• १३ साउन २०८१, आइतबार

दिनदाहाडै डाँका गर्ने प्रहरी नियन्त्रणमा

blog

शान्ता अधिकारी

चितवन, भदौ २९ गते । चितवन प्रहरीले धारिलो हतियार देखाई दिनदाहाडैं डाँका गर्ने एक जनालाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नवराज अधिकारीका अनुसार नवलपरासी सुस्ता पूर्व (नवलपुर) घर भई हाल भरतपुर १६ मा बस्दै आएका मिनमान सुनारलाई डाका अभियोगमा पक्राउ गरेको हो । 

सुनार गत आइतबार १ः१५ बजेको समयमा भरतपुर महानगरपालिका-४ फनपार्क नजिकै रहेको नारायणी मनि ट्रान्सफरमा धारिलो हतियारसहित छिरेर डाँका गरी फरार भएका थिए ।

 फरार सुनारलाई २४ घण्टा पछि सोमबार १ः३० बजे भरतपुर १० चौबिसकोठीबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

नवलपुर घर बताउने सुनार हाल भरतपुर १६ मा बस्दै आएको र बा.प्र. ०३–००१ ह १२६३ नम्बरको अटो चालक समेत हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुुसार मनि ट्रान्सफरमा कार्यरत कर्मचारीले दिएको हुलिया, सीसी टिभी फुटेज र अटोको रंगको आधारमा खोजतलासको क्रममा निजलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।