• १३ साउन २०८१, आइतबार

दुर्घटनामा एकको मृत्यु

blog

माला कर्ण

कल्याणपुर, भदौ २७ गते । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका – ५ स्थित सोमबार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । 

पूर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००२ प ३९९३ नम्बरको मोटरसाइकलले कुकुरलाई बच्चाउने क्रममा आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक जिल्ला सप्तरी बोदेबर्साइन नगरपालिका –२ का मोहनकुमार यादवलाई केही नभएको र पछाडि सवार यादवको ४५ वर्षीय अञ्जनादेवी यादव घाइते भई उपचारका लागि युनिक अस्पताल रुपनीमा लगेर उपचार गर्न लाग्दा मृत्यु भइसकेको प्रहरीले जनाएको छ । 

मृतकको शव कानुनबमोजिम मुचुल्का र पोष्टमार्टमपछि परिवारजनलाई बुझाउने तयारी गरिरहेको र थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।