• १३ असोज २०८१, आइतबार

आयोजक केपी ओली एफसी सेमिफाइनलमा

blog

फाइल तस्बिर ।

काठमाडौं, फागुन १३ गते । आयोजक केपी ओली एफसी केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एन्फा मैदान सातदोवाटोमा शनिबार भएको खेलमा केपी ओली एफसीले जावलाखेल यूथ क्लबलाई टाइब्रेकरमा ५–४ गोलले हरायो । निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको  थियो । 

केपी ओली एफसीको जितमा कप्तान विक्रम लामा, आदित्य शाक्य, अशोक खवास, लकेन लिम्बु र अनिल महर्जनले गोल गर्नुभयो । जावलाखेलका कप्तान सीमान्त थापा, समिराज थोकर, फोडे फोफाना र अब्दुलाजिज निशोनवोइभले गोल गर्नुभयो ।

एनकोटो स्यानोउस मासोआबीको प्रहार केपी एफसीका गोलरक्षक पूर्ण चेम्जोङले बचाउनुभयो । निर्धारित समयमा सुरुवाती अग्रता जावलाखेलले लिएको थियो । ४२औँ मिनेटमा राहुलले गोल गर्दे जावलाखेलको उत्साह जगाउनुभएको थियो । ६८औँ मिनेटमा केपी ओली एफसीका अजयी मार्टिन्सले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

केपी एफसीका पूर्ण चेम्जोङ म्यान अफ दि म्याच हुनुभयो । उहाँले १५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । फाइनल प्रवेशका लागि केपी ओली एफसीले मच्छिन्द्र फुटबल क्लबसँग खेल्नेछ ।