“अक्षम मानिस राजनीतिमा आउनु भनेको अक्षम मानिसबाट मतदाता स्वयं शासित हुनु हो। अक्षम छान्नुको सजाय यही हो,” यी भनाइ महान् युनानी दार्शनिक प्लेटोका हुन्। आसन्न निर्वाचनका सन्दर्भमा मतदानद्वारा प्रकट हुने सम्भावित नतिजाको प्रसङ्गमा यहाँ उद्धृत गर्न आवश्यक ठानिएको हो। मुलुक यतिखेर चुनावी माहोलमा होमिँदै छ। सङ्घ र प्रदेश दुवै तहका सांसद पदका लागि आगामी मङ्सिर ४ गते देशभरि एकैसाथ निर्वाचन हुन गइरहेको छ। कुनै पनि निर्वाचन चुनौतीपूर्ण हुन्छ नै, संवेदनशील पनि त्यत्तिकै हुन्छ । जसको आ–आफ्नै महìव र भूमिका रहन्छ ।
देशमा पश्चिमी वायुको हल्का प्रभाव रहेकोले वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा जनाएको छ ।
स्थानीय तह सञ्चालन, व्यवस्थापन र सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाउन पर्याप्त कानुन आवश्यक पर्छ। संविधानले परिकल्पना गरेको कानुनी शासनलाई साकार पार्ने हो भने स्थानीय तहले कानुनको आधारबिना कुनै पनि कार्य सम्पादन गर्नु हुँदैन। स्थानीय तहको कानुन निर्माण निकै जटिल र चुनौतीपूर्ण छ। तैपनि स्थानीय तहले आफ्ना लागि आवश्यक कानुन आफैँले बनाउनुपर्छ। सङ्घ र प्रदेश सरकारले नमुना कानुन (ड्राफ्ट) बनाइदिएको छ। नेपालको संविधानको अनुसूची ८ मा उल्लिखित स्थानीय तहको अधिकारको विषयमा (राज्यशक्ति बाँडफाँटबाट प्राप्त) अधिकारको प्रयोग नगर सभाबाट बनाइएको कानुनबमोजिम हुने संविधानले नै परिकल्पना गरेको छ। तसर्थ तीनै तहका सरकारको कार्य, शक्ति र अधिकारको आधार एवं मूल स्रोत संविधान नै हो।
नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिएसँगै बजारमा सबैजसो उपभोग्य वस्तुको भाउ आकाशिएको छ। सरकारका नियमनकारी निकायका कर्मचारी निर्वाचनमा केन्द्रित भएको मौका छोपी व्यापारीले आफूखुसी मूल्य तोकेपछि सबै उपभोग्य वस्तुका भाउ महँगिएको हो। नेपाल खुद्रा व्यापार सङ्घको तथ्याङ्कअनुसार पछिल्लो समय अधिकांश वस्तुको मूल्य बढेको छ। सङ्घका अध्यक्ष पवित्र वज्राचार्यले पछिल्लो समयमा दैनिक उपभोग्यका लागि आवश्यक पर्ने हरेक वस्तुको मूल्य बढेर आएको बताउनुभयो। उहाँले भन्नुभयो, “पछिल्लो पटक खाने तेल, दाल, चामल मात्रै होइन, हरेक वस्तुको मूल्य बढेर आएको छ, कारण खोज्दा खासै भेटिँदैन, पछिल्लो महँगी निर्वाचनकै असर हो।”
टीकापुरमा श्रृखलावद्ध तोडफोडका घटना बढ्दै गएको छ । आइतबार राति टेकबहादुर साउद स्मृति पाकको पर्खाल भत्काएको छ भने नागरिक उन्मुक्ति पार्टीको कार्यालयका गेटमा ढुङ्गा प्रहार भएको छ ।
आगामी मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै नेपाल टेलिकमले निर्वाचन अफर ल्याएको छ। कम्पनीले निर्वाचनमा सूचना आदानप्रदान गर्न र निर्वाचन परिणाम थप सहजताका साथ मोबाइलमै प्राप्त गर्नका लागि नेपाल टेलिकमले निर्वाचन अफर उपलब्ध गराएको जनाएको छ। अफरमार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याक उपलब्ध गराइएको छ। डाटा प्याकअन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा जम्मा २९४ रुपियाँमा उपलब्ध रहेको टेलिकमले जनाएको छ। यसैगरी छ जीबी डाटा तीन दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा ९८ रुपियाँमा उपलब्ध छ।
