घरेलु टोली पाकिस्तानविरुद्ध तीन खेलको एकदिवसीय सिरिज न्युजिल्यान्डले जितेको छ । कराँचीस्थित नेशनल स्टेडियममा शुक्रबार राति सम्पन्न तेस्रो तथा अन्तिम खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई दुई विकेटले हरायो । यससँगै पाहुना टोली न्युजिल्यान्डले सिरिज २–१ ले जितेको हो ।
सुदूरपश्चिम प्रदेशको सभामुख चयनका लागि पुनः चुनाव हुने भएको छ ।
तनहुँको एक पालिकालाई जिल्लामै पहिलो बालश्रम मुक्त घोषण गरिएको छ । तनहुँको म्याग्दे गाउँपालिका बालश्रम मुक्त घोषणा भएको हो ।
इङ्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले लिड्स युनाइटेडमाथि जित निकालेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा एस्टन भिल्लाले लिड्स युनाइटेडलाई २–१ गोलले हरायो ।
गायिका समीक्षा अधिकारी र गायक कृष्ण काफ्लेको स्वरमा ‘भमरा’ बोलको गीत सार्वजनिक भएको छ ।
इन्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गर्दै जापानी प्रधानमन्त्री फुमियो किशिदाले शुक्रबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति बाइडेनसँग भेट गर्नु भएको छ ।
गण्डकी प्रदेश सभाको सभामुखका लागि आज (शनिबार) निर्वाचन हुँदैछ । त्यसका लागि संसद् सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ ।
तस्कर र प्रहरीबीच विवाद हुँदा प्रहरी सहायक निरीक्षकसहित दुई प्रहरी घाइते भएका छन् । सीमा प्रहरी चौकी छतवाबाट खटेका प्रहरी गस्ती टोलीले विश्रामपुर गाउँपालिका १ कल्याणपुर बोर्डर नजिकै भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेको समान चेकजाँच गर्ने क्रममा शुक्रबार साँझ तस्करसँग सामान्य विवाद भएको थियो ।
सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरस्थित लखन्देखी खोलामा मनपरी उत्खनन् गर्ने दुई जेसिबी र नौ वटा टिपर प्रहरीले नियन्त्रणमा लिएको छ ।
भ्रमणमा रहेका इरानी विदेशमन्त्री होसेन अमीर–अब्दुल्लाहियानले आफ्नो देशले ऊर्जा उत्पादन गर्न मद्दत गर्नका निम्ति लेबनानको पावर प्लान्टहरूको पुनर्स्थापना गर्न मद्दत गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
अदालतको आदेशअनुसार असुल हुनुपर्ने दण्ड जरिवाना, क्षतिपूर्ति तथा सम्पत्ति जफतलगायतका विवरण अब एकीकृत सफ्टवेयरमा समेटिने भएका छन् ।
कलानेपाली समाजमा यौन एउटा अदृश्य ऐना हो, जहाँ सबै कुरा छर्लङ्ग देखिन्छ तैपनि सबै कुरा लुकाइन्छ । लुकाइँदा–लुकाइँदै कतिपय संस्कारयु
मेजर सुरथबहादुर बस्नेत सेनाबाट अवकाश हुँदा उनका तीनवटै छोरी विवाह गर्ने उमेरमा टेकिसकेका थिए । टोलछिमेकमा उनको निकै फूर्ति
अन्तःसंवेदना कृति नेपाली साहित्यका बहुमुखी प्रतिभा राजेन्द्र सुवेदी (वि.सं.२००२ –२०७८)द्वारा रचना गरिएको उहाँको जीवनकालकै अन्तिम पुस्तकाकार