कपिलवस्तुको पर्यटकीयस्थल अरौराकोट संरक्षणको पर्खाइमा रहेको छ । कनकमुनि बुद्धले आफ्नो बाल्यकाल तथा वैवाहिक जीवन व्यतीत गरेको ठाउँ अरौराकोट संरक्षणको पर्खाइमा रहेको हो । कनकमुनि बुद्धको जन्मस्थल निगालीकोटबाट करिब डेढ किलोमिटरको दुरीमा यो स्थान रहेको छ ।
काठमाडौँ महानगरपालिकाले दशैँ पर्वका समयमा सहरी सरसफाई र फोहोर व्यवस्थापनलाई नियमित गर्ने योजना बनाएको छ । वातावरण तथा कृषि विभागका प्रमुख सरिता राईकाअनुसार कर्मचारीको विदा, पर्वमा उत्पादन हुने फोहोरको प्रकृति र ल्याण्डफिल साइटका स्थानीयको मागलाई व्यवस्थापन गर्दै फोहोर संकलन, ढुवानी र अन्तिम विसर्जनको काम नियमित गर्ने योजना बनाइएको हो ।
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा वाड नम्बर – ३ ठाडामा रहेको डमरु दहमा डुबेर एक व्यक्तिको आइतबार मृत्यु भएको छ । शितगंगा – ३ दह निवासी ३७ वर्षीय खिमबहादुर नेपालीको डुबेर मृत्यु भएको हो ।
जिल्लाको सन्धिखर्क नगरपालिका ९ नौलापानीस्थित थेरवाङको सिँचाइ पोखरीमा २७ वटा बाँदर मृत भेटिएका छन् । जंगलको बीचमा रहेको पोखरीमा मृत अवस्थामा २७ बाँदर भेटिएको डिभिजन वन कार्यालयका फरेष्टर दिपक पाण्डेले बताउनुभयो ।
नवीन शिशिर विक बागलुङ, असोज १५ गते । बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटको कुमार राना तीन वर्ष अघि वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो । विश्वव्यापी फैलिएको कोरोनाको कारण उहाँले वैदेशिक रोजगारी गुमाउनुभयो । कामविहीन भएपछि उहाँ नेपाल फर्कन बाध्य हुनुभयो । नेपाल फर्के पनि उहाँ बेरोजगार नै बस्नुपर्यो । गाउँघरमा रोजगारका अवसर प्राप्त नभएपछि उहाँले फेरि विदेश जाने योजना बनाउँदै हुनुहुन्थ्यो । तर गाउँपालिकाले रानालाई स्वरोजगार बन्ने अवसर दिएको छ । महामारीको समयमा रोजगारी गुमाएर घर फर्किएकालाई गाउँपालिकाले साथ दिएपछि रानाले गाउँमै व्यवसायी बन्ने अवसर पाउनुभएको हो । कोरोना महामारीको समयमा वैदेशिक रोजगारी गुमाएकाहरूका लागि गाउँपालिकाले अटो–रिक्सामा अनुदान दिएपछि रानाको व्यवसायी बन्ने बाटो खुलेको हो ।गाउँपालिकाभित्रै चल्ने गरी गाउँपालिकाले दुई जना युवालाई ७५ प्रतिशत अनुदानमा अटो–रिक्सा उपलब्ध गराएको छ । चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रममा नै महारीमा रोजगारी गुमाएकालाई अटो–रिक्सा अनुदान दिने कार्यक्रम गाउँपालिकाले बनाएको थियो । गाउँपालिकाले धुल्लुबास्कोटका कुमार र होमबहादुर रानालाई अनुदानको रिक्सा उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । गाउँपालिकाले अनुदानमा उपलब्ध गराएका अटो–रिक्सा गाउँपालिकाभित्रका मुख्य बजार र बस्तीहरूमा चल्नेछन् । ‘युवालाई स्वरोजगार बनाउने र ग्रामीण बस्तीमा सहज यातायात सेवा पुर्याउने दुवै योजना हो’’ अध्यक्ष शर्माले भन्नुभयो–‘हामीले सबै नागरिकको हित हुने क्षेत्रमा नै लगानी गरेका छौँ ।’पर्याप्त सवारीसाधनको अभावमा बरेङ गाउँपालिकाका गाउँहरूमा छोटो दुरीको यात्रामा सर्वसाधारणले सवारी साधन नपाउने समस्या थियो । भाडादर गाउँपालिकाले तोकेर अटो–रिक्सा सञ्चालनमा ल्याएपछि सबै सर्वसाधारणलाई आवतजावतमा सहज हुने शर्माले बताउनुभयो । अनुदानमा अटो–रिक्सा वितरणका लागि गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेको थियो । वडा कार्यालयको सिफारिस, वैदेशिक रोजगारमा बिताएको समय, कोभिड–१९ का कारण प्रभावित भई उपचार गरेको प्रमाण, १८ देखि ४० वर्ष भित्रको उमेर समूह, अशक्त भई अन्य पेसा व्यवसाय गर्न नसकेकोलगायतका मापदण्डका आधारमा उहाँहरूलाई अनुदान उपलब्ध गराएको शर्माले बताउनुभयो । गाउँपालिकाले निर्धारण गरेको रुटमा अटो सञ्चालन हुनेछन् । खरिदमा मात्रै अनुदान दिइएकाले गाउँपालिकासँग भएको सम्झौताका आधारमा अटो–रिक्सा सञ्चालन, मर्मत र इन्धनको व्यवस्थापन अटो–रिक्सा सञ्चालक आफैँले गर्नुपर्नेछ । पाँच लाख ८९ हजार नौ सय पर्ने अटो–रिक्साको लागि व्यवसायीले एक लाख ४७ हजार ४७५ र बाँकी रकम गाउँपालिकाले भुक्तानी गरेको छ ।अटो–रिक्सा हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष । नवीन शिशिर विक
