बढ्दो सवारी दुर्घटना तथा सडकको दयनीय अवस्थाका कारण पछिल्ला दिनमा सडक सुरक्षा नेपालका लागि चिन्ताको विषय बनेको छ। करिब १० वर्षमा सडक यातायातको विकासमा उल्लेख्य प्रगति भएको देखिन्छ। खासगरी सङ्घीयतापछि स्थानीय सरकारको पहिलो प्राथमिकतामा सडक निर्माण प-यो। देशभर करिब एक लाख किलोमिटर सडक सञ्जाल रहेको बताइएको छ। त्यसमध्ये झन्डै ७० प्रतिशत धुले सडक छन्।
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेलले राष्ट्रपतिका लागि उम्मेदवारी दिएसँगै उहाँको गृह जिल्ला तनहुँमा खुसियाली छाएको छ। उहाँ कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपालगायत विभिन्न पार्टीको सहमतिमा राष्ट्रपतिको उम्मेदवार बन्नुभएको हो।
ठेकेदारले अनेक बहानाबाजी गर्दा सर्लाहीमा पूर्व–पश्चिम हुलाकी सडकको निर्माण ठप्पजस्तै बनेको छ। सडकको काम अलपत्र छाडिँदा हावाहुरीको मौसममा स्थानीय बासिन्दा र यात्रु धुलोको मार खेप्न बाध्य भइरहेका छन्। सर्लाहीखण्डको ४२ किलोमिटर हुलाकी सडक पाँच वर्षभित्र कालोपत्रे गर्ने गरी २०७३ सालमै तीनवटा प्याकेजमा ठेक्कामा लगाइएको थियो। ठेक्का लागेको छ वर्ष बितिसक्दा पनि सडक कालोपत्रे हुन नसक्दा सर्वसाधारणले हैरानी खेप्नु परेको हो। सडकको केही स्थानमा पहिलो चरणको अलकत्रा हालिए पनि धेरैजसो ठाउँ धुलाम्मे अवस्थामा छ।
लहानको मुख्य चोकमा नालाको फोहोर पानी नबग्दा दुर्गन्ध फैलिएको छ। नालाबाट निरन्तर फोहोर पानी नबग्नु ठूलो समस्या भएको लहान–१ का शङ्करप्रसाद गुप्ताले बताउनुभयो। उहाँका अनुसार नाला सफा गरेको दुई/चार दिनमै फेरि नाला पुरिने गरेकोले यस्तो समस्या भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार बनेसँगै मुुलुकी राजनीतिमा दूरगामी प्रभावका अभ्यास अगाडि बढ्दै छन् । संसद्बाट लगभग सबैजसो सांसदको विश्वासको मत प्राप्त गर्न सक्नु संसदीय अभ्यासकै नवीन कडी थियो । विश्वासको मत प्राप्तिमा नयाँ आयाम रचेसँगै प्रधानमन्त्री प्रचण्डले देशको अहिलेको कठिन घडीको गम्भीर विश्लेषण गरेको हुनुपर्छ । त्यसैले उहाँले महत्त्वपूर्ण विषयमा राष्ट्रिय सहमतिको मुद्दालाई प्रमुखताका साथ अगाडि बढाउनुभएको छ । प्रधानमन्त्रीको यो कदमलाई महत्त्वपूर्ण र दूरगामी कदम मानिँदै छ । सतहमा अहिले यसको ठूलो महत्त्व देख्न कतिपयले नचाहे पनि नेपालजस्तो मुलुकमा राष्ट्रिय सहमतिको महत्त्व समयक्रमले प्रमाणित गर्दै जानेछ । अनेक कारणको विश्लेषण गरेर नै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको मुद्दालाई निकै प्रमुखतासाथ उठाउनुभएको हुनुपर्छ । त्यस क्रममा राष्ट्रप्रमुख सहमतिबाटै हुनुपर्ने प्रधानमन्त्री प्रचण्डको दृढ अडान र पहल इतिहासले रेखाङ्कन गर्न सक्ने गरी अगाडि बढ्दै छ ।
राष्ट्रपतिको निर्वाचन सम्मुखमा छ । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्तासमेत सकिएको छ । नेपाली काँग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)ले पार्टी नेता सुवासचन्द्र नेम्वाङको उम्मेदवार मनोनयन दर्ता गराएको छ । कुन दलबाट राष्ट्रपति हुने भन्ने कुरासमेतले राजनीतिक शक्तिबीच राम्रै रस्साकस्सी सिर्जना गरेको थियो । साना र ठूला सबै पार्टीभित्र आन्तरिक अनि अन्तरपार्टी छलफल लगातार चलेका थिए । यो केवल राष्ट्रपतिको मात्र निर्वाचन होइन, यसले बाँकी सत्ता समीकरण, सहजीकरण अनि आगामी राजनीतिक कोर्षलाई समेत नयाँ ढाँचा दिन्छ ।
नेपाली समाजमा सापेक्षता र निरपेक्षताका विषयमा चर्को विवाद छ । सापेक्ष वा निरपेक्ष भन्दै जसरी मुद्दा उठाउने गरिएको छ, यो विषय आफैँमा गहन र विवादास्पद छ । सबैले बुझ्नुपर्ने भनेको राजनीतिक नाराका लागि निरपेक्षताको घोषणा गरिए पनि यसको ताìिवक अर्थ र मर्म फरक छ । निरपेक्ष भनिए पनि कुनै पनि कुरा सापेक्षताको अभ्यास र विशेषताबाट गौण हुँदैन । मानव समाजको आफ्नै नीति र रीति हुन्छ । त्यही नीतिको पालना गर्दै बनेको रीतिबाट थिति बसेको हुन्छ, जसले सबैलाई आआफ्नो धर्म र कर्ममा बाँधेर प्राकृतिक नियमअनुसार गर्नुपर्ने काम गर्न निरन्तर प्रेरित गरिरहेको हुन्छ । यिनै पक्षले मानिसदेखि सबै प्राणधारीलाई अनुशासनमा बाँधेको हुन्छ । आफ्नो जन्मसिद्ध सापेक्षताको अर्थ बोध गराइरहेको हुन्छ, सबैले आफ्नो धर्म निर्वाह गर्दै कर्म गरिरहेका हुन्छन् ।
