संविधान दिवस २०७९ समारोह
शक्ति (सत्ता), सम्मान र सम्पत्तिको गोलघरभित्र समकालीन नेपाली राजनीति धूमिल देखिन्छ। करिब ९० प्रतिशत समर्थनबाट जारी संविधानले बोकेको खुसीमा अन्योल हुनु आवश्यकै छैन। मानिसले बनाएको संविधानभित्र मानवीय त्रुटि होलान्, निश्चित प्रक्रियाबमोजिम सच्याउन मिल्छ नै। यसर्थ सुन्दर नीतिभित्र बिग्रेको थिति र संस्कृतिको एउटा सामाजिक विमर्शतिर ध्यान मोडिनु आवश्यक देखिन्छ। आजको परिदृश्य, हिजोको चाहना अनि भोलिको अनुमानमा उब्जेको असमञ्जसभित्र घोत्लिनु वाञ्छनीय हुन सक्छ। वि.सं. २००४ देखि २०७२ सम्ममा राणा सरकारको शासन व्यवस्थादेखि गणतान्त्रिक लोकतन्त्रको व्यवस्थासम्ममा सातवटा लिखित संविधान आइसकेका छन्। समयका हिसाबमा ७५ वर्षदेखि हामी संविधानभित्र अधिकारको लडाइँमा घुमिरहेका छौँ। देशमा प्रजातन्त्र आएपछि पनि छ ओटा संविधान बने। सात दशकअघि आएको प्रजातन्त्रले अझै पनि अधिकारको लडाइँमा असमानताको आक्रोश ओकल्दै छ। सात वर्षअघि निर्मित जनमुखी भनिएको वर्तमान संविधानले सात दशकको धङ्धङेभन्दा फरक शैलीमा सुशासनको अपेक्षा गरिरहेकै छ।
देशको मूल कानुन संविधान निकै सकसपूर्ण तरिकाले जन्मेको हो। अमर शहीदको बलिदानी र नेपाली जनताको वर्षौंको त्याग, लोकतन्त्रप्रतिको अटुट आस्थाका कारण दोस्रो संविधान सभाको चुनाव सम्पन्नपश्चात् हालको संविधानको जन्म भएको हो। वि.सं. २००७ देखि नेपाली जनताको चाहनाको मूर्तरूप दोस्रो संविधान सभाको चुनाव २०७० सालको आमचुनावपश्चात् सम्पन्न भएको थियो। पहिलो संविधान सभाको चुनाव वि.सं. २०६४ मा सम्पन्न भएको थियो। जसको नेतृत्व नेपाली कांग्रेसले गरेको थियो।
आगामी मङ्सिर ४ गते हुने संसदीय निर्वाचनका लागि उम्मेदवार छनोटको महोत्सवमा छौँ अहिले हामी। को, कहाँ र किन उम्मेदवार हुनुपर्छ भनेर चर्चा गर्ने सन्दर्भमा नेताहरूका किसिम किसिमका दाबीहरू सार्वजनिक भएका छन्। “यो जिल्लाको यो वा त्यो क्षेत्र पहिलेदेखिकै मेरो हो र अब पनि स्वतः मेरै भागमा पर्नुपर्छ,” नेताहरूको मात्र होइन, कतिपय तिनै नेताका छोराछोरी युवा विद्यार्थीको पृष्ठभूमिलाई नगदेबाली भित्र्याउने समय ठानिरहेका छन् । कतिपय नेताका श्रीमती महिला, दलित, आदिवासी, जनजाति वा रैथाने आदिको प्रमाणीकरण गर्न खोज्दैछन् ।
नेपाल विद्युत् प्राधिकरणले एक हजार पाँच सय मेगावाट क्षमतासम्म जलप्रवाही (आरओआर) आयोजनाका लागि विद्युत् खरिद बिक्री सम्झौता खुला गर्ने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका पदाधिकारीसँगको भेटमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यसबारे सबै अध्ययन सकेर प्राधिकरण सञ्चालक समितिमा प्रस्ताव पेस गरिसकेको जानकारी दिनुभएको हो ।
