• १३ साउन २०८१, आइतबार

बर्दिवासमा बस दुर्घटना हुँदा १५ घाइते

blog

रवीन्द्र उप्रेती 

बर्दिबास, भदौ २७ गते । महोत्तरीको बर्दिवास नगरपालिका – ५ बेलगाछीस्थित पूर्वपश्चिम लोकमार्गको जङ्गली क्षेत्रमा आइतबार मध्यराततिर सवारी दुर्घटना हुँदा ५ महिलासहित १५ जना यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये धरान ११ का इन्द्रा तामाङ्गलाई काठमाडाैँ रेफर गरिएको बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालले जनाएको छ । उहाँको दाहिने हात र खुट्टामा गम्भीर चोट लागेको छ । 

धरानबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९६६ नम्बरको बस लोकमार्गको दायाँतिर करिब १० फिट तल खसेर दुर्घटना भएको थियो ।

जीर्ण सडकका कारण बस अनियन्त्रित भएर पल्टेको जिल्ला ट्राफिक कार्यालय बर्दिवासको प्रारम्भिक अनुमान छ । ट्राफिक प्रमुख उदयसिंह सिंजापतिका अनुसार जीर्ण सडक मर्मत नहुँदा उक्त क्षेत्रमा बारम्बार दुर्घटना हुने गरेको छ । 

दुर्घटनालगत्तै हेटौंडा – १३ निवासी बसचालक जीतबहादुर थिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।