• १३ साउन २०८१, आइतबार

सौन्दर्यको राज

blog

काठमाडौँ, असोज ३ गते । दशैँसँग हामी सबै नेपालीको एकप्रकारको भावनात्मक सम्बन्ध छ। यसले हामीमा रौनक भर्ने काम गर्छ। दशैँमा कामकाजीको पनि लामो बिदा हुने भएकाले सबैलाई विशेष योजना बनाउने अवसर मिल्छ। महिलाहरू यो अवसरलाई लक्षित गर्दै विविध प्रकारका मेकअप गर्न रुचाउँछन्। कोही घरमै मेकअप गर्छन् भने कोही पार्लर धाउँछन्। सधैँभरि गरिने मेकअपबाहेक कन्सिलर, मेकअप करेक्टर, प्राइमर जस्ता सामग्री अहिलेका लागि नयाँ मानिन्छन्। यस्ता सामग्रीले जस्तोसुकै अनुहारलाई पनि चिटिक्क बनाउँछ। अहिले चलनमा आएका मेकअपमा मिनरल मेकअप, एअर ब्रस मेकअप, ब्राइडल मेकअप, करेक्टिभ मेकअप मुख्य छन्। 

मिनरल मेकअप गर्ने तरिका

लुज बेस मिनरल मेकअप : लुज बेस मिनरल मेकअपमा पाउडरदेखि आइस्याडोसम्म पाउडर फर्ममा रहन्छ। लुज मिनरल मेकअपमा प्रेस्ड मिनरल पाउडर प्रयोग गर्नुपर्छ। पसिना आउनेका लागि यो मेकअप निकै लाभदायक मानिन्छ। यसमा गाजल तथा आइस्याडो पनि प्रयोग गर्न सकिन्छ। यसका अनेकौँ सेड बजारमा उपलब्ध छन्। लुज बेस मिनरल मेकअपका साथमा लिक्विड लिपस्टिक तथा लाइनर प्रयोग गर्न सकिन्छ।

लिक्विड तथा क्रिमबेस मेकअप : पाउडर बेसका अतिरिक्त लिक्विड तथा क्रिम बेस मिनरल मेकअप पनि गर्न सकिन्छ। यसमा फाउन्डेसन, कन्सिलर, आई पेन्सिल, लिपस्टिक तथा आइस्याडो प्रयोग गरिन्छ। यसले लाइट मेकअपका साथमा क्याची लुक दिन्छ। यो मेकअपमा सबैभन्दा पहिले पाउडर प्रयोग गरेपछि त्यसमाथि लिक्विड बेस फाउन्डेसन लगाउनुपर्छ। त्यसैगरी लिक्विड टु आइलाइनर गाजल प्रयोग गर्नुपर्छ। क्रिमी आइस्याडोमा ब्लस बेस प्रयोग गर्न सकिन्छ। यसका साथमा क्रिमी लिपस्टिक लगाइन्छ।

मिनरल मेकअपमा प्रयोग हुने प्रसाधन : यसमा फिनिसिङ पाउडर, पाउडर बेस गाजल, ग्लो मिनरल, ग्लो प्राटेक्टिभ, सिर मिनरल पाउडर, मिनरल हाइलाइट पाउडर, मिनरल चेक कलर तथा आई कलर पाइन्छ। त्यसैगरी लिक्विडमा लिक्विड टु क्रिम मिनरल फाउन्डेसन, कन्सिलर, क्रिम मिनरल बेस ब्लस, क्रिम मिनरल ब्रान्ज तथा क्रिमी लिपस्टिक आदि हुन्छन्।