बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नियुक्ति भएको एक साताभित्रै विश्वासको मत लिने तयारी थाल्नुुभएको छ ।
चार प्रदेशले बुधबार मुख्यमन्त्री पाएका छन् । मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री पाएका हुन् ।
बुधबारदेखि सुरु भएको ११औँ संस्करणको पोखरा महोत्सवको प्रदर्शनीमा राखिएको पहाडे वास्तुकला झल्काउने नमूना घर । तस्बिरः रामबहादुर थापा/रासस
उमेर, तौल, रक्तचाप, शारीरिक अवस्थालगायतका कारण आउन सक्ने जोखिमलाई ख्याल नगरी स्थानीय स्वास्थ्य चौकीमै प्रसूति उपचार गराउँदा पाँचथरमा एक ‘किशोरी–सुत्केरी’को ज्यान गएको पाइएको छ ।
पृथ्वीनारायण शाहको १३१ औँ जन्मजयन्तीको अवसरमा झापाको चारआलीस्थित श्री नयाँ गणको सेनाको टुकडीले सलामी दिएको छ।
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रनिर्माण पृथ्वीनारायण शाहबाट भएको भूमिका बारेमा कसैले विवाद गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ।
पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचार नियन्त्रण गर्न, विकास निर्माणको कामलाई गति दिने आशा र अपेक्षासहित आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको बताउनुभएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसलाई राष्ट्रले उत्सवका रूपमा मनाउनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का राजेन्द्रसिंह रावल नियुक्त हुनुभएको छ ।
सार्वजनिक बिदाको दिन अनुमति नलिई चलाएका ४ सरकारी सवारी साधन कपिलवस्तु ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारी सवारी साधनको दुरुपयोग भएको देखिएपछि त्यसलाई निरुत्साहित गर्न निर्देशन दिएको कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताउनुभयो ।
उपत्यकामा काम विशेषले बस्ने थारु समुदायले दुई दिने थारु माघी महोत्सव २०७९ मनाउने भएका छन् । पुस ३० र माघ १ गते टुँडिखेलमा हुने महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुहुनेछ ।
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का राजकुमार शर्मा नियुक्त हुनु भएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट विद्यार्थी सङ्गठनका नेताहरूलाई स्ववियु निर्वाचनमा जुट्नुपर्ने बताउनुभएको छ ।
पेरुमा सरकार विरोधी प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि एक जना प्रहरी अधिकृतको ज्युँदै जलाएर हत्या गरिएको छ । पूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई अपदस्थ गरेपछि भड्किएको हिंसात्मक प्रदर्शनमा ४७ जना मारिएका छन् ।