जुम्लामा सञ्चालित दर्जनभन्दा बढी आयोजना अलपत्र परेका छन् । स्थानीय तह र सरकारी कार्यालयद्वारा सञ्चालित आयोजना अलपत्र परेका हुन् । पातारासीको हाइअल्टिच्युट ट्रेनिङ सेन्टर, जग्गा विवादले लुमको पक्की पुल, गुठीचौरमा पुल सम्पन्न भए पनि पालिकाले चासो नदिँदा पुल प्रयोगविहीन, सिँजाको जाँचमा निर्माण भएको पुल प्रयोगविहीन तथा नाग्म–गमगढी सडकको बालुवाखोला र गुठीजिउलामा पक्की पुल निर्माण अलपत्र परेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
नारायण नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले नारायण नगरपालिकामा शुद्ध पिउने पानी वितरण गरेबापत उपभोक्ताबाट एक करोड रुपियाँ असुल गर्न सकेको छैन । खानेपानीको प्रयोग गरेबापत सरकारी, गैरसरकारी सङ्घ संस्था, सर्वसाधारण उपभोक्ताले बर्सौंदेखि महसुल नतिरेका कारण बक्यौता रकम बढ्दै गएको छ ।
बागलुङ नगरपालिका–४, कुँडुले फेदीस्थित रङ्गवैकटेश मुक्तिनारायणको मन्दिरपरिसरमा रहेको शालिग्राम सङ्ग्रहालयमा भारतीय पर्यटकको सङ्ख्या बढ्दो छ । सुरुङभित्र गुफा निर्माण गरी सङ्गृहीत गरिएका सवा लाख शालिग्राम शिलाको अवलोकन तथा दर्शन गर्न आउने धार्मिक पर्यटकमध्ये भारतीयको सङ्ख्या बढ्दो छ । शालिग्राम शिलालाई भगवान् विष्णुको प्रतीकका रूपमा पुजिन्छ । शालिग्रामको सान्निध्यमा आउन
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा तीन वर्षअघि निर्माण सम्पन्न भएको बसपार्क अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । करिब तीन करोड रुपियाँको लागतमा सहरी विकास मन्त्रालयको सहरी तथा भवन कार्यालय चितवनले निर्माण गरेको यो बसपार्क रामग्राम नगरपालिका–४ मा अवस्थित छ । भौतिक पूर्वाधार तयार भएर पनि सञ्चालनमा नआउँदा स्थानीय बासिन्दा, यातायात व्यवसायी र यात्रु समस्यामा परेका छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।
चितवनको भरतपुरमा गएराति भएको सवारी दुर्घटनामा एक जना चिकित्सकको मृत्यु भएको छ ।
सुदूरपश्चिमेलीको मुख्य पर्व गौराअन्तर्गत शनिबार तेस्रो दिन व्रतालु महिलाहरूले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अर्थात् ‘ठूली गौरा’ भनिने आजको दिनलाई व्रतालु महिलाहरूले विशेष दिनको रूपमा लिने गरेका छन् ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा दोस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता हुने भएको छ । गाउँपालिका–१ कालिखोलामा अवस्थित तिम्बुङ पोखरीमा ट्रेल रन प्रतियोगिता हुने भएको हो ।
दैलेखको आठबीस नगरपालिका– ६ खड्केगडेनस्थित शिव आधारभूत विद्यालयको निर्माणाधिन भवन पर्याप्त बजेट नहुँदा अधुरो छाडिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शुक्रबार आफ्नो ६२ औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रिय पुरुष/महिला खो खो टोलीलाई उत्कृष्ट अवार्डसहित पुरस्कृत गरेको छ । खो खो टिम सिनियरतर्फ पुरस्कृत भएको हो ।
विश्वको सबभन्दा प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि रक्षा अभियानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले समूह चरणमै कठिन प्रतिद्वन्द्वी पाएको छ ।
पार्वती बुढा रावत २१ वर्षको कलिलो उमेरमा छाउगोठमै मरिन् । उनी साफेबगर नगरपालिका ३, अछाम जिल्लाकी बासिन्दा थिइन् । प्रतिवेदनले उनको छाउगोठमा धुवाँले निसास्सिएर मरेको अनुमान लगायो । उनको दाहसंस्कार भयो, सकियो ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा धार्मिक तथा सांस्कृतिक ‘यार्तुङ’ पर्वमा आयोजित एक लाख नगद पुरस्कारको कदम घोडा दौड प्रतियोगिताको उपाधी ढुक्के विष्टले जित्नुभएको छ ।
कुनै पनि सिर्जनात्मक कार्यको मापन त्यसको सङ्ख्याले भन्दा त्यसको गहिराइपूर्ण गुणस्तरीयताले गर्छ । साहित्यमा यसको ज्वलन्त उदाहरणका रूपमा गुरुप्रसाद मैनाली र इन्द्रबहादुर राईलाई लिन सकिन्छ । मैनालीका कथाहरू मात्र ११ वटा हुन् भने राईको उपन्यास एउटै मात्र हो ‘आज रमिता छ’ । उनीहरू दुवै नेपाली आख्यानको इतिहासका युगान्तकारी पात्र रहनुभयो, जसले नेपाली कथा र उपन्यासको यात्रामा पृथक् पहिचान दिलाउनुभयो । यस्तै थोरै कार्य गरेका तर