मङ्सिर ४ गतेदेखि कतारमा सुरु हुने फिफा विश्वकप २०२२ मा सहभागिता जनाउन अर्जेन्टिना कतार पुगेको छ । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना टोली सोमबार कतारको दोहा पुगेको हो ।
मधेस कृषि विश्वविद्यालयले आफ्नो पहिलो शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना सुरु गरेको छ । विश्वविद्यालयका रजिस्ट्रार डा. श्रीभगवान ठाकुरका अनुसार विश्वविद्यालयले नयाँ शैक्षिक सत्रमा कक्षा सञ्चालन गर्नेछ । तयारीसहित कात्तिक २९ गतेदेखि मङ्सिर २८ गतेसम्म अनलाइन माध्यमबाट विद्यार्थी भर्ना लिने उहाँले बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक समृद्धिको नयाँ यात्रा सुरु गर्ने लक्ष्यमा वर्तमान गठबन्धन रहेको बताउनुभएको छ ।
बारामा चालु आर्थिक वर्ष २०७९–८० मा कृषकहरूले ५१ हजार १९१ दशमलव ५ मेट्रिक टन भदैया धान उत्पादन गरेका छन् ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि स्थिर सरकार आवश्यक भएको बताउनुभएको छ । चुनावी सभालाई सोमबार चितवनको भरतपुरमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
ललितपुर जिल्ला खेलकुद विकास समितिले गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता जिल्लावासी खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशव्यापीरुपमा चुनाव प्रचारप्रसार अभियानमा अझसक्रिय बन्न आह्वान गर्नुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँपुस्ताका कलाकर्मीहरूसँग अन्तरक्रिया गर्नुभएको छ । प्रधानमन्त्री देउवाले पत्नी आरजु राणा देउवासँगै प्रधानमन्त्री निवास बालुवाटारमा ३० भन्दा बढी नयाँपुस्ताका मोडल, कलाकारलाई भेट्दै निर्वाचन सम्पन्न गर्नेतर्फ सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
निर्वाचन आयोगका अनुसार सप्तरी निर्वाचन क्षेत्र नं. १ मा २०, २ मा १६, ३ मा १८ र ४ मा १६ जना गरी ७० जना उम्मेदवार चुनावी मैदानमा छन् ।
साताको दोस्रो कारोबार दिन नेप्से परिसूचकमा वृद्धि भएको छ । सोमबार नेप्से परिसूचक २१.२६ अङ्क बढेर १९०४.४३ बिन्दुमा बन्द भएको हो ।
काठमाडौं, कात्तिक २८ गते । 'किरात राई यायोक्खा' (किराया) बेलायतले आयोजना गरेको नेपालका चर्चित गायक ‘राई इज किङ’ राजेशपायल राई एकल साङ्गीतिक साँझ सम्पन्न भएको छ । कार्यक्रमको मुख्य आकर्षणको केन्द्र ‘राई इज किङ’नै थिए । बेलायतका विभिन्न सहरबाट ओइरिएका दर्शक राजेशपायलको प्रतीक्षामा थिए । नेपालका लोकप्रिय गायक राजेशपायलले लाइभ ब्याण्डकासाथ ननस्टप गाएर दर्शक नचाए । आफ्ना लोकप्रिय गीत दर्शन नमस्ते, ‘दिक्तेल बजार,मैले मायाले दिएको मायाको चिनो, 'म त मर्छु कि क्या हो' लगायत दर्जनौँ गीत गाउनुभएको हो । गायक राईलाई बेलायतका वाद्यवादकहरु लिड गिटारमा सुरज गुरुङ, बेसमा होइसर तामाङ, किबोर्डमा थिर थापा, तबलामा महेश गुरुङ, बाँसुरीमा इन्द्र गुरुङ, ढोलकमा रेशम पाचे, ड्रममा प्रभास गुरुङ र रिदममा विकल थापाले सघाएका थिए । कार्यक्रममा प्रस्तुति दिइरहँदा गायक राईले प्रवासमा रहेपनि आफ्नो नेपाली कला, संस्कृति, गीत सङ्गीत नभुल्न सुझाव दिए।आफ्ना पिता रत्न राई र आमा साक्षी राखेर गीत गाइरहँदा उहाँले नेपाली समुदाय विभाजित नहुन पनि आग्रह गर्नुभयो । कार्यक्रममा बेलायतमा रहेका विभिन्न सङ्घ संस्था तथा नेपाली समाजका प्रतिष्ठित व्यक्तिहरूसमेतको उपस्थिति रहेको थियो ।बेलायतबाट पत्रकार केजीन राईको सहयोगमा
शहरका मुख्य सडकमा रहेको अव्यवस्थित तारहरु व्यवस्थापनको काम सुरु भएको छ । काठमाडौंको अनामनगर र सिंहदरवार क्षेत्रमा रहेका अव्यस्थित तार व्यस्थापनको काम सुरु भएको हो ।
प्रतिनिधिसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा गोरखा जिल्लाको दुई वटा क्षेत्रमा २२ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।
काठमाडौं, कात्तिक २८ गते । अभिनेता प्रदीप खड्काले भारतको 'ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल'मा 'डेब्यु अभिनेता'को अवार्ड जित्नुभएको छ । अभिनेता खड्काले फेस्टिभलमा ‘प्रेमगीत ३’को हिन्दी संस्करणतर्फको फिचर फिल्मतर्फ 'डेब्यु अभिनेता'को अवार्ड जित्नुभएको हो ।अवार्डका लागि अभिनेता प्रदीप र 'प्रेमगीत-३' का निर्माता अहिले भारतको आगरामा छन् । 'प्रेमगीत-३' भारत लगायत अन्य देशमा पनि प्रदर्शन भएको थियो ।
नेपालगञ्ज भन्सार कार्यालयमा दुई दिनदेखि भन्सारको काम हुन नसक्दा भारतबाट आएका सयौं मालबाहक गाडी भन्सार कार्यालय यार्डमा थन्किएका छन् ।