नेपाल बैङ्कले डबल धमाका मुद्दती खाता सञ्चालन गरेको छ । डबल धमाका मुद्दती खातामा जम्मा गरेको रकम पाँच वर्ष नौ महिना २९ दिनमा दोब्बर हुने बैङ्कले जनाएको छ । यसमा न्यूनतम २५ हजार रुपियाँभन्दा माथिको रकम जम्मा गर्न सकिन्छ । यो योजनामा बैङ्कले पाँच लाख रुपियाँसम्मको क्रेडिट कार्ड सुविधा पनि उपलब्ध गराएको छ ।
कालिकोटमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएसँगै चामल लिनेको लाइन लाग्न थालेको छ ।
आगामी मङ्सिर ४ मा मकवानपुर जिल्लामा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा लागि झन्डै छ हजार मतदाता बढेका छन् । गत वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा भन्दा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि पाँच हजार ८०९ जना मतदाता मकवानपुरमा थपिएको निर्वाचन आयोगले जनाएको छ ।
विश्व अर्थतन्त्रमाथि महामन्दीको खतरा मडारिरहेको देखिएको छ। तीन वर्षअघिदेखि विश्वभर कोरोना (कोभिड १९)को प्रभावले अर्थतन्त्र थिलथिलो भएको थियो। लगानी घट्दै गयो। खास गरी पर्यटनलगायतका सेवाले अर्थतन्त्रमा विश्वभर नै निराशा छायो। हवाई सेवा कम्पनीहरू इतिहासमा कहिल्यै नबेहोरेको घाटामा पुगे। होटल व्यवसाय त चौपटै थियो। रोजगारी गुमाएका श्रमिकहरूको सामाजिक सुरक्षामा खर्च गर्न सरकारहरू बाध्य थिए।
नेपालको आर्थिक अवस्था सामान्य ढङ्गले अगाडि बढिरहेको छ। कोभिडको सङ्क्रमणले करिब दुई वर्ष थलापरेको मुलुकको आर्थिक स्थिति विस्तारै तङ्ग्रिएर लयमा फर्किरहेको छ। तथापि, समयसमयमा मुलुकको अर्थतन्त्रका विषयमा चिन्ता र चासो जागृत हुनु स्वाभाविकै हो। यिनै परिस्थितिमा नेपाली अर्थतन्त्रको वर्तमान तस्बिर उतार्ने प्रयास गरिएको छ । आम्दानी र खर्च महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आ.व. को पहिलो दुई महिनामा रु. एक खर्ब ४३ अर्ब ८१ करोड सरकारी राजस्व असुली भएको छ । गतवर्ष यसै अवधिमा रु. एक खर्ब ६४ अर्ब ६६ करोड असुली भएको थियो । यसरी गतवर्षको तुलनामा राजस्व घटेको देखिए पनि आयातमा आधारित राजस्वले आगामी दशैँ र निर्वाचनका बखत अत्यधिक खर्च गरी गर्नेगरी राजस्व वृद्धि गर्नेछ । हेक्का रहोस्, यस वर्ष सरकारले १४ खर्ब राजस्व असुलीको लक्ष्य लिएको छ ।
डेंगी सन् २००४ मा पहिलो पटक पुष्टि तथा सन् २०१९ मा ६८ जिल्लामा फैलिई १७ हजार ९९२ जना सङ्क्रमित र छ जनाको ज्यान गएको थियो भने यो साल साउनदेखि भदौ मसान्तसम्म ७५ जिल्लामा फैलिई १३ हजार बढी सङ्क्रमित र १३ जनाको मृत्यु भइसकेको छ। सङ्क्रमितको सङ्ख्या अकाशिएको, अस्पतालमा बढेको चाप, भर्ना भएरै उपचार गर्ने र आईसीयूसम्मै पुग्ने बिरामीको सङ्ख्या थपिँदो छ। जसले झनै प्रकोप र भयानकता देखाउनेमा आशङ्का छैन। त्यसैमा नेपाली बजारमा महामारी वा प्रकोप फैलनासाथ अभाव सुरु हुने गरेको तितो यथार्थ छ। परीक्षण तथा उपचार शुल्कमा मनपरी बन्ने गर्छ। सिटामोलको अभाव छ। पूर्वदेखि पश्चिमसम्म नै पहाडी क्षेत्रमा बढी सङ्क्रमित भएपछि अभाव र कालो बजारी देशभर व्याप्त छ।
ञेँ, येँ, कान्तिपुर, काष्ठमण्डप अर्थात् काठमाडौँ। यो केवल नाम मात्र होइन, एउटा विशिष्ट पहिचान हो। काठमाडौँ कान्तिपुर नगरीमा काष्ठमण्डपको विरासत थामेर पाएको पहिचान हो। त्यसअघिको कुरा गर्ने हो भने यो ‘येँ’ र अझै अगाडि जाँदाको ‘ञेँ’ नगरबाट भएको पहिचान परिवर्तन हो। यस्ता स्मृतिरमण (नोस्टाल्जिया) मा रहेको काठमाडौँ आफ्नै भविष्य र पहिचान परिवर्तनको खोजीमा छ।
वादी समुदायलाई कालिकोटका एक युवाले चामल प्रदान गर्दै आउनु भएको छ । पलाँता गाउँपालिकाका पुर्व अध्यक्ष (हाल स्वतन्त्र) लक्ष्मण वहादुर बमले बादी परिवार खाद्यान्न वितरण गर्नुभएको छ ।
