पाल्पामा पहिलो पटक रातो च्याउ (गानोडोर्मा) को व्यवसायिक उत्पादन तथा विक्री सुरु भएको छ । भैरव च्याउ उद्योग प्रालिले रातो च्याउको उत्पादन गरी विक्री सुरु गरेको हो । पाल्पाका २० जना युवा मिलेर पहिलो पटक गानोडोर्माको व्यावसायिक उत्पादन सुरु गरेको प्रालिका अध्यक्ष केशव कार्कीले बताउनुभयो ।
राप्ती नदीको बगरमा घाँस भएकाले किसानहरु झोलुङ्गे पुल तरेर त्यहाँ पुग्छन् तर भैँसी झोलुङ्गे नदीमा डुबुल्की मार्दै पुग्छन् । दाङको लमही नगरपालिका वडा नम्बर ६ मध्यनगर, कश्यपुर, खैरी, ढिकपुरको हो ।
पूर्वी नवलपरासीको कावासोतीमा रहेको जटायु रेष्टुरेन्टमा २३७ गिद्ध गणना गरिएको छ । नेपालमा पाइने नौ प्रजातिको गिद्ध मध्ये कावासोतीको पिठौलीमा रहेको जटायु रेष्टुरेन्टमा आठ प्रजातिको गिद्ध अवलोकन गर्न सकिन्छ । तर मौसमका कारण अहिले चार प्रजातिको गिद्ध अवलोकन गर्नु सफल भएको जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिका संयोजक डिवी चौधरीले बताउनुभयो ।
नेकपा (एमाले) बाँकेले जिल्लाका तीन वटै सङ्घीय निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।
संयुक्त राज्य अमेरिकाका कार्यवहाक मुख्य उपसहायक मन्त्री एलिजावेथ होर्स्ट नेपाल आइपुग्नु भएको छ ।
दास प्रथाको अवशेषको रुपमा रहेको हलिया प्रथा अन्त्य भएको घोषणा भएको १४ वर्ष पूरा भएको छ । सरकारले वि.सं. २०६५ साल भदौ २१ मा १२ वटा जिल्लाहरुमा बधुवा मजदुरका रुपमा रहेका हलियाहरुको मुक्तिको घोषणा गरेको थियो । तर हलिया मुक्तिको १४ वर्ष पूरा भएको भए पनि अझैँसम्म मुक्त हलियाहरुको जीवनस्तरमा सुधार आउन सकेको छैन ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धनबीच भोलि सिट बाँडफाँटको टुङ्गो लाग्ने बताउनुभएको छ । प्रेस सेन्टर, नेपालले आज धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा उहाँले शीर्ष नेताहरु बसेर भोलि सिट बाँडफाँटलाई अन्तिम टुङ्गोमा लगाउने बताउनुभएको हो ।
तानसेन नगरपालिका ४ सिल्खानटोलमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । खोटाङ जन्तेढुङगा गाउपालिका ३ घर भएका ३४ वर्षका महेश राईको घर बनाउने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–४ जैसिथोक निवासी ४२ वर्षका मानबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले जानकारी दिनुभयो ।
आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सोलुखुम्बुबाट अधिकांश दलले प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरेका छन् । नेपाली काँग्रेस सोलुखुम्बुले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ केन्द्रीय सदस्य आङगेलु शेर्पाको एकल नाम सिफारिस गरेको छ । यस्तै, समानुपातिकतर्फ केन्द्रीय सदस्य बलबहादुर केसीसहित आठ जनाको नाम सिफारिस गरेको जिल्ला सभापति नाम्गेलजाङबु शेर्पाले जानकारी दिनुभयो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले बाँकेमा एकै दिन चारवटा पक्की पुल निर्माणको शिलान्यास गर्नु भएको छ । मन्त्री राईले सोमबार बाँकेको डुडुवा गाउँपालिकाको डुडुवा नदीमा चार वटा स्थानमा पक्की पुल निर्माणका लागि शिलान्यास गर्नुभएको हो ।
र्लाहीको क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको एकल नाम सिफारिस भएको छ । सोमबार बिहान बसेको नेपाली कांग्रेस क्षेत्रीय कार्य समितिको बैठकले मङ्सिर ४ का लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनमा थापाको एकल नाम सिफारिस भएको हो । वि.सं. २०७० र ०७४ सालमा लगातार दुई पटक यो क्षेत्रबाट कांग्रेसका डा. अमरेशकुमार सिंह निर्वाचित हुनुभएको थियो ।
स्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा हनुमानढोका दरबार स्क्वायर र स्वयम्भूबीच निर्माण हुने सम्पदामार्ग विश्व पर्यटनकै नमूना बन्ने बताउनुभएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङका दुई वटै निर्वाचन क्षेत्रबाट सिफारिस हुनुभएको छ । मन्त्री पौडेल गत निर्वाचनमा बागलुङ क्षेत्र नम्बर – २ बाट निर्वाचित हुनुभएको थियो । उहाँको स्थायी घर बागलुङ क्षेत्र नम्बर– १ मा पर्दछ ।
नेपाली काँग्रेस ताप्लेजुङले प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि काँग्रेसले प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरुको नाम सिफारिस गरेको हो ।