारिक भ्रमण गर्ने हुनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशको आर्थिकस्थिति बलियो बनाउन लागि कृषिमा आधारित उद्योगहरुको विकास गर्नुपर्ने बताउनुभएको छ ।
संयुक्त अधिराज्य (बेलायत) का महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा भदौ २३ गते निधन भएकोमा नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ । सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भदौ २४ गते बसेको मन्त्रिपरिषद्को बैठक सार्वजनिक गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।