सङ्क्रमण शब्दको अर्थ एक अवस्थाबाट अर्को अवस्थामा परिवर्तन हुने प्रक्रिया वा अवधिलाई जनाउँछ । जसले वर्तमान सन्दर्भको अवस्थाबाट अर्को नयाँमा परिवर्तन हुने प्रक्रियालाई सङ्केत गर्छ । संविधान वा राज्य संरचनाको सन्दर्भमा वर्तमान राज्य संरचना र नयाँ राज्य संरचनाबीच पुलको काम गर्छ । किनकि नयाँ संविधान जारी भएपछि पनि मुलुकलाई नियमित रूपमा सञ्चालन गर्न तत्काल कायम रहेका केही कार्यमा बाधा पु¥याउन सकिने गरी तत्कालै सो नयाँ संविधान कार्यान्वयनमा ल्याउन सक्ने अवस्था रहँदैन । त्यसका लागि औपचारिक र अनौपचारिक तथा राजनीतिक एवं कानुनीलगायतका संयन्त्र निर्माण गर्नुपर्ने अवस्था रहन्छ ।
आइतबार मध्याह्नमा काठमाडौँ उपत्यका लगायतका क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भाग सहित उपत्यकामा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
एक युग एक चोटि आउँछ । एक चोटि आउने युग यत्तिकै आउने होइन । उलटपुलट, उथलपुथल, क्रमभङ्ग, महान् विपत्ति र महान् छलाङ्गमय गतिमा सो युग आउँछ । क्रान्ति वा परिवर्तन निम्तो दिएर आउँदैन । यथास्थितिमा रहेका उपरिसंरचनादेखि दैनिक सूक्ष्म जीवनसम्म यो राजनीतिक व्यवस्थाले आमूल परिवर्तन गर्छ । यसरी संरचनागत अवधारणामा रहेका राजनीतिक अङ्गहरूमै व्यापक हेरफेर हुन्छ । यस्तो रूपान्तरणका वाहक वा रूपान्तरण गर्ने एजेन्डा वा मुद्दा नै मुख्य राजनीतिको मुख्य प्रस्थानबिन्दु हो ।
२०७२ वैशाख १२ गतेको भूकम्पले भत्केको ११५ वर्ष पुरानो कृष्ण मन्दिर पुनर्निर्माण सुरु गरिएको छ। सदरमुकाम चौतारास्थित पुरानो बजारमा रहेको पुरातात्त्विक महवको कृष्ण मन्दिर पुनर्निर्माण कार्यको शिलान्यास गर्दै निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले कला, संस्कृति र सम्पदाको संरक्षण र जगेर्ना गरिनुपर्ने बताउनुभयो।
प्रदेश १ का सडक पूर्वाधार तथा सहरी विकासमन्त्री दुर्गाप्रसाद चापागाईंले सङ्घीय सरकारको भन्दा प्रदेश सरकारले विकास निर्माणका काम छिटो गर्ने बताउनुभएको छ । प्रदेश सरकार जनताको प्रत्यक्ष पहुँचमा रहने भएकोले हरेक काम छिटो र छरितो हुने उहाँको भनाइ छ ।
तेह्रथुमको म्याङ्लुङ नगरपालिका–५ र लालीगुराँस नगरपालिका–९ को सङ्गम स्थल पिङ्गुवा खोलामा रहेको शिवथान मन्दिर पौराणिक धार्मिक महत्त्व बोकेको मन्दिर रहेको छ। निकै समय गुमनाम रहेको यो मन्दिरमा पछिल्लो समय पूजाआजा गर्ने दर्शनार्थी तथा पर्यटकको आगमन बढ्दै गएको छ।
दोलखा अस्पतालले गर्भवतीलाई लक्षित गरी यहाँका चारवटा स्थानीय तहमा सामुदायिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालन गरेको छ। मातृ तथा शिशु मृत्युदर घटाउने मुख्य उद्देश्यले यहाँका भीमेश्वर नगरपालिका, कालिञ्चोक, तामाकोसी र वैतेश्वर गाउँपालिकामा यो कार्यक्रम सञ्चालन गरिएको अस्पतालका जनस्वास्थ्य अधिकृत रमेश श्रेष्ठले जानकारी दिनुभयो।
मकवानपुर जिल्लाको महत्त्वपूर्ण मकवानपुरगढी दरबारको जीर्णोद्धार सुरु गरिएको छ। ऐतिहासिक महत्त्वको मकवानपुरगढी दरबार सामान्य मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएपछि पुरातत्त्व विभागले जीर्णोद्धार सुरु गरेको हो। मकवानपुरगढी दरबार परिसरमा रहेको श्रीकृष्णको मन्दिरको पश्चिमतर्फ र पूर्वतर्फ रहेको दरबारको भग्नावशेषको मर्मतसम्भार गरिने भएको छ। मकवानपुरगढी गाउँपालिका–२ का वडाध्यक्ष बखानसिंह पाख्रिनले मन्दिरको पश्चिमतर्फ रहेको भवनको जीर्णोद्वारसहित छानासमेत हाल्ने योजना रहेको जानकारी दिनुभयो। चालू आर्थिक वर्षको रकमबाट भवनको मर्मत तथा संरक्षण गरिनेछ, उहाँले भन्नुभयो।