लुम्बिनी प्रदेश सरकार स्थापना भएको पहिलो पाँच वर्षमा लुम्बिनी प्रदेशमा ७४९ किलोमिटर सडक कालोपत्रे भएको छ ।
कर्मचारीको आन्दोलनका कारण धनुषास्थित नगराइन नगरपालिकाको सम्पूर्ण कामकाज एक महिनाभन्दा बढी समयदेखि ठप्प छ ।
हिमाली जिल्ला हुम्लामा खच्चडबाट इन्धन ढुवानी भइरहेको छ । राष्ट्रिय सडक सञ्जाल नजोडिएका कारण दक्षिणी क्षेत्रका तीन स्थानबाट माथिल्लो हुम्लाका लागि डेढदेखि दुई दिन लगाएर खच्चडबाट ढुवानी इन्धन ढुवानी गर्नु परिरहेको हो ।
जाजरकोटको भेरी नगरपालिका–३ का खड्कबहादुर केसीलाई राज्यले ज्येष्ठ नागरिकलाई के के सुविधा दिएको छ भन्नेबारे कुनै जानकारी छैन । राज्यबाट पाउने सुविधाबारे बेखबर हुँदा ७५ वर्षीय केसी सेवा प्राप्त गर्नबाट वञ्चित हुनुहुन्छ ।
नेपालगञ्ज उपमहानगरले बालबालिकामा तीव्र गतिमा दादुरा सङ्क्रमण फैलिन थालेपछि दुई दिन सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
प्रदेश १ प्रदेश सभाको सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । प्रदेश सभाको सभामुख पदका लागि निर्धारित समयमा गौतमको मात्रै उम्मेदवारी परेको थियो । बिहीबारको प्रदेश सभा बैठकमा सभामुखको भूमिकामा रहनुभएका ज्येष्ठ सद
आउँदो माघ ८ गतेका लागि निर्धारित राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा भाग लिन आठवटा राजनीतिक दलले निवेदन दर्ता गराएका छन् । निर्वाचन आयोगले उपनिर्वाचनका लागि पुस २५ गतेदेखि २८ गतेको समयसीमा निर्धारण गरेको थियो ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले १२.५० प्रतिशत लाभांश दिने भएको छ । बैङ्कको बिहीबार राजधानीमा सम्पन्न
गत सात वर्षदेखि निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको पशुपति चौलागाईं स्मृति अस्पतालले आगामी माघ महिनाबाट सेवा शुल्क लिने भएको छ । दोलखा सदरमुकाम चरीकोटमा रहेको अस्पतालले सूचना जारी गर्दै माघ १ गतेबाट शुल्क लिने जनाएको हो । अस्पताल सञ्चालन एवं व्यवस्थापन समितिको निर्ण
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले विगतमा भएका भ्रष्टाचारसम्बन्धी घटनालाई छानबिन गरेर कानुनी दायरामा ल्याइने बताउनुभएको छ ।
विशेष अदालत काठमाडौँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई भ्रष्टाचारमा दोषी ठहर गर्दै तीन वर्ष तीन महिना कैद गर्ने फैसला सुनाएको छ ।
पुस्तक छपाइ गर्न गुणस्तरहीन कागज ल्याएको भन्दै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले फिर्ता गरेको कागज सप्लायर्स कम्पनीले पुनः जनक शिक्षामै ल्याएपछि चार ट्रक कागज प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०७८/७९ को मुनाफा रकममध्येबाट प्रति शेयर ४० रुपैयाँका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ।
सेना प्राड विवाक स्थापनाको ६०औं वार्षिकोत्सवको अवसरमा जंगी अड्डामा आयोजित सेना प्राड विवाक सेमिनार २०७९ सम्पन्न भएको छ । प्रधान सेनापति प्रभुराम शर्माले बिहीबार सेमिनार समापन गर्नुभयो ।
सुनसरीको कोशी गाउँपालिका क्षेत्रमा कोशीटप्पु वन्यजन्तु आरक्षका अर्ना र हात्तीको आतंक कायमै रहेको छ । जंगली जनावरको आंतक जारी रहँदा स्थानीयहरु त्रसित बनेका छन् ।