• १३ साउन २०८१, आइतबार

बुधबार सिट बाँडफाँट टुङ्गोमा लाग्ने

कांग्रेस ८०, माओवादी ६० सिटमा थपघट हुने : अध्यक्ष प्रचण्ड

blog

अविनाश चौधरी

धनगढी, भदौ २१ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धनबीच भोलि सिट बाँडफाँटको टुङ्गो लाग्ने बताउनुभएको छ । 

प्रेस सेन्टर, नेपालले आज धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा उहाँले शीर्ष नेताहरू बसेर भोलि सिट बाँडफाँटलाई अन्तिम टुङ्गोमा लगाउने बताउनुभएको हो ।

‘सिट सङ्ख्या क्षेत्र र प्रदेशमा एकैचोटी टुङ्ग्याउने भनेर लागिपरेका छौँ’, उहाँले भन्नुभयो, ‘भोलिसम्म शीर्ष तहमा बसेर त्यसलाई अन्तिम रूप दिने कुरा छ ।’ 

नेपाली कांग्रेसले प्रतिनिधिसभामा १०० सिट मागे पनि ८० को वरिपरिमा सकारात्मक रहेको उहाँको भनाइ छ । त्यस्तै, माओवादी केन्द्रले ६० सिटको दाबी गरेअनुसार वरिपरिमै सिट मिल्ने आफूले विश्वास गरेको उहाँले बताउनुभयो । 

यसैगरी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले २५ / २५ वटा सिट दाबी गरे पनि सबैलाई मिलाइने उहाँको भनाइ छ ।