• ९ मंसिर २०८१, आइतबार

सामुद्रिक किनारको छाल बढेपछि एकको मृत्यु, ८५ बन्दरगाह बन्द

blog

लिमा, पुस २८ गते । पेरुको सामुद्रिक किनारमा अस्वाभाविक रुपमा छाल बढेपछि एक जनाको ज्यान गएको छ । त्यसलगत्तै यहाँ रहेका कम्तीमा पनि ८५ ओटा बन्दरगाह बन्द गराइएको नेसनल इन्स्टिच्युट अफ सिभिल डिफेन्सले जानकारी दिएको छ । उक्त इन्स्टिच्युटका अनुसार बुधबार यहाँको समुद्रमा अकस्मात् छाल बढेको थियो ।

पहिलेको किनारा नाघेरै माथि आउन थालेपछि सामुद्रिक किनारमा रहेका बन्दरगाहहरु नै बन्द गराइएको सो इन्स्टिच्युटले जनाएको छ ।आँधी आउन सक्ने सम्भावना भन्दै ती बन्दरगाह यही जनवरी १६ तारिखसम्मका लागि बन्द गराइएको सूचना पनि यहाँका सरकारी अधिकारीहरुले दिएका छन् ।

पेरुको उत्तरपश्चिमी सामुद्रिक किनारमा यस्तो छाल बढेको हो । त्यस क्रममा सो सामुद्रिक किनारमा माछा मारिरहेका एकजना ७० वर्षीय व्यक्तिलाई छालले बगाएर समुद्रमा मिसाएको थियो ।

सरकारी निकायले सूचना प्रकाशन गरेर समुद्रको छाल बढेकोले केही दिनसम्म यसको किनारमा नजान र माछा मार्ने या अन्य कार्यहरु समुद्र किनारमा नगर्न भनेको छ । रासस/सिन्ह्वा