तनहुँको व्यास नगरपालिका ३ शान्ति नगरस्थित पञ्चबहादुर रानाको घरको च्यानल गेटमा बिहीबार राती साढे १०:०० बजे एक युवतीले पेट्रोलियमजन्य पदार्थ छर्केर आगजनी गरेकी छन् ।
राष्ट्रपतिमा पूर्व सभामुखद्वयको प्रतिस्पर्धा हुने भएको छ। शनिबार राष्ट्रपति पदका पूर्व सभामुखद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गर्नुभएको हो।
दोस्रो जुनियर विश्व कबड्डी प्रतियोगितामा सहभागी हुन १० पुरुष खेलाडीसहित १६ सदस्यीय नेपाली टोली शनिबार इरान प्रस्थान गरेको छ ।
विभागीय टोलीको त्रिभुवन आर्मी क्लब झापामा जारी भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनलमा झापाले संकटा क्लबलाई १–० गोलले हरायो ।
एकीकृत समाजवादीका सांसद एवं पूर्व मन्त्री मेटमणि चौधरीले गरिब जनताले प्रयोग गर्न पाउनुपर्ने सहुलियपूर्ण ऋण समेत ठूला र उच्च घरानाले गरेको बताउनुभएको छ ।
सभामुख देवराज घिमिरेलाई ताप्लेजुङ सरोकार केन्द्रले शनिबार सम्मान गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने आठ दलबीच भएको सहमति राष्ट्रिय सहमतिकै प्रारूप भएको बताउनुभएको छ।
ताप्लेजुङस्थित नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापतिमा इन्द्रबहादुर गुरुङ चयन हुनुभएको छ।
जापानमा रोजगार सम्बन्धी सेवामा काम गर्दै आएको प्लेन्टिले नेपालमा समेत शाखा स्थापना गरेको छ । जापानमा एक दशक भन्दा बढी समय बिताउनुभएका ज्ञानेन्द्र भट्टले प्लेन्टिको नेपाल शाखाको स्थापना गर्नुभएको हो ।
नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजना र नेपाल विद्यार्थी सङ्घ पुल्चोक क्याम्पस इकाई समितिको सहआयोजनामा फागुन १६, १७ र १८ गते ह्याकाथुन कार्यक्रमको आयोजना हुने भएको छ ।
“स्वास्थ्य शरीर, स्वास्थ्य जीवन, स्वच्छ धरान” मूल नाराको साथ ११औँ धरान १० किमी नेवा च्यारिटि रनमा खुला पुरुषतर्फ दीपक सुहाङ र महिलातर्फ राजपुरा फर्छाइ प्रथम हुनुभएको छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आगामी दिनमा प्रदेश सरकार झनै सशक्त भएर जाने बताउनुभएको छ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिको निर्वाचन लगत्तै सत्ता समीकरण परिवर्तन हुने विश्वास व्यक्त गर्नुभएको छ।
आयोजक केपी ओली एफसी केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले राष्ट्रपति निर्वाचन पछि पनि प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को निरन्तरता हुने बताउनुभएको छ।