• १२ साउन २०८१, शनिबार

प्लेन्टिको नेपाल शाखा स्थापना

blog

प्लेन्टिको नेपाल शाखा उद्घाटन गरिँदै । तस्बिर : गोरखापत्र

काठमाडौं, फागुन १३ गते । जापानमा रोजगारसम्बन्धी सेवामा काम गर्दै आएको प्लेन्टिले नेपालमा समेत शाखा स्थापना गरेको छ । जापानमा एक दशकभन्दा बढी समय बिताउनुभएका ज्ञानेन्द्र भट्टले प्लेन्टिको नेपाल शाखाको स्थापना गर्नुभएको हो । 

बानेश्वरको शङ्खमूलमा स्थापना भएको प्लेन्टिले रोजगारको रुपमा जापान जाने कामदारलाई आवश्यक परामर्श निःशुल्क रुपमा उपलब्ध गराउनेछ । प्लेन्टिको नेपाली शाखाको शनिबार एक कार्यक्रमकाबीच प्लेन्टि कम्पनी अध्यक्ष एवंम प्रमुख कार्यकारी अधिकृत रयोता अवाले उद्घाटन गर्नुभयो । 

पछिल्लो समय रोजगारको शिलसिलाको जापान जाने नेपाल कामदारको सङ्ख्या बढ्दो क्रममा देखिएपछि आवश्यक परामर्शका लागि प्लेन्टि शाखाको स्थापना गरिएको नेपाल शाखा प्रमुख भट्टले बताउनुभयो । ‘‘करिब एक लाख २० हजार नेपाली जापानमा छन् । आवश्यक परामर्श नभएका कारणले रोजगारीको बहानामा ठगी हुने गरेको पाइएको छ । प्लेन्टिमार्फत जापानमा रोजगारीसम्बन्धी आवश्यक परामर्श काठमाडौंमा निशुल्क उपलब्ध गराउनेछौं,’’ भट्टले भन्नुभयो । 

प्लेन्टिको नेपाली शाखाले जापानमा आवश्यक कामदार, कामको प्रकृति, आवश्यक कागजात, जाने प्रक्रियालगायतका परामर्श  कामदारलाई निःशुल्क उपलब्ध गराउनेछ ।

‘‘जापानमा दक्ष कामदारको अभाव छ । संसारभरिबाट कामदारको रुपमा जापान जानेको सङ्ख्या बढ्दो छ । तर उचित परामर्शको अभावमा धेरै पैसा खर्च गरेर जापान पुग्ने नेपाली ठगिएका छन् । त्यसैका लागि परामर्श दिने उद्देश्यले शाखाको स्थापना गरेका हौं,’’ एनआरएनए जापान ओकिनावाका संयोजक समेत रहनुभएका भट्टले स्पस्ट पार्नुभयो । 

प्लेन्टिले जापानमा निःशुल्क  रोजगारसम्बन्धी सेवाको काम गर्दै आएको छ । नेपाल शाखाको स्थापनाले दक्ष कामदारले सहजै जापानमा रोजगारीको अवसर निःशुल्क रुपमा प्राप्त गर्ने प्लेन्टि नेपालले जनाएको छ ।