सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका भइरहेको बताउनुभएको छ।
बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ ।
मधेश प्रदेशसभामा रिक्त रहेको सभामुख पदका दुई जना प्रदेशसभा सदस्यको उम्मेदवारी परेको छ।
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ ।
नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले सुशासन र सामाजिक न्याय कायम गर्न आफ्नो पार्टीलाई निर्वाचनमार्फत बहुमत दिन आग्रह गर्नुभएको छ ।
तनहुँको दमौलीस्थित मादी नदीमा निर्माण भइरहेको आधुनिक चारलेन पुलको कामले तीव्रता पाएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मोबाइल व्यवसायले आर्थिकरूपमा देशलाई चलायमान बनाउने काम मात्र नगरेर सामाजिक पुलको रुपमा सम्बन्ध जोडिदिने काम गरिरहेको बताउनुभएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको खाली रहेको ब्लकलाई बाल सुधार गृहको रूपमा छिट्टै संचालनमा ल्याउनका लागि शनिबार कारागारको स्थलगत अवलोकन गर्नुभएको छ।
अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताउनुभयो ।
नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले पार्टीको ११ औँ महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्ने वातावरण नबनेको आरोप लगाउनुभएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुशासनको डण्डा चलाउँदै समयमै निर्वाचन सम्पन्न गर्न आग्रह गर्नु भएको छ।
ताप्लेजुङमा सम्पन्न ऐतिहासिक पुसे मेला अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरले जितेको छ। शनिबार भएको फाइनलमा सभापोखरी भलिबल क्लब संखुवासभालाई ३–० को सोझो सेटमा पराजित गर्दै भोजपुरले उपाधि जितेको हो।
नवलपुर सदरमुकाम कावासोतीको महारजा धार्मिक वनमा रहेको पर्यटकीयस्थल पोखरी तालमा वनभोज खान जानेको लर्को लागेको छ । पुस ५ गते शनिवारको दिन यहाँ वनभोज गर्न जानेको भिड लागेको हो ।
संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सुडानमा संयुक्त राष्ट्रको रसद केन्द्रमाथि गरिएको विस्फोटक आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । उक्त आक्रमणमा बङ्गलादेशका छ जना शान्ति सैनिकको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए ।
हिमाली जिल्ला हुम्लामा सल्लाको दियालो बालेर रातभर गीत गाउँदै भुओ पर्व मनाइएको छ। लामा समुदायबाहेक अन्य सबै जातिका स्थानीयले यसरी भुओ पर्व मनाउने गर्दै आउनु भएको हो।