नवीन सुवेदीसुर्खेत, असोज १५ गते । कर्णालीमा चाडपर्वका बेलामा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेशभर चार हजार १४१ जना प्रहरी परिचालन गरिएको छ भने सुर्खेतमा तालिम प्राप्त कुकुर परिचालन गरिएको छ ।कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी माधवप्रसाद श्रेष्ठका अनुसार सुर्खेतमा सुरक्षा व्यवस्थालाई कडा पार्न दुई वटा तालिम प्राप्त कुकुर सुर्खेत ल्याइएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा आपराधिक क्रियाकलाप बढी हुने गरेका छन् भने लागूऔषध कारोबार पनि धेरै हुने गरेको प्रहरीको निष्कर्ष छ । सोही कुरालाई विचार गरेर एउटा लागू औषध .सम्बन्धी र एउटा विस्फाेटक पदार्थ, हातहतियारसम्बन्धी चेकजाँच गर्ने कुकुर ल्याइएको श्रेष्ठले बताउनुभयो । कर्णालीको प्रवेशद्वार भनेको बबई, छिन्चु हो ।चाडपर्वको समयमा कुनै हातहतियारहरू, विस्फोटक पदार्थ र लागूऔषध कारोबार हुन्छ कि भनेर पूर्व तयारीस्वरुप कुकुर परिचालन गरिएको छ । शुक्रबार छिन्चु कोहलपुर–सुर्खेत वीरेन्द्रनगर, सल्यान, जाजरकोट जाने सवारी साधनको चेकजाँच गरिएको थियो भने शनिबार राजधानी वीरेन्द्रनगरमा कुकुर ल्याइएको छ । प्रवक्ता श्रेष्ठका अनुसार सुर्खेत बाहेक अन्य जिल्लामा कुकुर परिचालन गरिने छैन । अन्य जिल्लाहरूमा सुरक्षा व्यवस्थालाई कडा पार्नका लागि प्रहरी परिचालन गरिएको छ ।दसैँको समयमा कसैले हातहतियारहरू, विस्फाेटक पदार्थहरू ओसारपसार हुन सक्छ कि भनेर कुकुर परिचालन गरिएको उहाँले बताउनुभयो ।
नारायणी नदी किनारलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीयस्थल बनाउन तीन मन्त्रालयले काम सुरु गरेका छन् । भरतपुर महानगरपालिकाले तयार गरेको गुरुयोजनाअनुसार समन्वयात्मक रुपमा तीनवटै योजनाको काम अघि बढेको हो ।
पछिल्ला वर्षमा कृषि क्षेत्रमा युवाको आकर्षण बढ्दै गएको छ । स्वदेशमै रहेका वा विदेशबाट फर्किएका युवा पनि कृषि उद्यमलाई प्राथमिकतामा राखेर मेहनत गरिरहेका छन् । कृषिमा सम्भावना देखेर सिन्धुपाल्चोकको भोटेचौरमा २५ युवाको समूहले व्यावसायिक रुपमा अग्र्यानिक कृषि फार्म सञ्चालन गरिरहेका छन् ।
मनोजरत्न शाही/केशब गुरुङ्ग काठमाडौँ, असोज १४ गते । हिन्दुहरूको पर्व विजयादशमी नजिकिएसँगै आफन्तजनको हातबाट टीका थाप्नका लागि घर जानेहरूको लर्को लाग्न थालेको छ । यो सातादेखि काठमाडौँ उपत्यकाबाट दैनिक सयौँको सङ्ख्यामा घर जाने गरेका छन् ।
गीतकार तथा ललितपुर महानगरपालिकाका वडा नम्बर १६ का वडा अध्यक्ष निर्मलरत्न शाक्यको ‘लिक्क वयाः’ नामको म्यूजिक भिडियोको प्रिमियर शो भएको छ ।
बर्दिबासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले आयोगको ३२ औँ वार्षिक प्रतिवेदन मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रलाई बुझाएको छ । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगका बर्दिबासस्थित कार्यालय प्रमुख गोपालकुमार अधिकारीले मिश्रसमक्ष आव ०७८/०७९ को प्रतिवेदन पेस गर्नुभएको हो ।
नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले आफ्नो वार्षिक जर्नल विमोचन गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको उपस्थितिमा आफ्नो वार्षिक जर्नल ‘अर्थचित्र’ विमोचन गरेको हो । विमोचित जर्नल आत्मनिर्भर अर्थतन्त्र विषयमा केन्द्रित रहेको छ ।
दशैँ सुरु भए पनि पशुपालक कृषकले उत्पादन गरेका खसी बोका बिक्री नहुँदा चिन्तित बनेका छन् । स्थानीय उत्पादन भएका खसी बोका बजारीकरण नहुँदा फर्म सञ्चालन गरेका र घरायसी रुपमा बाख्रा पालेका व्यावसायी मर्कामा परेका हुन ।
गुल्मीको मुख्य बजार र जिल्ला प्रशासन कार्यालयको गेटमा भुस्याहा कुकुरको आतङ्क बढेको छ । बजारमा भुस्याहा कुकुरको आतङ्क हुँदा समेत यसको नियन्त्रण र व्यवस्थापनमा सरोकारवाला कसैको ध्यान जान सकेको छैन ।
रेबिजविरुद्धको खोप पर्याप्त मात्रामा भए पनि बिरामीको हेलचेक्राइँले गर्दा १० वर्ष अघिको तुलनामा रेबिज लागेर घट्नुको साट्टो बढ्दै गइरहेको छ ।