गुल्मीमा ५५ वर्षीय एक ब्यक्ति मृत फेला पर्नुभएको छ । रेसुङगा नगरपालिका ८ मा रहेको आफनै फर्निचरमा ५५ वर्षीय टोपबहादुर राना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
पहिरोमा पुरिएर मृत्यु भएका तुर्माखाँद गाउँपालिका –५ नाडाको काँडाकोटका नौ जनाको आज सोमबार कर्णाली नदीमा परम्पराअनुसार सामुहिक दाहसंस्कार गरिने भएको छ । मृत्यु भएको स्थानबाट तीन घण्टा पैदलमा शव लिएर कर्णाली नदी छेउमा दाहसंस्कार गरिने स्थानीय नरेशकुमार शाहीले जानकारी दिनुभयो ।
नाइजेरियामा सडक दुर्घटनामा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार नाइजेरियाको राजधानी अबुजाको सडक दुर्घटनामा परेर ती नागरिकको ज्यान गएको हो ।
बेलायतकी दिवंगत महारानी एलिजावेथ द्वितीयाको सोमबार अन्त्येष्टि गर्न लागिएको छ । बेलायतको स्थानीय समय अनुसार बिहान ११ बजे उहाँको अन्तिम संस्कार राजकीय परम्पराका आधारमा वेस्टमिन्स्टर एबीमा सुरु गर्ने तालिका छ ।
बागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएसँगै आगामी कात्तिकबाट बागमती नदीमा सफा पानी बग्ने भएको छ ।
ओखलढुङ्गाका चार कैदीबन्दीको कैद मिनाहा गरिएको छ । आठौँ संविधान दिवसको अवसरमा जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका चार जना कैदीबन्दीको कैद मिनाहा गरिएको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनताको विकास समृद्धि र समुन्नतिप्रतिको अभिलाषा पुरा गर्न संविधानको पूर्ण कार्यान्वयन आवश्यक रहेको बताउनुभएको छ । धनगढीमा आयोजित संविधान दिवस २०७९ मुल समारोह कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले उक्त कुरा बताउनु भएको हो ।
सर्केगार्ड गाउँपालिका–६ को बराईगाउँमा महिलाले मात्र नाच्ने फुर्का नाचको संरक्षणमा महिलाहरू लागेका छन्। पछिल्लो पुस्ता सबै पढ्न लेख्न थालेपछि लोप हुने चिन्ता देखिएपछि महिला आफैँ यसको संरक्षणमा लागेका हुन्। स्थानीय जानकी ऐडीले जिल्लाका अन्यत्र गाउँमा महिलाले नाच्ने फुर्का नाचको संरक्षणमा गाउँका महिला जुटेका बताउनुभयो। उहाँले गाउँभरि पछिल्लो पुस्ताकी छोरीचेली सबै विद्यालय जान थालेपछि महिलाले नाच्ने फुर्का नाच हराउला भन्ने चिन्ताले यसको संरक्षणमा महिला आफैँ जुटेको बताउनुभयो।
‘सुखी र व्यवस्थित परिवार’ बनाउने चाहनाले यहाँका दम्पतीले परिवार नियोजनका साधनको प्रयोग बढाएको पाइएको छ। पछिल्लो तीन वर्षको अवधिमा अस्थायी परिवार नियोजनका साधन प्रयोग गर्ने दम्पतीको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। ग्रामीण क्षेत्रका दम्पतीमा समेत ‘सुखी र व्यवस्थित परिवार’ बनाउने चाहनाले स्थायी तथा अस्थायी साधनको प्रयोगकर्ता बढेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । केही वर्षअघिसम्म परिवार नियोजनका साधन प्रयोग गर्न हिच्किचाउने सेवाग्राहीले अहिले सहज रूपमा स्थायी तथा अस्थायी परिवार नियोजनका साधन प्रयोग गर्न थालेको कार्यालयको भनाइ छ।
