नेपालका सागर गुभाजुले अस्ट्रेलियामा भएको सनसाइन कोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जित्नुभएको छ ।
रुकुम पश्चिममा एक बालकको शव क्षतविक्षत अवस्थामा फेला परेको छ । जिल्लाको आठबीसकोट नगरपालिका–५ गोतामकोटको बिष्ट गाउँनजिकै बालकको शव भेटिएको हो ।
काठमाडौं रोड रेसको उपाधि पिनाकल कलेजका अजित कुमार यादव र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले जित्नुभएको छ ।
बागलुङको जैमिनी नगरपालिकामा रहको कुश्मीसेरा फलाँटे कृषि सहकारी संस्थाले बाँझो जमिनको उपयोग गर्ने अभिया थालेको छ । सहकारीले कुश्मीसेराको झब्रीखेतमा पन्ध्र रोपनी बाँझो जमिनमा व्यावसायिक जुनेलो खेती गरेको छ ।
अर्जेन्टिनी स्टार लियोनल मेस्सीले गोल गरेपछि साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा कठिन जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले लियोनलाई उसैको मैदानमा १–० गोलले हरायो ।
अफगानिस्तानको तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिवन्ध लगाएको छ । तालिबान नेतृत्वको सरकारको टेलिकम्युनिकेसन विभागका उच्च अधिकारीले टिकटक प्रयोगमा प्रतिवन्ध लगाइएको पुष्टि गरेका हुन् ।
गुल्मीमा ५५ वर्षीय एक ब्यक्ति मृत फेला पर्नुभएको छ । रेसुङगा नगरपालिका ८ मा रहेको आफनै फर्निचरमा ५५ वर्षीय टोपबहादुर राना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
पहिरोमा पुरिएर मृत्यु भएका तुर्माखाँद गाउँपालिका –५ नाडाको काँडाकोटका नौ जनाको आज सोमबार कर्णाली नदीमा परम्पराअनुसार सामुहिक दाहसंस्कार गरिने भएको छ । मृत्यु भएको स्थानबाट तीन घण्टा पैदलमा शव लिएर कर्णाली नदी छेउमा दाहसंस्कार गरिने स्थानीय नरेशकुमार शाहीले जानकारी दिनुभयो ।
नाइजेरियामा सडक दुर्घटनामा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार नाइजेरियाको राजधानी अबुजाको सडक दुर्घटनामा परेर ती नागरिकको ज्यान गएको हो ।
बेलायतकी दिवंगत महारानी एलिजावेथ द्वितीयाको सोमबार अन्त्येष्टि गर्न लागिएको छ । बेलायतको स्थानीय समय अनुसार बिहान ११ बजे उहाँको अन्तिम संस्कार राजकीय परम्पराका आधारमा वेस्टमिन्स्टर एबीमा सुरु गर्ने तालिका छ ।
बागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएसँगै आगामी कात्तिकबाट बागमती नदीमा सफा पानी बग्ने भएको छ ।
ओखलढुङ्गाका चार कैदीबन्दीको कैद मिनाहा गरिएको छ । आठौँ संविधान दिवसको अवसरमा जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका चार जना कैदीबन्दीको कैद मिनाहा गरिएको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनताको विकास समृद्धि र समुन्नतिप्रतिको अभिलाषा पुरा गर्न संविधानको पूर्ण कार्यान्वयन आवश्यक रहेको बताउनुभएको छ । धनगढीमा आयोजित संविधान दिवस २०७९ मुल समारोह कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले उक्त कुरा बताउनु भएको हो ।
सर्केगार्ड गाउँपालिका–६ को बराईगाउँमा महिलाले मात्र नाच्ने फुर्का नाचको संरक्षणमा महिलाहरू लागेका छन्। पछिल्लो पुस्ता सबै पढ्न लेख्न थालेपछि लोप हुने चिन्ता देखिएपछि महिला आफैँ यसको संरक्षणमा लागेका हुन्। स्थानीय जानकी ऐडीले जिल्लाका अन्यत्र गाउँमा महिलाले नाच्ने फुर्का नाचको संरक्षणमा गाउँका महिला जुटेका बताउनुभयो। उहाँले गाउँभरि पछिल्लो पुस्ताकी छोरीचेली सबै विद्यालय जान थालेपछि महिलाले नाच्ने फुर्का नाच हराउला भन्ने चिन्ताले यसको संरक्षणमा महिला आफैँ जुटेको बताउनुभयो।