अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपतकालीन वित्तीय सहायता स्वीकृत गरेको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीलगायत पदाधिकारी र सदस्यलाई बधाइ दिनुभएको छ ।
जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजना सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ ।
फेदीखोला गाउँपालिकाले एक सय १० जना कृषकलाई सम्मानित गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताउनुभएको छ ।
अघिल्लो दिनसम्म झलमल्ल घाम लागेको महोत्तरीको मौसमले अचानक कोल्टे फेर्दै चिसो बढाएको हो । आज शनिबार यहाँको न्यूनतम तापक्रम ११ डिग्रीमा झरेको छ ।
५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेँसीसहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग राखेका छन् ।
सप्तरीको बोदेबर्साइन नगरपालिकामा आयोजित एक विवाह समारोहमा नाच्ने क्रममा जेनेरेटरमा कपाल फस्दा गम्भीर घाइते भएकी एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।
पश्चिम नवलपरासीको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले साढे १७ लाखभन्दा बढीको मोबाइलका सामान बरामद गरेको छ ।
नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२ जारी गरेपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका जनप्रतिनिधि उत्साहित भएका छन् । बाँस तथा बाँसजन्य सामग्री उत्पादन र प्रवर्द्धनका लागि नीति निर्माणको माग गर्दै यहाँको नगरपालिकाका जनप्रतिनिधि चरणवद्ध आन्दोलनमा उत्रिएका थिए ।
भेरी नगरपालिका–११ धुल्यौटाकी २२ वर्षिया सिता विक पूर्ण दृष्टीविहिन अपाङ्गता हुनु हुन्छ । आफु पूर्ण दृष्टीविहिन भएता पनि सिता चाउचाउ, विष्कुट, चक्लेट, कापी, कलम, मोवाइलको रिचार्ज कार्ड, अगरबत्ति, साबुन, सेम्पो लगायतका सामानहरु लिएर सबैको घरदैलोमा धाउने गर्नुभएको छ ।
चिसो बढेपछि रौतहटको जनजीवन कष्टकर बनेको छ । रौतहट सदरमुकाम गौर, मध्य भाग गरुडा, दुर्गा भगवती, माधवनारायण, गढिमाइ लगायत क्षेत्रमा चिसोले जनजीवन प्रभावित भएको छ ।
बाराको सिमरा विमानस्थलबाट काठमाडौँका लागि सञ्चालन हुने सबै आन्तरिक हवाई उडान शनिबार रद्द भएका छन् । बाक्लो हुस्सु र कुहिरोका कारण भिजिबिलिटी पावर (दृश्यता) अत्यन्तै कम हुँदा उडान अवतरण सम्भव नभएपछि सम्पूर्ण उडान स्थगित गरिएको हो ।
नेपाली कांग्रेस वडा सभापति र बागलुङ क्षेत्र नम्बर २ का सहसचिव राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । बाग्लुङ नगरपालिका वडा नम्बर २ का पार्टी सभापति अमरबहादुर खड्का राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको हो ।
धनकुटामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा गिरावट आएको पाइएको छ । लामो समयदखि परेको अविरल वर्षासँगै आएको हावाहुरीले धान खेतीमा क्षति पुर्याउँदा धान उत्पादनमा गिरावत आएको हो ।