मधेश कृषि विश्वविद्यालय सञ्चालन गर्न सङ्घ सरकारका तर्फबाट मालपोत कार्यालय सप्तरी र विश्वविद्यालयबीच चालिस वर्षको सम्झौता भएको छ। नेपाल सरकारको भदौ २१ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम जग्गा भाडा तथा लिजसम्बन्धी भू–कार्यनीति–२०७९, अनुसार सप्तरी मालपोत र मधेश कृषि विश्वविद्यालयबीच शुक्रबार सो सम्झौता गरिएको मधेश कृषि विश्वविद्यालयका रजिस्ट्रार भगवान् ठाकुरले जानकारी दिनुभयो।
वीरगञ्जको रानीघाटमा बस्ने जयकिशन यादव शनिबार बिहान ११ बजे एउटा बोरा साइकलको पछाडि त्यसमाथि दुई प्याकेट बिस्कुट अनि साइकलको ह्यान्डलको दुवैतर्फ दुई झोला झुन्ड्याएर भारत सीमावर्ती बजार रक्सौलबाट आउँदै हुनुहुन्थ्यो। करिब आधा भरिएको जस्तो देखिने उक्त बोरामा पाँच किलो आलु, पाँच किलो प्याज रहेको एउटा झोलामा तीन लिटर खाने तेल, दुई लिटर रिफाइन तेल, छवटा नुहाउने साबुन, छवटा कपडा धुने साबुन र तीन किलो सर्फ थियो। अर्को झोलामा पाँच किलो चिनी, चियापत्ती, मसला, अगरबत्ती, चिउरा र सखर (भेली) रहेको उहाँले बताउनुभयो।
सरकारले भारतसँग गरेको जीटुजी (सरकार–सरकार) सम्झौताबमोजिमको मल नआउने भएको छ । मलको मूल्यमा कुरा नमिलेका कारण भारतबाट तत्काल मल नल्याउने भएको हो । कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले गोरखापत्रसँग भन्नुभयो, “हामीले खुला टेन्डरबाट खरिद गर्नेभन्दा भारतबाट जीटुजी माध्यमको मल लिँदा महँगो भएका कारण तत्काल त्यहाँबाट मल नल्याउने भयौँ ।”
विभिन्न समस्याले गर्दा हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा समस्या आएको छ । कोइला आपूर्तिमा समस्या आएपछि हेटौँडा सिमेन्ट उद्योगको उत्पादन डेढ महिनादेखि बन्द छ । पानी परेकाले कोइला आपूर्तिमा समस्या भएको र केही दिनभित्रै कोइला आपूर्ति हुने उद्योगका प्रवक्ता अशोक गौतमले बताउनुभयो । कोइला अभावसँगै उद्योगको किलमा (क्लिङ्कर बनाउने ठाउँ) समस्या आएको छ भने उद्योगमा करिब ४० हजार बोरा सिमेन्टको क्लिङ्कर मौज्दात छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मह जोडी वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सुकीर्तिमय राष्ट्रदीप पदकबाट सम्मानीत गर्ने घोषणा गर्नुभएको छ । उहाँहरु सहित १७ जनालाई यो पदकबाट सम्मानीत गर्ने घोषणा गर्नुभएको हो ।
झापामा दैनिकजसो आत्महत्याका घटना हुन थालेपछि यसको रोकथामका लागि सचेतना अभियान सुरु गरिएको छ । आइतबार झापाको दमकमा जिल्लाका सरकारी निकाय, विद्यालय, सामाजिक सङ्घसंस्थालगायतको सहभागितामा सचेतना ¥यालीको आयोजना भएको छ । जिल्ला प्रहरी कार्यालय झापाको संयोजनमा -याली भएको हो ।
