सुदूरपश्चिम प्रदेश सभामुखको निर्वाचन अनिश्चित बनेको छ । दलहरुबीच सहमति हुन नसकेपछि सभामुखको निर्वाचन अनिश्चित बनेको हो । पहिलो चरणको निर्वाचनबाट सभामुख चयन हुन नसकेपछि पुनः निर्वाचनका लागि शुक्रबार बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाइएको थियो ।
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेश संसदमा विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेश सभाको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि संसदमा प्रस्ताव पेस गर्नुभएकोमा उहाँको पक्षमा ३१ मत परेको छ ।
चलचित्र निर्माता सङ्घका अध्यक्ष नवल खड्काले विदेशी फिल्म नेपालमा भित्र्याउँदा उनीहरूबाट किनेर ल्याएको मूल्य अनुसारको कर लागू गर्न चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई आग्रह गर्नुभएको छ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले युट्युब पत्रकारहरूले सिनेमाको दृश्य पहिल्यै खिचेर सार्वजनिक गरिदिँदा निर्माताहरूलाई मर्का परेको बताउनु भएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीमा विगतको समीक्षा गर्दै अघि बढ्नुपर्ने आवश्यक रहेको बताउनुभएको छ।
रचना रिमाल र भीम दोर्जे तामाङको स्वरमा रहेको दिलराजा बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीलाई निराशा हुन नदिने गरी काम गर्ने बताउनुभएको छ।
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माण कार्यलाई महत्त्व दिएर उद्योगको रूपमा स्थापित गर्ने गरी सकारात्मक भूमिका खेल्न जरुरी रहेको बताउनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले देश समाजवादी क्रान्ति र रूपान्तरणको नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ।
बागमती प्रदेशको प्रदेश सभाका सभामुख भुवन पाठकले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।
नेपाल खानेपानी संस्थान कार्यालय सप्तरीले वितरण गर्दैआएको खानेपानीको पाइप लामो समयदेखि मर्मत नहुँदा पानी खान नपाएरै विल तिर्नुपरेको सेवाग्राहीले गुनासो गरेका छन् ।
नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०७९-८० को पहिलो पाँच महिनाको तथ्याङ्क शुक्रबार सार्वजनिक गरेको छ । सार्वजनिक तथ्याङ्क अनुसार देशको अर्थतन्त्रको अवस्था सुधार देखिएको छ ।
गुल्मीमा शनिबार दोस्रो जिल्लास्तरीय आईटिएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ। जिल्ला आईटिएफ तेक्वान्दो सङ्घ गुल्मीको आयोजनामा दोस्रो जिल्लास्तरीय आईटिएफ तेक्वान्दो प्रतियोगिताको आयोजना हुन लागेको हो।
राष्ट्रिय सभाका सांसद वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिनुभएकोमा नेपाली कांग्रेसलाई धन्यवाद दिनुभएको छ।
बागलुङको जैमिनी नगरपालिका –५ बिनामारेको एउटा अक्करे भिरमा रहेको पहरोमा शङ्ख आधारको ढुङ्गा छ । जसलाई स्थानीयले शंखे पहरोको नामले पहिचान गरेका छन् ।