आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ५४ पैसा र बिक्रीदर १४३ रुपियाँ १४ पैसा निर्धारण गरिएको छ ।
आजको २१ औँ शताब्दीलाई डिजिटल क्रान्तिको युग भनेर चिनिन्छ । इन्टरनेट, स्मार्टफोन, कृत्रिम बौद्धिकता, क्लाउड कम्प्युटिङ, सामाजिक सञ्जाल र डिजिटल सेवाहरूको विस्तारले विश्वभरि समाजको संरचना, व्यवहार, सम्बन्ध, कार्यशैली र सोचाइमा आमूल परिवर्तन ल्याइरहेको छ । डिजिटल क्षेत्रमा भएको व्यापक प्रगतिले आश्चर्यजनक सुविधा र अवसर सिर्जना गरिरहेको छ ।
जीवन विज्ञानका संस्थापक सद्गुरुद्वय एलपि भानु शर्माले नेपालले सनातनदेखि अभ्यास गर्दैै आएको ध्यानको विधिलाई प्रयोगपरक र वैज्ञानिक तवरबाट समग्र मानव स्वास्थ्य तथा विश्वकल्याणका लागि अपरिहार्य अभ्यास भएको बताउनुभएको छ ।
ए यो भुवो काँ जादो ? भस्सा रे भस्सा । ए दै केला खान, भस्सा रे भस्सा ।। ए भुवा ए भुवा भस्सा भस्सा भस्साइरे.... भस्सा ।। भुवापर्व सुरु गरेर भुवा छोड्ने बेला र गाउँमा भुवा माग्न जाने बेलामा भुवा र भस्सो खेल्नेले यो भाका वाचन गर्ने गर्छन् ।
यस वर्षको सूर्यभक्त–पतनादेवी स्मृति वाङ्मय पुरस्कार पोखरा निवासी वरिष्ठ व्यङ्ग्यकार दुर्गा बराल वात्स्यायनलाई प्रदान गरिएको छ । ३३ हजार ३३३ रुपियाँ नगद राशि र सम्मानपत्रसहित वरिष्ठ व्यङ्ग्यकार वात्स्यायनलाई गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले पुरस्कार हस्तान्तरण गर्नुभयो ।
सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक पूरा भइसक्दा एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सातै प्रदेशमा औद्योगिक क्षेत्र सञ्चालनमा ल्याएर कम्तीमा १० लाख जनतालाई प्रत्यक्ष र ३० लाखलाई अप्रत्यक्ष रोजगारी दिने सरकारको योजना थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले तीर्थस्थल देवघाटनजिक जलविद्युत् आयोजना बनाउन उपयुक्त हुने बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा राष्ट्रिय र राजनीतिक सहमति भए कम लागतमै ई–भोटिङ व्यवस्था गर्न सकिने विचार व्यक्त गर्नुभएको छ ।
सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा हालै गरिएको वृद्धि खारेज गरी पुरानै शुल्क कायम गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले मन्त्रीस्तरीय निर्णयमार्फत गत चैतमा गरिएको शुल्क वृद्धि खारेज गर्दै पुरानै शुल्क कार्यान्वयन गर्ने निर्णय गर्नुभएको मन्त्रालयले जनाएको छ । मन्त्रीस्तरीय निर्णयबाट यसअघि शरतसिंह भण्डारी श्रममन्त्री हुँदा बढाएको स्वास्थ्य परीक्षण शुल्क खारेज गर्नुभएको हो ।
त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहप्रति विद्यार्थीको रुचि घट्दै गएको देखिएको छ । दीक्षान्त समारोहमा सहभागी हुन योग्य विद्यार्थीको तुलनामा समारोहमा सहभागी हुनका लागि आवेदन दिएका विद्यार्थी सङ्ख्यालाई तुलना गर्दा यस्तो देखिएको हो ।
सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरेबापतको शुल्क अस्वाभाविक महँगो भएकाले शुल्क घटाउन सुझाव दिइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सरकारी अध्ययन समितिले महँगो भएको निष्कर्ष निकाल्दै उक्त सुझाव दिएको हो ।
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को तेस्रो पूर्ण बैठक पोखराको कालाबाङ घरेडी सामुदायिक होमस्टेमा सम्पन्न भएको छ । शुक्रबारदखि सुरुभएको बैठक शनिबार सम्पन्न भएको हो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा महानगरपालिकाको सहकार्यमा पोखरा पर्यटन वर्ष २०२५ प्रवर्धन बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
भदौ २३ को बिहान सौरनको मुहारमा देखिएको उत्साह देखेका परिवार सदस्यले जेनजी आन्दोलनमा नजान सम्झाइरहेका थिए। अमेरिका बस्दै आएकी बहिनी र बुबा, वसन्त किशोरले भिडियो कलबाटै चिन्ता व्यक्त गरिरहे। जवाफमा सौरनले भनेका थिए, “बहिनी यहाँ भएको भए तँ पनि जान्थिस, चिन्ता लिनुपर्दैन केही हुँदैन।”