बागमती प्रदेश ब्युरोहेटौँडा, असोज ३ गते । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बढ्दो आत्महत्या दर रोक्न जीवनको महìवका बारेमा बुझाउनु आवश्यक भएको बताउनुभएको छ । उहाँले कुनै पनि व्यक्तिलाई जीवनको महत्व बुझाउने पहिलो पाठशाला भनेको घरपरिवार भएकाले परिवारका सदस्यको पालनपोषण र रेखदेखसँगै जीवनको महìव बुझाउनुपर्ने भन्दै शिक्षकलगायत समाजमा सबै पक्षले जीवनका बारेमा बुझाउन सहजीकरण गर्नुपर्ने धारणा राख्नुभयो । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले आइतबार हेटौँडामा आयोजना गरेको प्रदेशस्तरीय आत्महत्या रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रममा मुख्यमन्त्री पाण्डेले मानिसको जीवन सबैभन्दा महìवपूर्ण भएकाले यसलाई जोगाउन सबैले नैतिक शिक्षा लिनु र दिनु आवश्यक भएकोमा जोड दिनुभयो । उहाँले आत्महत्या रोकथामका लागि भएका प्रयास र अभियानले सरकारलाई आत्महत्या रोकथामका लागि आवश्यक नीति बनाउन सहयोग पुग्ने भन्दै आफूले सोचेका कुरा पूरा नहुँदा आत्महत्या गर्ने विचार आउने भएकाले यसलाई आफैँले पनि नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।कार्यक्रममा बागमती प्रदेशका प्रहरी प्रमुख किरण वज्रचार्यले व्यक्तिले आत्महत्या गर्नुपूर्व केही न केही प्रतिक्रिया जनाउने भएकाले त्यसको पहिचान गरी परामर्श दिन सकेमा आत्महत्याको दरमा कमी आउने बताउनुभयो । कार्यक्रममा मकवानपुरमा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतम, प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दीपक रेग्मी, पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष मणिराज गौतम र हेटौँडा अस्पतालका चिकित्सक लव कार्कीले आत्महत्याको जोखिम क्षेत्र एवं वर्गको पहिचान गरी समयमा नै मनोपरामर्श दिन ठाउँ–ठाउँमा मनोपरामर्श केन्द्र स्थापना गर्नुपर्ने सुझाउनुभएको थियो । यसअघि हेटौँडामा प्रभातफेरी आयोजना गरिएको थियो । बागमती प्रदेशमा गत आर्थिक वर्ष २०७८÷७९ मा ९०२ जना र अघिल्लो आवमा एक हजार ३६ जनाले आत्महत्या गरेको प्रहरीको अभिलेखमा रहेको छ । प्रहरी कार्यालयमा दर्ता भएका अपराधका घटनामा २० प्रतिशत आत्महत्याका घटना हुने गरेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।आत्महत्याका घटना बढ्दैरामेछाप समाचारदाताका अनुसार, सचेतनामूलक ¥याली तथा अन्तक्र्रिया कार्यक्रम गरी विश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापको विगत चार वर्षको तथ्याङ्कलाई हेर्दा आत्महत्याका घटना डरलाग्दो अवस्थामा पुगेका छन् । गत चार वर्षको अवधिमा जिल्लामा दुई सय जनाभन्दा बढीले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक राजुप्रसाद ढकालले बताउनुभयो । गत आर्थिक वर्ष २०७८/७९ मा मात्रै रामेछापमा ४५ जनाले आत्महत्या गरेका छन् । यसरी आत्महत्या गर्नेमा दुई जना बालिका, तीन जना बालक, २१ जना महिला र १९ जना पुरुष रहेका छन् । ढकालका अनुसार आव २०७७÷७८ मा ६५ जनाले आत्महत्या गरेका थिए । प्रहरीका अनुसार रामेछापमा आत्महत्याका घटनालाई हेर्दा प्रेममा असफलता, गरिबी, बेरोजगारी तथा