• ८ असार २०८१, शनिबार

गैँडा र पाटे बाघ मृत फेला

blog

शालिग्राम नेपाल 

चितवन, पुस २८ गते । चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र पाटे बाघ मृत अवस्थामा फेला परेका छन् । चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर अन्तर्गत वुधबार निकुञ्जको नियमित गस्ती टोलीले कछुवानी पोष्टको नजिकै निकुञ्जको कोर क्षेत्रमा एकसिङ्गे गैँडा मृत अवस्थामा फेला परेको हो ।

अन्दाजी पाँच वर्षको मृत गैँडाको खाग र खुर सुरक्षित रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । बाघको आक्रमणबाट गैँडा मरेको निकुञ्जले जनाएको छ । 

यस्तै, नवलपरासीको अमलटारी सेक्टर अन्तर्गत निकुञ्जको कोर क्षेत्रमा पर्ने चम्पा सालघारी क्षेत्रस्थित नारायणी नदीको बगर क्षेत्रमा पाटे बाघ मृत अवस्थामा भेटिएको छ । अन्दाजी १५ वर्षको भाले बाघ प्राकृतिक कारणले मरेको हुनसक्ने सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । निकुञ्जको विवरणअनुसार साउन यता प्राकृतिक कारणले ८ वटा गैँडा मरेका छन् ।