नेवार समुदायमा तीन सय वर्ष पुरानो ऐतिहासिक हनुमान नाच बेनीमा प्रदर्शन गरिएको छ । बिहीबारदेखि सुरु भएको सातौँ म्याग्दी महोत्सवका अवसरमा नेवार समुदायका युवाहरूले बजारमा हनुमान नाच देखाएका हुन् ।
नेकपा (एमाले) का नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्दै हुनुहुन्छ ।
कतार विश्वकप पछि लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि गोल गर्नुभएको छ । फ्रेन्च लिग वान फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई २–० गोलले हरायो ।
कोरियाबाट नेपाल ल्याइएका उन्नत नस्लको धेरै दूधदिने गाईको बाच्छी चितवन आइपुगेको छ । दूधमा आत्मनिर्भर बनाउन नेपाल सरकारले कोरियाबाट उन्नत जातको गाईका बाच्छी ल्याइएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्सले भेट गर्नुभएको छ । राजदूत प्रिन्सले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगी प्रधानमन्त्रीसँग भेट गर्नुभएको हो ।
विभागीय टोलीको एपीएफ क्लब मकवानपुरको फापरबारीमा जारी पाँचौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । जनता माविको खेल मैदानमा बुधबार भएको खेलमा एपीएफ क्लबले मच्छिन्द्र क्लबलाई १–० गोलले हरायो ।
बागमती प्रदेशको सभामुखका लागि तीन जनाको उम्मेदवारी परेको छ । सभामुखका लागि सत्ता गठबन्धनका भुवन पाठक, नेपाल कांग्रेसका शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सृजना सायजुले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
नेपाल रत्न तथा आभूषण सङ्घले आयोजना गर्न लागेको फेसन रनवेमा शो–स्टपरको रुपमा भाग लिन अभिनेत्री अरोरा काठमाडौं आउनुभएको हो ।
अभिनेता पल शाहको जबरजस्ती करणीविरुद्धको मुद्दाको सुनुवाइ माघ ३ गते हुने भएको छ । पटक–पटक स्थगित हुँदै आएको उक्त मुद्दाको सुनुवाइका लागि पेशी तोकिएको तनहुँ जिल्ला अदालतले जनाएको छ ।
पेरुको सामुद्रिक किनारमा अस्वाभाविक रुपमा छाल बढेपछि एक जनाको ज्यान गएको छ । त्यसलगत्तै यहाँ रहेका कम्तीमा पनि ८५ ओटा बन्दरगाह बन्द गराइएको नेसनल इन्स्टिच्युट अफ सिभिल डिफेन्सले जानकारी दिएको छ ।
अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । गत मङ्गलबारबाट सो आँधी सुरु भएको र बुधबार बिहानसम्म ज्यान जानेको सङ्ख्या १७ पुगेको बताइएको छ ।
निशान भट्टराई र श्रेया सोताङको स्वर, रवि मल्लको शब्द र कल्याड सिंहको सङ्गीत रहेको गीतकाे कोरियोग्राफी कविराज गहतराजले गर्नुभएको हो ।
मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भई मतपरिणाम आएसँगै सातै प्रदेश सरकारमा नयाँ मुख्य मन्त्रीहरू नियुक्त भई सक्नु भएको छ । बिहीबारसम्ममा सातै प्रदेशमा मुख्यमन्त्रीले नियुक्तिसँगै विश्वासको मत लिने क्रम सुरु भएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण केही दिनभित्रै सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ ।
मुगाल भाषा