कैलालीको भजनी नगरपालिकामा तेस्रो दिनसम्म अझै केही गाउँका घरहरू डुबानमै रहेका छन् । नदीहरूमै पानीको सतह धेरै नघटेकाले भजनी नगरपालिका–३ र ८ का केही गाउँ अझै डुबानमा रहेको छ । डुबानका कारण अझै पनि प्रभावितहरू घरसम्म जान सक्ने अवस्था नरहेको भजनी नगरपालिकाका प्रवक्ता विक्रम चौधरीले जानकारी दिनुभयो ।
गुल्मीमा खरको छाना विस्थापित गर्ने कार्यक्रमअन्तर्गत पाँच हजार २६७ घरमा जस्तापाता लगाइएको छ। आगलागी र मनसुनजन्य विपत्बाट जोगाउन सुरक्षित आवास निर्माणका लागि खरको छानो हटाएर जस्तापाता लगाइएको स्थानीय तहको तथ्याङ्कमा उल्लेख छ। मुसीकोट नगरपालिका गुल्मीमा कुल ९७४ घरमा भएको खरको छानोमा जस्ताको छानो फेर्नका लागि ९५४ घरमा जस्तापाता लगाएको नगरपालिकाले जनाएको छ। बाँकी २० वटा घरमा पनि जस्तापाता लगाउने कार्य अन्तिम चरणमा पुगेको र यसका लागि हालसम्म चार करोड चार लाख २० हजार रुपियाँ खर्च भएको सूचना प्रविधि अधिकृत समुद्रविक्रम रायमाझीले जानकारी दिनुभयो ।
दशैँसँग हामी सबै नेपालीको एकप्रकारको भावनात्मक सम्बन्ध छ। यसले हामीमा रौनक भर्ने काम गर्छ। दशैँमा कामकाजीको पनि लामो बिदा हुने भएकाले सबैलाई विशेष योजना बनाउने अवसर मिल्छ। महिलाहरू यो अवसरलाई लक्षित गर्दै विविध प्रकारका मेकअप गर्न रुचाउँछन्। कोही घरमै मेकअप गर्छन् भने कोही पार्लर धाउँछन्। सधैँभरि गरिने मेकअपबाहेक कन्सिलर, मेकअप करेक्टर, प्राइमर जस्ता सामग्री अहिलेका लागि नयाँ मानिन्छन्। यस्ता सामग्रीले जस्तोसुकै अनुहारलाई पनि चिटिक्क बनाउँछ। अहिले चलनमा आएका मेकअपमा मिनरल मेकअप, एअर ब्रस मेकअप, ब्राइडल मेकअप, करेक्टिभ मेकअप मुख्य छन्।
बाबुल गिरीको सङ्गीतमा गायकद्वय सुवास श्रेष्ठ र कृष्ण भट्टराईको स्वर रहेको गीत ‘पारा तात्या छ’को भिडियो रिलिज भएको छ। सागर लम्साल ‘बले’, गोपाल ढकाल ‘छन्दे’, श्रीदेव भट्टराई, समारिका ढकाल र स्मारिका ढकालको अभिनय रहेको भिडियोका निर्देशक सुव्रत आचार्य हुनुहुन्छ। जया शर्मा क्रिएटिभ निर्देशक तथा नीमबाबु तामाङको कोरियोग्राफी रहेको गीतको छायाङ्कनमा उत्सव दाहाल हुनुहुन्छ भने सम्पादन विकास दाहालले गर्नुभएको छ। हरि ठकुरी र भीमा श्रेष्ठ ‘भावना’ निर्माता रहेको म्युजिक भिडियोमा दिपेन गौतम ‘माइकल’को प्रोडक्सन डिजाइन रहेको छ।
‘किड्स अफ दी इयर इन्टरनेसनल–२०२२’ मा एकसाथ तीन विजेता छानिएका छन् । शनिबार सम्पन्न प्रतियोगितामा जुनियर र सिनियर गरी एकसाथ तीन विजेता छानिएका हुन् । प्रतियोगितामा ‘किड्स अफ दी इयर इन्टरनेसनल’ केटातर्फ विलिप मानन्धर बन्नुभयो भने फस्ट रनरअप सायन केसी, सेकेन्ड रनरअप विनिक खड्गी र थर्ड रनरअप मेवान देगम शाक्य घोषित हुनुभयो । त्यस्तै ‘किड्स अफ दी इयर इन्टरनेसनल–२०२२’ केटीतर्फ आराध्या विष्टले उपाधि चुम्नुभयो । प्रतियोगितामा इलियाना वैद्य फस्ट रनरअप, हर्षिका खड्का सेकेन्ड रनरअप र उत्सुक्ता श्रेष्ठ थर्ड रनरअप हुनुभयो ।