• १६ भदौ २०८१, आइतबार

एउटै स्टेजमा छानिए तीन विजेता

blog

काठमाडौँ, असोज ३ गते । ‘किड्स अफ दी इयर इन्टरनेसनल–२०२२’ मा एकसाथ तीन विजेता छानिएका छन् । शनिबार सम्पन्न प्रतियोगितामा जुनियर र सिनियर गरी एकसाथ तीन विजेता छानिएका हुन् ।

प्रतियोगितामा ‘किड्स अफ दी इयर इन्टरनेसनल’ केटातर्फ विलिप मानन्धर बन्नुभयो भने फस्ट रनरअप सायन केसी, सेकेन्ड रनरअप विनिक खड्गी र थर्ड रनरअप मेवान देगम शाक्य घोषित हुनुभयो । त्यस्तै ‘किड्स अफ दी इयर इन्टरनेसनल–२०२२’ केटीतर्फ आराध्या विष्टले उपाधि चुम्नुभयो । प्रतियोगितामा इलियाना वैद्य फस्ट रनरअप, हर्षिका खड्का सेकेन्ड रनरअप र उत्सुक्ता श्रेष्ठ थर्ड रनरअप हुनुभयो ।

प्रतियोगितामा ‘किड्स अफ दी इयर इन्टरनेसनल–२०२२’ सिरिनयर केटीतर्फको उपाधि भने शिखा मानन्धरले हात पार्नुभयो । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको प्रतियोगितामा सातदेखि १३ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता थियो ।