आर्थिक समस्या, शिक्षामा असफलता, मानसिक असन्तुलन एवं दीर्घ रोगको पीडाका कारणले आत्महत्या गर्ने गरेको पाइएको छ । अधिवक्ता पाण्डवप्रसाद प्रसाईंले बढ्दो आत्महत्याका घटनाको रोकथामका लागि प्रहरी–शिक्षक कार्यक्रम सबै विद्यालयमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । सार्वजनिक स्वास्थ्य समस्याभरतपुर समाचारदाताका अनुसार गत भदौ ३१ गते चितवन र तनहुँ जोड्ने त्रिशूली नदीमाथि मुग्लिनमा रहेको पुलमा आफूले चढेर आएको मोटरसाइकल र झोला छोडेर एक पुरुष हामफाले । उनले छोडेको झोलामा दोलखा गैरीमुदी–९ का वर्ष २७ वर्षीय निराजन घिमिरेको सवारीचालक अनुमतिपत्र फेलाप¥यो । त्यसको अघिल्लो दिन साँझ सात बजेको समयमा नारायणगढको नारायणी नदीमाथिको पुलमा स्कुटर र मोबाइल छोडेर एक पुरुष हाम्फाले । प्रहरीले बुझ्दै जाँदा उनी कालिका नगरपालिका–७, जुटपानीका ३२ वर्षका अनुप पोखरेल भएको खुलासा भयो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार चितवन प्रहरीमा गत साउनमा २२ र भदौमा १३ गरी ३५ वटा आत्महत्याका घटना भएको तथ्याङ्क छ । तीमध्ये छ जना अझै बेपत्ता छन् । आत्महत्या गर्नेमध्ये २० जना पुरुष, १४ जना महिला र एक जनाको लिङ्ग खुलेको छैन ।चितवनमा २०७८/७९ मा आत्महत्या गर्ने र गर्न खोज्नेको सङ्ख्या २१४ थियो । तीमध्ये अधिकले आवेगमा आई आत्महत्याको तयारी गरेको प्रहरीको विश्लेषण छ । ६२ जनाले आवेगमा, ४२ जनाले नैराश्यताका कारण, ३२ जनाले पारिवारिक कलहका कारणबाट आत्महत्या गरेको खुलेको छ । आत्महत्या परिवारको अपहेलनाले, आफ्नै असफलताले, प्रेम वियोगले, गरिबी, दीर्घरोगलगायतमा कारणले गरेका चितवनमा २०७७÷७८ मा २११ जनाले आत्महत्या गरेको तथ्याङ्क प्रहरीमा छ ।चितवनमा सानो समस्यालाई लिएर पनि आत्महत्या गर्ने गरेको प्रहरीको बुझाइ छ । प्रहरी नायब उपरीक्षक अधिकारीका अनुसार बाबुआमाको दृष्टिमा राम्रो बन्न नसकेको कारण १८ वर्षकी एक युवतीले आत्महत्या गरेको, मोबाइल चलाएका कारण १२ वर्षीय बालकले आत्महत्या, भनेजस्तो मोबाइल नकिनिदिएको कारण १६ वर्षीया किशोरीले विषसेवन गरेको र रोजेको पाइन्ट नपाएका कारण १८ वर्षीया युवतीबाट विषसेवन गरेको जस्ता उदाहरण छन् । नेपालमा आव २०७७÷७८ मा सात हजार ११७ जनाले आत्महत्या गरेकोमा आव २०७८/७९ मा प्रहरीमा छ हजार ८३० वटा आत्महत्याका घटना दर्ता भएको पाइन्छ । विश्व स्वास्थ्य सङ्गठनको सन् २०२० को तथ्याङ्कमा हरेक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्ने गरेको छ । प्राकृतिक प्रकोपमा ज्यान गुमाउनेहरूको भन्दा आत्महत्या गर्नेको सङ्ख्या बढी छ । आत्महत्या सार्वजनिक स्वास्थ्य समस्या हो । मानसिक अवस्थामा परिवर्तन, सधैँ नकारात्मक प्रतिक्रिया दिने, सामाजिक सञ्जालमा नकारात्मक भावहरू पोस्ट गर्नेलगायत मानिसमा मानसिक समस्या हुनसक्छ । यसको समयमा उपचार नहुँदा आत्महत्यासम्म पुग्नसक्ने हुँदा यस्तो समस्याको पहिचान गरी समयमै निदान गर्न जरुरी भएको प्रहरीले सचेतना कार्यक्रममा बताएको छ ।