नेकपा (एमाले)का नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री बनेसँगै कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्व सरकारको कार्यकाल टुङ्गिएको छ ।
राष्ट्रिय सभाको रिक्त रहेको सदस्य पदको उपनिर्वाचनमा भाग लिन अहिलेसम्म दुईवटा दलले मात्रै निवेदन दिएका छन् । दल द
३०१औँ पृथ्वी जन्यती गोरखामा भव्यताका साथ मनाइएको छ । गोरखा नगरपालिका र नेपाली सेनाको संयुक्त आयोजनामा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइएको हो
पृथ्वी जयन्तीका अवसरमा बुटवलमा पृथ्वीनारायण शाहको सालिक निर्माण गरिने भएको छ । बुटवल उपमहानगरपालिका–१० स्थित कालिका नगरमा पृथ्वीनारायण मार्गअगाडि पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक निर्माण गर्न शिलान्यास गरिएको हो ।
कर्णाली प्रदेश सभाको दोस्रो बैठकले सभामुख र उपसभामुख चयनको मिति तय गरेसँगै भावी सभामुखका बारेमा चर्चा हुन थालेको छ । सभामुख चयनका लागि ज्येष्ठ सदस्य नेपाल कम्युनिस्ट पार्टी एमालेका विनोदकुमार शाहले आगामी माघ १ गते दिउँसो १ बजे बैठक बोलाउनुभएको छ ।
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिनुहुने भएको छ । मुख्यमन्त्रीमा मङ्गलवार नियुक्त हुनुभएका माओवादी केन्द्रका शर्माले आज शपथ लिन लाग्नु भएको हो ।
नेपालमा मानव बेचबिखनका घटनाको तुलनामा कानुनी प्रक्रियामा जानेको सङ्ख्या निकै कम रहेको पाइएको छ । गत आर्थिक वर्षमा नेपालभर ४० हजार तीन सय मानव बेचबिखनका घटना भएकामा कानुनी प्रक्रियामा जाँदा १३४ वटा मात्रै मुद्दा प्रक्रियामा गएको पाइएको हो ।
पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ ।
नेपाल टेलिकमले आजदेखि लागू हुने गरी विन्टर अफर उपलब्ध गराउने भएको छ । कम्पनीले पहिला उपलब्ध गराइरहेको ‘अटम अफर’लाई ग्राहकको रुचिअनुसार परिमार्जन गरी थप आकर्षक बनाएर ‘विन्टर अफर’ उपलब्ध गराउन लागेको हो ।
दक्षिण कोरियाबाट ल्याइएका उन्नत नश्लका गाईका बाच्छी चितवन ल्याइपु-याइएको छ । दूधमा आत्मनिर्भर बनाउन नेपाल स
मुलुककै लागि जटिल समस्या तथा चुनौती बनेको लागूऔषध नियन्त्रण गर्न स्थानीय तहले औपचारिक रूपमै अभियान सञ्चालन गरेको छ ।
रौतहटको बौद्धिमाई नगरपालिकाको नगर सभा नहुनाले नगरको विकास निर्माण कार्यलगायतका कामकाज प्रभावित भएका छन् ।
प्रदेश १ प्रदेश सभाको सभामुख पदमा एकल उम्मेदवारी दर्ता भएको छ । पुस २८ गते हुने सभामुखको निर्वाचनका लागि म
मुगुका अधिकांश महिलामा पाठेघर खस्ने समस्या देखिएको छ । किशोरी अवस्थामै आमा बन्ने, गर्भवती र सुत्केरी अवस्थामा पनि शरीरलाई भार हुने गरी काम गर्नुपर्ने बाध्यता र पर्याप्त पोषणयुक्त खानाको अभावले मुगुका महिलामा पाठेघरको समस्या बढी देखिएको पाइएको हो ।
सुरक्षित आवास गृह नहुँदा वर्षौंदेखि समस्यामा पर्दै आएका हिंसा पीडित महिलाका लागि जिल्लामै पहिलो पल्ट पुनस्र्थापना केन्द्रको स्थापना गरिएको छ । सूर्योदय नगरपालिकाको कन्याममा स्थापना गरिएको यो केन्द्रको सूर्योदय नगरपालिका आफैँले निर्माण गरेको हो ।