• १३ साउन २०८१, आइतबार

तानसेनमा करेन्ट लागेर एकजनाकाे मृत्यु

blog

बिन्दु थापा

तानसेन, भदौ २१ गते । तानसेन नगरपालिका -४ सिल्खानटोलमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । खोटाङ जन्तेढुङगा गाउँपालिका ३ घर भएका ३४ वर्षका महेश राईको घर बनाउने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । 

तानसेन ४ झविन्द्र देवकोटाको घर बनाउने क्रममा अचानक करेन्ट लागेका राईलाई उपचारको लागि युनाइटेड अस्पतालमा लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राईको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।  अनुसन्धान गरिने प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।