भन्सार विभागले सर्भर अपडेट गरिरहेका कारण मुलुकभरका भन्सार कार्यालयबाट मालवस्तु जाँचपासमा व्यवधान आएको छ। आसिकुडा वल्र्ड सफ्टवेयरको अपडेट भइरहेकाले कतैकतै केही समस्या आएको विभागले जनाएको छ। सफ्टवेयर अपडेट गरेर ‘प्री–टेस्टिङ’ भइसकेको पनि यो परीक्षणकै चरणमा रहेकाले कतैकतै समस्या आएको विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिनुभयो।
प्रतिनिधि सभा तथा प्रदेश निर्वाचनअन्तर्गत प्रदेश १ का विभिन्न निर्वाचन क्षेत्रमा निकै रोचक प्रतिस्पर्धा हुने देखिएको छ । कतिपय निर्वाचन क्षेत्रमा पहिले एउटै पार्टीमा रहेका पुराना सहकर्मीबीच प्रतिस्पर्धा हुनेछ भने कतिपयमा २०७० साल र २०७४ सालकै पुराना उम्मेदवारबीच फेरि रोचक प्रतिस्पर्धा हुने भएको छ ।
नेपाली लोक सङ्गीत नादिङ लयको गीत कुसुमे रुमाल २ को भिडियो सार्वजनिक भएको छ । ओएसआर डिजिटलको युटुव च्यानल मार्फत भिडियो सार्वजनिक भएको छ ।
आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन बहिष्कार गरेका समूहमाथि प्रहरीले कडा निगरानी थालेको छ । प्रहरीले देशका विभिन्न स्थानबाट निर्वाचन बिथोल्ने गरी हिंसात्मक गतिविधि गर्ने तयारीमा रहेका विभिन्न समूहका ११५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रण लिएकामध्ये ११ जनाविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ ।
म्याग्दीको पर्यटकीय स्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ। अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिल स्वदेशी एवं विदेशी पर्यटकले भरिभराउ भएको छ। कोरोनाका कारण शिथिल बनेको पर्यटन व्यवसाय पर्यटक आगमनमा वृद्धि भएसँगै सुधार देखिन थालेको छ। घोडेपानी र पुनहिलको भ्रमणमा आउने पर्यटक बढ्न थालेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम गन्तव्य देशबाटै श्रम स्वीकृति नवीकरण गर्न श्रमिकलाई आग्रह गरेको छ। मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै सबै श्रम गन्तव्य देशमा श्रम स्वीकृति गर्न सकिने व्यवस्था भएकाले म्याद सकिए वा नसकिएको जाँच गरी नवीकरण गर्न आग्रह गरेको हो। आफू कार्यरत रहेको मुलुकबाट नै श्रम स्वीकृति नवीकरण गरी नेपालको प्रचलित कानुनबमोजिम आफू र आफ्नो परिवारले पाउने कल्याणकारी सेवा सुविधा उपभोग गराउन मन्त्रालयले विज्ञप्तिमार्फत आग्रह गरेको छ।
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ का उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी निरन्तर हुने आदेश गरेको छ । उम्मेदवारी कायम रहनेगरी यसअघि एकल इजलासले जारी गरेको आदेशविरुद्ध निर्वाचन आयोगको निवेदनमा सुनुवाइ गर्दै अदालतको संयुक्त इजलासले अघिल्लो आदेशलाई निरन्तरता दिएको हो ।
बुङ्मतीको विकास, सम्पदाको प्रचार प्रसार तथा व्यवस्थापन गर्न स्थानीय जुटेका छन्। उपत्यकावरपरका ऐतिहासिक ५२ वटा बस्तीमध्येको बुङ्मतीको सांस्कृतिक, धार्मिक महत्त्वका मूर्त/अमूर्त सम्पदाको संरक्षणमा यहाँका स्थानीय जुटेका हुन्। काठमाडौँबाट छोटो दूरीमा रहेको बुङ्मती रातो मच्छिन्द्रनाथको मन्दिरका कारण प्रख्यात छ। ललितपुर महानगरपालिका–२२ स्थित यस क्षेत्रका गल्ली, चोक र टोल ऐतिहासिक मौलिक विविध सम्पदाले भरिपूर्ण छन्। यहाँ हरेक घरपरिवार आयआर्जनका लागि विभिन्न हस्तकलाका सामग्री निर्माण गरेको दृश्य देख्न पाइन्छ।