• ११ असोज २०८१, शुक्रबार

आत्महत्या रोक्न सचेतना अभियान

blog

दमक समाचारदाता

दमक, असोज ३ गते । झापामा दैनिकजसो आत्महत्याका घटना हुन थालेपछि यसको रोकथामका लागि सचेतना अभियान सुरु गरिएको छ । आइतबार झापाको दमकमा जिल्लाका सरकारी निकाय, विद्यालय, सामाजिक सङ्घसंस्थालगायतको सहभागितामा सचेतना -यालीको आयोजना भएको छ । जिल्ला प्रहरी कार्यालय झापाको संयोजनमा -याली भएको हो ।

सो -यालीपछि भएको कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छविराज रिजालका अनुसार जिल्लामा आत्महत्याको दर भयावह रूपमा बढिरहेको छ । “यो नियन्त्रणका लागि सामूहिक प्रयास र सबैको सहयोग आवश्यक छ,” उहाँले भन्नुभयो । जीवनको मूल्यको विषयमा विद्यालयदेखि लिएर सम्ुदायसम्म यस विषयमा सबैले चासो दिनुपर्नेमा उहाँले जोड दिनुभयो । “स्थानीय सरकारले नीति तथा कार्यक्रम बनाउँदा र बजेट छुट्याउँदा यस विषयमा सोच्नु प¥यो,” रिजालले भन्नुभयो । दमक नगरपालिकाका प्रमुख राम थापाले मानिसको ज्यान बचाउने काममा नगरपालिकाले पनि आवश्यक कदम चाल्ने बताउनुभयो । “आर्थिक अवस्था कमजोर भएका कारण आत्महत्या गर्ने क्रम पनि बढेको पाइएको छ,” उहाँले भन्नुभयो । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले आत्महत्या अहिले ठूलो समस्याका रूपमा देखा परेको बताउनुभयो । एकै ठाँउमा एकै पटक तीन जना किशोरीले समेत जिल्लामा आत्महत्या गरेको भन्दै उहाँले यस्तो दिनको अन्त्यका लागि सामूहिक र सामाजिक प्रयास आवश्यक रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले झापामा गत वर्ष आत्महत्या गर्नेमा १६ वर्ष उमेरभन्दा कमका छ प्रतिशत रहेको बताउनुभयो । साथै आत्महत्या गर्नेमा ६८ प्रतिशत १६ देखि ६० वर्षभित्रका छन् भने १६ प्रतिशत ६० प्रतिशतभन्दा माथिका पाइएको छ । अघिल्लो आर्थिक वर्षमा जिल्लामा तीन सय ११ जनाले आत्महत्या गरे । यो आर्थिक वर्षको भदौ १५ अर्थात् डेढ महिनाको अवधिमा २९ जनाले आत्महत्या गरेको पाइएको छ । मानसिक रोग भएका बिरामीमा आत्महत्याको जोखिम धेरै हुने सो अवसरमा बताइएको थियो । यसैगरी जीवनप्रतिको नैराश्यतालगायतका कारण आत्महत्या हुने गरेको बताइएको छ । आत्महत्या गराउन सक्ने तरिकामा पहुँच घटाउने कार्यमा जोड दिइएको छ । मानसिक समस्या भएका बिरामीको उपचार गर्ने कुरा ढिला गर्नु नहुने सुझाव पनि दिइएको छ ।

यसैगरी इनरुवा समाचारदाताका अनुसार एक साताअघि स्थगित भएको विश्व आत्महत्या रोकथाम दिवसको कार्यक्रम सुनसरी सदरमुकाम इनरुवामा आइतबार गरिएको छ । ‘आशा जगाऔँ, जीवन बचाऔँ’, भन्ने मूल नाराका साथ आयोजना गरिएको सचेतनामूलक कार्यक्रममा जिल्ला प्रहरी कार्यालयबाट एक हजारभन्दा बढीको सहभागितामा -याली र कोण सभासहित सचेतनामूलक प्रस्तुति एवं छलफल गरिएको थियो । 

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले आत्महत्याविरुद्धमा सचेतनामूलक प्रस्तुति राख्नुभयो । जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता एकराज अधिकारीले आत्महत्याविरुद्धको सचेतनामूलक कार्यक्रम र नैतिकता सिकाउनुपर्ने बेला आएको बताउनुभयो । 

कार्यक्रममा इनरुवा नगरपालिकाका उपप्रमुख विनिताकुमारी मेहताले प्रविधिको दुरुपयोग र मानिसको बढ्दो महìवकाङ्क्षाका कारणले आत्महत्या बढेकाले नैतिक शिक्षा, पारिवारिक शिक्षासहित चेतनामूलक कार्यक्रम गर्नुपर्ने बेला आएको बताउनुभयो । त्यसैगरी गैरसरकारी संस्था महासङ्घका अध्यक्ष मेघराज न्यौपानेले सबै अभिभावक आफ्ना छोराछोरीको मानसिक र भावनात्मक अवस्थाप्रति सजग हुनुपर्नेेमा जोड दिनुभयो । जिल्ला अस्पताल इनरुवाका प्रमुख डा. देवराज घिमिरेले हरेक वर्ष सेप्टेम्बर १० मा विश्व आत्महत्या दिवस रोकथाम दिवस मनाउँदै आएकोमा नेपालमा सरकारको निर्णयअनुसार आठ दिन ढिलो मनाएको बताउनुभयो ।