• १३ साउन २०८१, आइतबार

बैरागी काइँलालाई नागरिक अभिनन्दन गरिने

blog

काठमाडौँ, फागुन १४ गते । नेपाली कविताका शिखर–साधक एवं मूर्धन्य मुन्धुमविद् बैरागी काइँलालाई नागरिक अभिनन्दन गरिने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपतिसमेत रहनुभएका काइँलालाई कविता–काव्य एवं मुन्धुमको खोज–अन्वेषण तथा लेखन गरी नेपाली कविता तथा मुन्धुमी वाङ्मयका क्षेत्रमा दिएको अतुलनीय योगदानबापत नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले नागरिक अभिनन्दन गर्ने भएको हो । 

चैत ४ गते धरानमा एक भव्य समारोहको आयोजना गरी काइँलालाई सांस्कृतिक झाँकीसहित अभिनन्दन गरिने निर्णय गरिएको प्रतिभा प्रतिष्ठानका महासचिव देवेन्द्र खेरेसले बताउनुभयो । 

बैरागी काइँला कविता–काव्य तथा मुन्धुमका क्षेत्रमा पु-याएको विशिष्ट योगदानबापत साझा पुरस्कार, गोरखा दक्षिण बाहु, रत्न–शोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार, जगदम्बाश्री पुरस्कार, राष्ट्रिय कलाश्री सम्मान, आदिवासी गीति सम्मान, हरिहर शास्त्री–सावित्रीदेवी साहित्य पुरस्कार, युगकवि सिद्धिचरण पुरस्कार, प्रतिभा सम्मान, धरणीधर स्मृति पुरस्कार आदि मानसम्मान र पुरस्कारद्वारा सम्मानित, पुरस्कृत तथा विभूषित भइसक्नुभएको छ ।