बडादशैँ र तिहारको उपलक्ष्यमा मदिरा व्यवसायी सङ्घ ललितपुरले आयोजना गर्ने सो एक दिने बृहत्त बियर जात्रा ललितपुरको यला दरवार शंखमुलमा यहि असोज २८ गते शनिवार आयोजना हुने भएको छ ।
जापानको दक्षिणपश्चिमी टापु क्युसुमा आएको आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ । यस प्रकोपको कारण करिब ७० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले सिङ्गो राष्ट्र चुनावी मैदानमा होमिएको बताउनुभएको छ ।
नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रो पात्रोले कनेक्ट आइपिएससँग सम्झौता गरेको छ । एउटै एपमा विभिन्न सुविधा उपलब्ध गराउँदै आएको एप देश तथा विदेशमा निकै नै लोकप्रिय छ ।
पुतलीबजार नगरपालिका–३ कुमाल गाउँमा रहेको जिल्ला अस्पताल स्याङ्जालाई त्रिकोण डेनमार्कले आस्क नेपाल स्याङ्जाको पहलमा स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको बन्द सूचि सकेसम्म आजै बुझाई सक्न सबै राजनीतिक दलहरुलाई आग्रह गर्नु भएको छ ।
संविधान दिवसको अवसरमा कपिलवस्तु कारागारमा रहेका ६ जना कैदी सोमबार रिहा भएका छन् । कैद मिनाहा भएका सबै कैदी कपिलबस्तुका रहेका छन् ।
सुदूरपश्चिममा बाढी र पहिरोका कारण ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले जनही एक लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । प्रदेश विपद कार्य समितिको बैठकले मृतकका परिवारलाई एक लाख रुपियाँ र कृयाखर्च २० हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
कर्णाली प्रदेशका विभिन्न जिल्लामा पाइने अर्गानिक खाद्य सामग्री दशैँ तिहारका बेला कोहलपुरमै सहज र सरल रुपमा पाइने भएको छ ।
छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज (सोमबार) साँझ नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । दशरथ रंगशालामा साँझ ५:०० बजे सुरु हुने फाइनलमा दुवै टोलीले उपाधि जित्ने दावी गरेका छन् ।
झिसमिसेमै उठ्यो, बिहानदेखि बेलुकासम्म बारीको काममा खट्यो । घरबाट बोकेर लगेको चिसो खानाले भोक टार्यो । कर्णालीका अधिकांश महिलाको दैनिकी हो यो । धुलोमाटोमै जीवन वित्ने भए पनि वर्षभरि खान पुग्दैन ।
विद्युत अवरुद्ध हुँदा जिल्लाको पश्चिम भेगस्थित रैनादेवी छहरा–३ भुवनपोखरी गाउँ तीन सातादेखि अन्धार भएको छ ।
नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन ट्रफी लुम्बिनी पुगेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ट्रफी टुर कार्यक्रम अन्तर्गत भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा सोमबार ट्रफी प्रदर्शन गरिएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले खेल क्षेत्रको आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
काठमाडौं महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राखेको छ । महानगरपालिकाको टोलीले आज (सोमवार) हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो ।