हजारौँ वर्षअघि पृथ्वीको कुनै सुन्दर नगरमा भेटेको थिएँ मेरी प्रेयसी । पहिलो पटक तिमीलाई देख्नेवित्तिकै बेहद काउकुती लागेको थियो मलाई
चारैतिर कति रङ्गीचङ्गी वातावरण, परिस्थिति कति मनोरम दृश्य, मनमोहक उपस्थिति आहा ! डुबूँ भनेको मनको दहमा तरङ्ग नतैरिएर र नउब्जिएर हो कि सुस्ताएँ, अल्छी भएँ चेत समाल्न छोडेर त्यसै फाल हानेँ
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले उपत्यकाका लागि मेट्रोरेल निर्विकल्प भएको बताउँदै काठमाडौँ महानगरलाई यसको नेतृत्व लिन अनुरोध गर्नुभएको छ ।
नुवाकोटको विदुर नगरपालिका–२ महामण्डलमा अवस्थित प्रसिद्ध विहार स्वयम्भू÷चैत्यको पुरातत्त्व विभागले अध्ययन थालेको छ ।
ग्यालेक्सी एक्सिलेन्स अवार्डको दोस्रो संस्करण चैत १७ गते हुने भएको छ । अवार्डको दोस्रो संस्करणमा ३५ विधामा अवार्ड वितरण गरिनेछ ।
इन्द्रमोहन स्मृति–गुठी, धनकुटाले विभिन्न विधाका तीन स्रष्टालाई पुरस्कार प्रदान गरेको छ । गुठीद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तिलविक्रम नेम्वाङ (बैरागी काइला)ले गायक दीपक खरेल, साहित्यकार डा. राजेन्द्रप्रसाद अधिकारी र पत्रकार मोहन भण्डारीलाई पुरस्कार प्रदान गर्नुभएको हो ।
नेपाली कविताका शिखर–साधक एवं मूर्धन्य मुन्धुमविद् बैरागी काइँलालाई नागरिक अभिनन्दन गरिने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपतिसमेत रहनुभएका काइँलालाई कविता–काव्य एवं मुन्धुमको खोज–अन्वेषण तथा लेखन गरी नेपाली कविता तथा मुन्धुमी वाङ्मयका क्षेत्रमा दिएको अतुलनीय योगदानबापत नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले नागरिक अभिनन्दन गर्ने भएको हो ।
क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतको आदेशको विरुद्धमा क्रिकेट खेल्नका लागि विदेश जान पाउनुपर्ने माग राख्दै दायर गरेको मुद्दाको अन्तिम फैसला आज हुँदैछ । शुक्रवार सर्वोच्च अदालतबाट आदेश नआएपछि आजका लागि अन्तिम सुनुवाइ तोकिएको थियो ।
एकीकृत समाजवादीका सांसद एवं पूर्व मन्त्री मेटमणि चौधरीले गरिब जनताले प्रयोग गर्न पाउनुपर्ने सहुलीयपूर्ण ऋण समेत ठुला र उच्च घरानाले कब्जा गरेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा शुक्रवार विशेष समय लिएर बोल्दै चौधरीले उक्त विचार राखेका हुन् ।
कैलालीको धनगढीस्थित छ लेनको सडकमा लगाइएको तारजाली नाघेर मान्छेले बाटो काट्ने कार्यको व्यापक आलोचना भएको छ। जान्ने बुझ्ने मान्छेले त्यस्तो किसिमको लाजमर्दो हर्कत गर्न नहुने भन्दै धेरैले आलोचना गरेका हुन्। छ लेनको सडकको मेडियनमा लगाइएको बोटबिरुवा जोगाउन र जथाभावी बाटो काट्नमा रोक लगाउनका लागि
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशको अर्थतन्त्रको तेस्रो महत्त्वपूर्ण खम्बाका रूपमा रहेको तथा आर्थिक सामाजिक रूपान्तरणको आशालाग्दो सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न आवश्यक पहल सुरु गरेको छ ।
संविधानमा स्वास्थ्य उपचारको हकलाई मौलिक हकका रूपमा राखिएको छ। आधारभूत स्वास्थ्य सेवा निःशुल्कसमेत भनिएको छ। यद्यपि ग्रामीण भेगका सरकारी अस्पतालमा न चिकित्सक भेटिन्छन् न औषधि पाइन्छ। सङ्घीय सरकार मातहत रहेका देशभरका १२ वटा अस्पतालमध्ये डडेल्धुरा अस्पताल एक हो तर सो अस्पतालमा मनोचिकित्सक र औषधि पाउन मुस्किल छ। मनोचिकित्सक र औषधि नहुँदा मानसिक रोगीको उपचारमा समस्या हुँदै आएको छ।
नेपालको पहाडी क्षेत्रका बारीका कान्ला जहाँतहीँ सिस्नु पाइन्छ । सार्वजनिक स्थल अनि बाँझो खेतबारी सिस्नो उम्रिएको हुन्छ तर हामीले त्यसमा खासै ध्यान दिँदैनौँ ।