नेपालका हरेक चाडपर्वको आफ्नै किसिमको विशेषता छ । फरक–फरक चाड पर्वमा नेपालीले खाने परिकार पनि फरक–फरक हुने गर्दछ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा विश्व व्यापीरुपमा देखा परेको समस्या समाधान गर्न सामूहिक पहल जरुरी रहेको बताउनु भएको छ।
लोकप्रिय गायक राजेश पायल राईको स्वरमा ‘ख्याल ठट्टा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गीतकार सुधा मरहट्ठाको शब्द, शंकर थापा 'स्माइल'को सङ्गीत छ । गीतलाई उदय राज पौडेलले सङ्गीत संयोजन गर्नुभएको हो ।
जिल्लाको तानसेन–१२ लुहुङ्मा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । बिहीबार दिउँसो लु १ ख ८३६१ नम्बरको बसले ठक्कर दिँदा तानसेन–१२ की ७७ वर्षीया पुतली विश्वकर्माको मृत्यु भएको हो ।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले बिहीबार पदभार ग्रहण गर्नुभएको छ । बुधबार लुम्बिनीको मुख्यमन्त्री पदमा नियुक्त हुनुभएको गिरीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
सातौँ झिल्टुङ क्रसकन्ट्री दौड माघ १४ गते नुवाकोट र गोल्डेन एथलेटिक्स मिट माघ २० र २१ गते काठमाडौंको दशरथ रङ्गशालामा हुने भएको छ ।
आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैङ्कका तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालले वाणिज्य बैङ्कहरूको चुक्ता पुँजी आठ अर्ब पुर्याउने पर्ने व्यवस्था गर्नुभयो । यसका लागि २०७४ असार मसान्तसम्मको समय दिइएको थियो ।
हरित रङ्गको पुच्छ्रेतारा ५० हजार वर्षपछि पृथ्वीबाट अवलोकन गर्न सकिने भएको छ।
कपिलवस्तुमा सञ्चालित १५ क्रसर उद्योगलाई बन्द भएका छन् । मापदण्ड विपरीतका अवैधानिक क्रसर उद्योग बन्द गर्न गत पुस २० गते गृह मन्त्रालयले ७७ वटै प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो ।
नेपाल प्रेस युनियनको सुदूरपश्चिम प्रदेश समिति अध्यक्षमा पत्रकार मनमोहन स्वाँर निर्विरोध निर्वाचित हुनुभएको छ । धनगढीमा भएको प्रदेश समितिको प्रथम अधिवेशनबाट उहाँ अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको हो ।
नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा भएको छ । गृह मन्त्रालयले बिहीबार १७ डीआईजीको सरुवा गरेको हो ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले सेवाग्राहीलाई गुनासोरहित सेवा प्रवाह गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।
स्पेनिस पावर हाउस रियल म्याड्रिड स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । साउदी अरबको रियादमा बुधबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
टीकापुर घटना राजनीतिक रहेको प्रस्ताव गाउँ सभाबाट सर्वसम्मतले पारित भएको छ।
सन् २०२४ मा फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक खेलकुद अन्तर्गत नेपालको महिला फुटबल एसिया छनोटको समूह ‘सी’ मा परेको छ ।