• १३ साउन २०८१, आइतबार

धनुषामा एक महिलाको शव फेला

blog

विजयकुमार साह 

ढल्केवर, भदौ २८ गते । धनुषाको शहीद नगरपालिका–३, पुलचौकमा एक महिलाको शव फेला परेको छ । पुलचौकस्थित नहर नजिक रहेको झाडीमा मङ्लबार बिहान अन्दाजी २५ वर्षीया महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरीक्षक हरिविष्णु ढकालले बताउनुभयो । 


परिचय खुल्न नसके पनि हरियो साडी लगाएका र मधेसी मुलको महिला हुनसक्ने अनुमान गरिएको उहाँ जानकारी दिनुभयो । शव फेला परेको स्थानलाई सुरक्षा घेरा हाली घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ढकालले बताउनुभयो ।