• १३ साउन २०८१, आइतबार

तीन स्रष्टालाई पुरस्कार

blog

काठमाडौँ, फागुन १४ गते । इन्द्रमोहन स्मृति–गुठी, धनकुटाले विभिन्न विधाका तीन स्रष्टालाई पुरस्कार प्रदान गरेको छ ।  

गुठीद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तिलविक्रम नेम्वाङ (बैरागी काइला)ले गायक दीपक खरेल, साहित्यकार डा. राजेन्द्रप्रसाद अधिकारी र  पत्रकार मोहन भण्डारीलाई पुरस्कार प्रदान गर्नुभएको हो । 

गायक खरेललाई श्रीओम इन्द्रमोहन स्मृति गीत सङ्गीत पुरस्कार, साहित्यकार अधिकारीलाई डा. विमला श्रेष्ठ साहित्य पुरस्कार र पत्रकार भण्डारीलाई श्रीओम इन्द्रमोहन पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । उहाँहरूलाई जनही २१ हजार रुपियाँ र सम्मानपत्रसहित पुरस्कृत गरिएको छ । 

त्यसैगरी सो अवसरमा उक्त गुठीका अध्यक्ष विवश पोखरेलको कृति ‘जीवनलाई देख्नु भो’ कविता सङ्ग्रहको पनि लोकार्पण गरिएको थियो । कार्यक्रममा जीवनलाई देख्नु भो कविता सङ्ग्रहका कविता कवि–कवयित्री यादव भट्टराई, पार्वती भट्ट, लक्ष्मी पोखरेललगायतले वाचन गर्नुभएको थियो ।