मासिक दस जनाले आत्महत्या बनेपा समाचारदाताका अनुसार, काभ्रे जिल्लामा पछिल्लो दुई महिनाको अवधिमा १९ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयले आइतबार आयोजित आत्महत्या रोकथामसम्बन्धी सचेतना कार्यक्रममा काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जोशीले काभ्रेपलाञ्चोक जिल्लामा मासिक सरदर दस जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क रहेको बताउनुभयो । उहाँले जिल्लामा गत साउनमा सात जनाले र भदौ महिनामा १२ जनाले आत्महत्या गरेको भन्दै विद्यालयको शुल्क तिर्न नसकेको, आर्थिक अवस्था कमजोर भएको, प्रेममा असफल भएकोलगायतका कारणले आत्महत्या गर्ने गरेको पाइएको उल्लेख गर्नुभयो । कार्यक्रममा काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पछिल्लो समय सामाजिक विविधता, वैदेशिक रोजगारी, प्रविधिको विकास तथा बढ्दो प्रयोगका कारण आत्महत्या गर्नेको सङ्ख्या बढेको बताउनुभयो । कार्यक्रममा बनेपा नगरपालिकाका उपप्रमुख विमला सापकोटा र वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईंले विद्यालय नर्सको माध्यमबाट मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
हेटौँडा सामुदायिक आँखा अस्पतालमा मोतीबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । तिलगङ्गा आँखा अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतसहित हेटौँडा सामुदायिक आँखा अस्पतालका प्राविधिक टोलीले ३६९ जना मोतीबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरेको हो । तेज कोहली एन्ड रुइत फाउन्डेसनको सहयोगमा हेटौँडा सामुदायिक आँखा अस्पतालले मकवानपुरको भीमफेदी, मनहरी, बागमती गाउँपालिका, बारा जिल्लाको फत्तेपुर, निजगढ, कोल्बी, पर्सा जिल्लाको कटैया, रौतहट जिल्लाको गजुरा र सिन्धुली जिल्लाको पीपलमाढी र चनेश्वरमा आयोजना गरेको आँखा शिविरबाट मोतीबिन्दुका बिरामीको पहिचान गरिएको थियो । दुई हजार ८२२ जनाको आँखा परीक्षण गरिएकोमा ४९४ जना मोतीबिन्दु भएको पाइएको जनाउँदै फाउन्डेसनबाट पाँच सय जनाको मोतीबिन्दुका बिरामीको आँखाको शल्यक्रिया गर्ने खर्च प्राप्त भएको अस्पतालले जनाएको छ ।
सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–६, मुक्लीमा दूधकोसी सामुदायिक अस्पताल भवन सञ्चालनका लागि तयार भएको छ। दुर्गम गाउँपालिकामा श्रीमद् भागवत महायज्ञ लगाएर स्वदेश तथा विदेशमा रहने व्यक्तिहरूबाट रकम सङ्कलन गरी सुविधा सम्पन्न ५० शøयाको अस्पताल निर्माणको काम थालिएको थियो।
राष्ट्रपति विद्यादेवी भण्डारीले डा. जगमान गुरुङ्लाई सुप्रसिद्ध प्रबल जनसेवा श्री प्रदान गर्ने घोषणा गर्नु भएको छ ।