नेपालबाट भैँसीको मासु, दुग्ध पदार्थ, तरकारी फलफूल र जडीबुटी चीन निर्यातका लागि भन्सार प्रशासनमा सहजीकरण र लचकता अपनाउन चीनसमक्ष आग्रह गएिको छ । चीनको भन्सार प्रशासन र कृषि तथा पशुपन्छी मन्त्रालयका उच्च अधिकारीबिच बिहीबार काठमाडौँमा भएको बैठकमा नेपालले गरेको आग्रहलाई चिनियाँ पक्षले सकारात्मक रूपमा लिएको जनाइएको छ ।
मधेशी आयोगले विवाहसम्बन्धी कानुन र विवाहको उमेर हद कायम सम्बन्धमा सरोकारवालाहरुसँग सुझाव सङ्कलन गरेको छ ।
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपियाँ ८२ पैसा र बिक्रीदर १४१ रुपियाँ ४२ पैसा कायम भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणमा नेपालको हित र प्रतिष्ठालाई माथि उठाउने बताउनुभएको छ । भ्रमणका विषयमा प्रतिनिधि सभामा जानकारी दिँदै प्रधानमन्त्री ओलीले समसामयिक विषयमा नेपालको अवधारणा तथा प्राथमिकताको प्रस्तुतिबाट मुलुकको छवि एवं प्रतिष्ठा अभिवृद्धि हुने विश्वास पनि व्यक्त गर्नुभयो ।
हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका क्रममा शनिबार चीन प्रस्थान गर्नुहुने भएको छ । चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा प्रधानमन्त्री ओली पाँचदिने भ्रमणका लागि चीन प्रस्थान गर्नुहुने भएको हो ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्यालले त्रिभुवन विश्वविद्यालयका विभिन्न क्याम्पस तथा कार्यालयमा रहेका पुस्तकालयलाई विद्युतीकरण गर्ने बताउनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक प्रतिनिधि सभाको बहुमतले पारित गरेको छ । सरकारले फास्ट ट्र्याकमा विधेयक पारितको तयारी गरे पनि सत्तारूढ दलबिचकै विमतिका कारण संसदीय समितिमा दफवार छलफल गरेर विधेयक पारितको प्रक्रिया अघि बढाइएको थियो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्थाको अन्त्य गरेको छ । यसअगाडि निमित्त प्रमुख प्रशासकीय अधिकृत रहँदा सेवा प्रवाह र विकासनिर्माणका काममा अपेक्षाकृत सफलता हासिल हुन नसकेको गुनासो आएपछि मन्त्रालयले एकै पटक १९१ जना उपसचिव र शाखा अधिकृतलाई स्थानीय तहमा शुक्रबार प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएसँगै स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत रहने प्रवृत्तिको अन्त्य गरिएको हो ।
नेपालमा सशस्त्र जनयुद्ध अन्त्य भएको १९ वर्ष बित्यो । एक दशकसम्म चलेको सशस्त्र जनयुद्ध तत्कालीन सरकार राजनीतिक दल र नेकपा (माओवादी) बिच विस्तृत शान्ति सम्झौतामार्फत नेपालको संविधान जारी भई शान्ति प्रक्रियामार्फत १० बर्से द्वन्द्वका घाउ मेट्ने अध्याय पनि प्रारम्भ भयो ।
ऐसेलुखर्क गाउँपालिकाले राजधानी काठमाडौँ र पूर्वी तराईको इटहरीमा सञ्चालन गरेको एकीकृत सेवा शिविरबाट ३२० सेवाग्राहीले सेवा लिएका छन् ।
नेकपा (एमाले) को ऐतिहासिक दोस्रो विधान महाधिवेशनको तयारी स्वरूप आज केन्द्रीय जनसंगठन समन्वय संयन्त्रको बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न बैठकमा संयन्त्रका संयोजक भानुभक्त ढकालले अहिलेसम्मको काम र बाँकी तयारीका बारेमा ब्रिफिङ गर्नुभयो ।
गत साउन १४ गते चीनतर्फको लेन्देखोलाबाट आएको बाढीले क्षति गरेको स्याफ्रुबेसी–रसुवागढी सडक खण्डअन्तर्गत स्याफ्रुबेसीदेखि टिमुरेसम्मको आवागमन आजदेखि पुनः सुरु भएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले इमानदार नेता र अनुशासित नागरिक हुनसके देशको विकास सम्भव हुने बताउनुभएकोछ ।