• १२ पुस २०८१, शुक्रबार

मोतीबिन्दुको निःशुल्क शल्यक्रिया

blog

मकवानपुर समाचारदाता

हेटौँडा, असोज ३ गते । हेटौँडा सामुदायिक आँखा अस्पतालमा मोतीबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । तिलगङ्गा आँखा अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतसहित हेटौँडा सामुदायिक आँखा अस्पतालका प्राविधिक टोलीले ३६९ जना मोतीबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरेको हो । 

तेज कोहली एन्ड रुइत फाउन्डेसनको सहयोगमा हेटौँडा सामुदायिक आँखा अस्पतालले मकवानपुरको भीमफेदी, मनहरी, बागमती गाउँपालिका, बारा जिल्लाको फत्तेपुर, निजगढ, कोल्बी, पर्सा जिल्लाको कटैया, रौतहट जिल्लाको गजुरा र सिन्धुली जिल्लाको पीपलमाढी र चनेश्वरमा आयोजना गरेको आँखा शिविरबाट मोतीबिन्दुका बिरामीको पहिचान गरिएको थियो । दुई हजार ८२२ जनाको आँखा परीक्षण गरिएकोमा ४९४ जना मोतीबिन्दु भएको पाइएको जनाउँदै फाउन्डेसनबाट पाँच सय जनाको मोतीबिन्दुका बिरामीको आँखाको शल्यक्रिया गर्ने खर्च प्राप्त भएको अस्पतालले जनाएको छ ।