आज (मंगलबार) पनि देशभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मधेस प्रदेश, प्रदेश १ का थोरै स्थानमा तथा सुदूरपश्चिम र गण्डकीका एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो ।
मतदातालाई लाग्छ, मेरो प्रतिनिधि इमानदार होस् । दङ्गा फसादी नहोस् । भ्रष्टाचारी नहोस् । चोरी चकारीवाला नहोस् । झुटो नबोलोस् । मतदातालाई माया गरोस् । सुखदुःखमा साथ देओस् । मतदाताको सहारा बनोस् । विकासका काममा निष्पक्ष भएर योजना छनोट गरोस् । न्याय दिन सक्ने क्षमतावान् होस्। प्राथमिक स्कुलमा पढ्दा कलम, कापी पनि नचोरेको होस्। गर्वका साथ अमुक हाम्रो नेता हो भनेर छाती फुलाउन सकियोस्। निर्वाचन प्रक्रियासँगै काठमाडौँमा शीर्ष नेताको डेरा वा घरमा टिकट माग्नेको भीड लागेको छ । सोर्सफोर्स र नातागोताको चलखेल बढेको छ रे ! प्रत्येक उम्मेदवारका चेला, आफन्त लबिङ गर्न काठमाडौँ भित्रिएका छन् ।
अर्काे धितोपत्र बजार (स्टक एक्सचेन्ज)को आवश्यकता छ कि छैन भन्ने लामो समयदेखिको बहस अब भने टुङ्गोमा पुग्ने भएको छ । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज स्थापनाको प्रक्रिया सुरु गरेपछि यो बहस टुङ्गिएको हो । बोर्डले नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि आवेदन माग गरेको छ । बोर्डले एकैसाथ वस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज) तथा धितोपत्र दलाल तथा धितोपत्र व्यापारी (स्टक ब्रोकर र स्टक डिलर)को लाइसेन्सका लागि पनि आवेदन माग गरेको छ ।
धान खेतीको समयमा वर्षा नहुँदा रोपाइँ हुन नसकेको बाँकेको नरैनापुर गाउँपालिकामा खाद्यान्नको अभाव हुन थालेको छ । स्थानीय सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको सो गाउँपालिकामा अहिलेदेखि नै खाद्यान्न अभाव भएको भन्दै राहत माग्न आउनेको सङ्ख्या बढ्दै गएको सो गाउँपालिकाले जनाएको छ ।
गुल्मीको सत्यवती गाउँपालिका, ठूलो लुम्पेकमा कफी प्रशोधन उद्योग सञ्चालन गरिने भएको छ । कफी प्रशोधन उद्योग सञ्चालनका लागि मिश्रित कफी उत्पादक कृषक समूहलाई कफी प्रशोधन उद्योग तथा मेसिन औजार हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, गुल्मीले मिश्रित कफी उत्पादक कृषक समूहलाई २३ लाख ५३ हजार ३१६ रुपियाँको कफी प्रशोधन उद्योग निर्माण गरिदिएको हो ।
विभिन्न देशमा रहेका १२ जना दोलखाली र दोलखा समाज अस्ट्रेलियासमेतको आर्थिक सहयोगमा दोलखा कारागारमा पुस्तकालय स्थापना गरिएको छ । नेपाल लाइब्रेरी फाउन्डेसन अन्तर्राष्ट्रिय समन्वय समिति आयरल्यान्डका संयोजक चेतराज ओलीको संयोजनमा साढे तीन लाख रुपियाँको लगानीमा पुस्तकालय स्थापना भएको फाउन्डेसनका महासचिव धनबहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार तीन लाख ३१ हजार रुपियाँमा ६५८ थान किताब खरिद गरी पुस्तकालयलाई हस्तान्तरण गरिएको र पुस्तकालयको निरीक्षणपछि थप १९ हजार रुपियाँको किताब खरिद गरी हस्तान्तरण गर्ने तयारी भइरहेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो बाँकी जीवन नेपाली जनताको समृद्धि र मुलुकको विकासमा खर्चिने बताउनुभएको छ। आफूले क्रान्ति र शान्ति दुवैको नेतृत्व गरेर विश्वमै इतिहास कायम गरेको भन्दै अब विकास र समृद्धिमा लाग्ने प्रतिबद्धता जनाउनुभयो। सोलुखुम्बुको थुलुङदूधकोसी गाउँपालिकाको केन्द्र मुक्लीमा ५० शøयाको सामुदायिक अस्पताल, गाउँपालिकाको प्रशासनिक भवन र बहुप्राविधिक शिक्षालय भवनको संयुक्त उद्घाटनका क्रममा कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष दाहालले संविधान कार्यान्वयनकै चरणमा रहेकाले जनतालाई अधिकार सम्पन्न बनाउन तल्लो तहलाई अझ अधिकार दिनुपर्ने धारणा राख्नुभयो।