• ६ पुस २०८२, आइतबार

अर्जुनचौपारीका अध्यक्ष तिवारीलाई जेसीआई यूथ अवार्ड

blog

अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीलाई सम्मान गरिँदै । तस्बिर सौजन्य : शिव खनाल ।

राधाकृष्ण डुम्रे
वालिङ(स्याङ्जा), पुस ६ गते ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी जेसीआई यूथ अवार्डबाट सम्मानित हुनु भएको छ ।

जनकपुरमा भएको जेसीआई (जुनियर च्याम्बर इन्टरनेशनल) नेपालको ५२ औं राष्ट्रिय महाधिवेशनको अवसरमा तिवारीलाई अवार्ड प्रदान  गरिएको हो । स्थानीय तहमा देखाएको प्रभावकारी कार्यसम्पादन र नविनतम सोच र शैलीको कदर गर्दै अवार्ड प्रदान गरिएको जेसीआइ भीरकोटका अध्यक्ष शिव खनालले जानकारी दिनुभयो ।   

नेपाल जेसीजले प्रत्येक वर्ष विभिन्न क्षेत्रमा अतुलनिय योगदान पुर्‍याएका युवालाई कदर स्वरुप सम्मान गर्दै आएको छ ।

अर्जुनचौपारी गाउँपालिकालाई राष्ट्रिय स्तरमा परिचित गराउन तिवारीको नेतृत्व सफल भएको स्थानीयको भनाइ छ । सीमित स्रोत–साधनका बाबजुद स्पष्ट दृष्टिकोण, योजनाबद्ध कार्यान्वयन र जनसहभागितामूलक विकास मार्फत तिवारीले गाउँपालिकालाई सफल बनाएकोे जेसीआई भीरकोटका अध्यक्ष खनालले बताउनुभयो ।

नेपालकै पहिलो नवग्रह मन्दिरको स्थापना तिवारी कै नेतृत्वमा गरिएको छ । जसका कारण अर्जुनचौपारीमा भ्रमण गर्ने धार्मिक पर्यटकको सङ्ख्या बढेको छ ।

जेसीआई यूथ अवार्डले आफूलाई काम गर्ने थप उत्साह मिलेको अध्यक्ष तिवारीको भनाइ छ । वालिङ जसीज,गल्याङ् जेसीज र भीरकोट जेसीजको संयुक्त सिफारिसमा तिवारीलाई सम्मान गरिएको हो ।